महावीर पुनको गुनासो– एक्लो माननीय भनेर हेला नगरियोस्, तपाईंहरुको भन्दा मेरो बढी समर्थक छ


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 पूर्व शिक्षामन्त्री महावीर पुनले आफूलाई पाँच मिनेटको समय छुट्याएकोमा सभामुखसमक्ष गुनासो पोखेका छन् । प्रतिनिधिसभा बैठकमा मंगलबार सम्बोधन गर्दै सांसद पुनले पाँच मिनेटको सीमा नतोक्न सभामुखसँग आग्रह गरे ।

‘एक्लो माननीय भनेर मलाई हेला नगरियोस् । अन्यलाई १०–१५ मिनेट दिँदा मलाई पाँच मिनेट नदिइयोस् । तपाईंहरुको पार्टी सदस्य भन्दा मेरो देश–विदेशमा मेरा समर्थक धेरै छन्’, पुनले भने । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।