पर्यटन बोर्डमा ५ सदस्यका लागि दरखास्त आह्वान


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सरकारले नेपाल पर्यटन बोर्डमा रिक्त ५ कार्यकारी समिति सदस्य पदका लागि खुला दरखास्त आह्वान गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै इच्छुकलाई ५ दिन भित्र बायोडाटा पठाउन भनेको छ ।

मन्त्रालयले यसअघि नियुक्तिका लागि रोष्टर भर्न भनेको थियो । सो रोष्टरमा सूचीकृत भइसकेकाको हकमा भने पुनः बायोडाटा पठाउनु नपर्ने गरी सूचित गरिएको छ । सरकारले एक साथ राजनीतिक नियुक्तिका पदहरू खारेज गर्दा पर्यटन बोर्ड समेत अहिले नेतृत्वविहीन अवस्थामा छ ।

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।