सागर ढकालले लिए सचिवालय सदस्यको शपथ


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य मनोनीत भएका सागर ढकालले पद तथा गोपनीयताको शपथ लिएका छन्।

आइतबार सभापति रवि लामिछानेले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

ढकाल गुल्मी–१ बाट निर्वाचित सांसद हुन्।

उनलाई अघिल्लो केन्द्रीय समिति बैठकले पार्टी सचिवालय सदस्य मनोनीत गरेको थियो।

सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा अहिले पनि बसिरहेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।