सभामुखको आदेशबिनै संसद् बैठकबाट निकालिइन् कांग्रेस सांसद


बैठक चलिरहेका बेला मोबाइलबाट तस्वीर खिचेको भन्दै मर्यादापालकले सांसद सेन्दाङलाई बाहिर निकालेको बताइएको छ ।
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सभामुख डोलप्रसाद अर्यालको आदेशबिना मर्यादापालकले नेपाली कांग्रेसकी सांसद गीता सेन्दाङलाई प्रतिनिधिसभा बैठक कक्षबाट बाहिर निकालेका छन् । मंगलबार मर्यादापालकले सांसद सेन्दाङलाई बैठक कक्षबाट बाहिर निकालेका हुन् ।

यस विषयमा कांग्रेस सचेतक निस्कल राईले सांसद सेन्दाङलाई बैठकबाट निकालेकाे विषयमा संसद्को ध्यानाकर्षण गराउने भएका छन् । कांग्रेस सांसद गीता गुरुङले आजकै संसद् बैठकमा सचेतक राईले सांसद सेन्दाङलाई बाहिर निकालेको विषयमा सभामुख अर्यालको ध्यानाकर्षण गराउने जानकारी दिइन् ।

बैठक चलिरहेका बेला मोबाइलबाट तस्वीर खिचेको भन्दै मर्यादापालकले सांसद सेन्दाङलाई बाहिर निकालेको बताइएको छ ।

‘उहाँले भिडियो बनाउनु भएछ । त्यही भएर हो । तर, नियमावलीमा सभामुखले वार्निङ दिएरमात्रै मर्यादापालक लगाउनुपर्ने भन्ने रहेछ । अहिले हाउस केहीबेर स्थगित भएको छ,’ कांग्रेस सांसद गुरूङले भनिन्, ‘हाउस सुरू भएपछि यो विषयमा सचेतकले ध्यानाकर्षण गराउनुहुन्छ ।’

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।