श्रम संस्कृति पार्टीका सांसदद्वारा वेल घेराउ गरेर नाराबाजी


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभाको वेल घेराउ गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले बोल्ने समय नदिएको भन्दै श्रम संस्कृतिका सांसदहरूले वेल घेराउ गरेर नाराबाजी गरिरहेका छन् ।

बुधबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीले शिशिर खनालले धारणा राखेका थिए । त्यसपछि प्रतिपक्षी दलका नेताहरूले आफ्नो धारणा राखेका थिए ।

सो क्रममा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल, नेकपाका सांसद प्रमेश हमाल र राप्रपाका ज्ञानेन्द्र शाहीले आफ्नो धारणा राखेका थिए ।

तर, सभामुख अर्यालले श्रम संस्कृतिबाट बोल्ने सूचीमा नाम नआएको भन्दै समय दिएका थिएनन् । यही विषयमा असन्तुष्टि जनाउँदै श्रम संस्कृति पार्टीका सांसदले वेल घेरेर नाराबाजी गरेका हुन् ।

श्रम संस्कृतिको विरोधकै बीच सभामुख अर्यालले संसद् चलाइरहेका छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।