तयार भयो नयाँ संसद् : कुर्सीदेखि कार्पेटसम्म निलो


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिंहदरबारस्थित संघीय संसद् भवन निर्माण कार्य सकिएको छ । आधुनिक र भव्य संरचनासहित उक्त भवन निर्माण गरिएको हो ।

भित्री सजावट र अन्य प्राविधिक काम सकिएसँगै अब हल बैठक सञ्चालनका लागि तयार भएको हो ।

नयाँ संसद् बैठक कक्ष नीलो रङले सजाइएको छ । पर्दा, भित्ता, कार्पेट र सोफाहरू पनि नीलो रङकै छन् ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा नयाँबानेश्वरस्थित संघीय संसद् भवन आगजनीबाट ध्वस्त भएपछि अहिले सिंहदरबारस्थित नयाँ संसद भवनको अस्थायी हलमा संसद् बैठक बसिरहेको छ ।

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।