शिक्षा

प्रमुख प्रशासकीय अधिकृतले भ्रस्टाचार गरेको आशंका सहित माओबादीले गर्यो सूचना माग

हरेक स्थानीय तहको कर्मचारीले कमाउने भनेको कागज मिलाएर भत्ता लिनु एक हो जुन भ्रस्टाचार मलेपले थाहा नै पाउदैन त्यस्तै गाडीको तेलको बिल मिलाएर रकम लिएको कुरा पनि बाहिर कोहिकसैलाई थाहा हुदैन गहिरियर सूचना माग गर्ने र गहिरियर खोजि गर्ने हरु बाहेक अरुले यस्तो भ्रस्टाचारको प्रमाण पत्ता लगाउन सक्दैनन् l अर्को बिशेस गरि इन्जिनियर, कार्यकारी र लेखाले कमाउने भनेको टेन्डर नोटिस बाट हो अधिकांशले एजेन्सीबाट अतिरिक्त रकम लिएका हुन्छन जसको कुनै प्रमाण हुदैन l अब साइट को काम पास गए बापत… पुरा पढौ

नक्कली प्रमाणपत्र पेश गर्ने महिला कानुनि कठघरामा

जिल्ला पर्सा, धोबिनी गाउँपालिका अन्तर्गत पर्ने नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुरमा कार्यरत बाल विकास सहयोगी कार्यकर्ता पुनम देवी कुर्मीले नक्कली प्रमाणपत्र पेश गरी अध्यापन गरिरहेकोले निजको शैक्षिक योग्यताको प्रमाणपत्र छानविन हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ता पुनम देवी कुर्मीले ठाकुर महेश्वर प्र. सिंह संस्कृत प्रा. सह उच्च विद्यालय, भारतबाट जारी भएको माध्यमिक तहको परीक्षा पास गरेको भनी नक्कली शैक्षिक योग्यताका प्रमाणपत्रहरु पेश गरी मिति २०६६।०३।१२ मा… पुरा पढौ

१२ बर्ष अगाडिको भ्रस्टाचार मा कास्कीका प्र. अ. लाइ चल्यो मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको सदाशिव प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक कृष्णप्रसाद सुवेदीसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरूले तीन लाख ७७ हजार २३६ रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। विद्यालयका प्रधानाध्यापकले हिसाब किताब आम्दानी खर्च विवरणको हरहिसाब नबुझाएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धान हुँदा २०६८ साउनदेखि २०६९ असार र २०६९ साउनदेखि २०७० असार महिनासम्मको अवधिमा विद्यालयको रकम लिने/खाने नियत राखी विद्यालयमा भएको… पुरा पढौ

विद्यार्थीबाट नियम बिपरित ११ लाख उठाएपछी अख्तियारले चलायो मुद्दा

शिक्षा नि:शुल्क हो ८ कक्षा सम्म त पढ़िदिय बापत पैसा पाइन्छ तर बिभिन्न बहानामा निजी स्रोतबाट अध्यापन गराइरहेका शिक्षकलाई तलब खुवाउन विद्यार्थीहरूबाट चर्को शुल्क असुल्छन यसरि शुल्क असुलेको आरोपमा दुई जनाविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको वेलामा सञ्चालित श्री जनज्योति माध्यमिक विद्यालयका तत्कालीन लेखापाल चुडामणि पोखरेल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश चौधरीविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरूले विद्यार्थीबाट उठाएको ११ लाख १२ हजार दुई सय ७६ रुपैयाँ ७० पैसा… पुरा पढौ

सूचनाको हक कसरी प्रयोग गर्न सकिन्छ

सूचना भनेको कुनै पनि विषयको जानकारी हो । सूचना भनेको अहिलेसम्म थाहा नभएको जानकारी हो । सूचना भन्नाले जानकारी, समाचार, तथ्य, तथ्यांक, अभिलेख आदिलाई जनाउँछ । सूचनाको हकसम्बन्धी ऐनको परिभाषाअनुसार “सूचना” भनेको सार्वजनिक निकायबाट सम्पादन हुने वा भएको सार्वजनिक महत्वको निर्णय वा काम, सो कामका सम्बन्धमा भएका कारबाही वा निर्णयसँग सम्बन्धित कुनै लिखत, सामग्री वा जानकारी आदि हो । यसैगरी सार्वजनिक निकायमा रहेको कुनै पनि तथ्यांक, विवरण, दस्तावेज वा वस्तु पनि सूचना हो–चाहे त्यो निजी सरोकारको होस् वा सार्वजनिक सरोकार… पुरा पढौ

राजनीतिले जिर्ण बनाउदै सरकारी बिद्यालय पढ्नकै लागि भारत जानुपर्ने विद्यार्थीको बाध्यता

सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा हुनुहुन्छ । “भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत पहिलो साता यहाँबाट जान्छु”, उहाँले भन्नुभयो । विद्यार्थी अभावमा सामुदायिक विद्यालयहरू बन्द भएपछि इलामका भारतीय सीमावर्ती गाउँका बालबालिका भारतीय विद्यालयमा पढ्न जाने गरेका छन् । भारतसँग सीमा जोडिएको उत्तरी इलामका लेकाली गाउँमा विद्यालय नभएका कारण त्यहाँका बालबालिका भारतीय विद्यालयमा पढ्न जानुपर्ने बाध्यता छ । पातलो बस्ती र जनघनत्व पनि कम भएको लेकाली क्षेत्र… पुरा पढौ

वैदेशिक रोजगार विभाग ताहाचलको सुचनामा कमिशनको गन्ध

बैदेशिक रोजगार बिभागले निकालेको पछिल्लो सूचनामा कमिशनको गन्ध आएको छ l कुनै एक व्यक्ति वा फर्मलाई लक्षित गरि उ बाहेक अरुले मापदण्ड पुर्याउन नसक्ने गरि सूचना प्रकाशन गर्नु र त्यो कार्य बापत् लाखौ करोडौ घुस लिनु सामान्य मानिसले समेत बुझ्ने गरि देश चलायमान रहेको छ l हिजो राजालाई घोडा चाहिदा पुच्छरको लम्बाई रंग घोडाको कान सबै कुरा जुन घोडा धनि संग कमिशन मा कुरा मिल्छ त्यहि घोडा धनिको घोडा बाहेक अरु नहुने गरि मापदण्ड सहित सूचना निकाल्न्थियो रे आज बैदेशिक… पुरा पढौ

अब विश्वविद्यालयहरूमा राजनीतिक भागवण्डा हुनेछैनः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब विश्वविद्यालयहरुमा राजनीतिक भागबण्डा नहुने घोषणा गर्नुभएको छ ।सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘म दलहरू, नागरिक समाज र राज्यका सबै निकायलाई समेत क्रमभंगताको अपील गर्दछु। अब शीर्ष बैठकहरू सत्ताको वितरण गर्न होइन, विश्वविद्यालयहरू सुधार्न, परराष्ट्र नीतिमा राष्ट्रको एउटै धारणा बनाउन, रोजगारी सिर्जना गर्न र लगानीका लागि राष्ट्रको छवि सुधार्न बस्नेछन्। मैले त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा घोषणा गरिसकेको छु, अब विश्वविद्यालयहरूमा राजनीतिक भागवण्डा हुनेछैन।’संसारको कुनै पनि कुनामा रहेका योग्य… पुरा पढौ

बारामा बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापकमाथि २ राउण्ड गोली प्रहार

 बाराको कलैयामा एक प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । कलैया निवासी रुपेश स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार भएको बारा प्रहरीले जनाएको छ । उनको बोर्डिङ नजिकै मदर्सा टोलमा स्वर्णकारमाथि गोली प्रहार भएको स्रोतको भनाइ छ । बारा प्रहरीका अनुसार स्वर्णकारको टाउको र छातीमा गोली प्रहार गरिएको छ । गोली लागेका उनलाई उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । अस्पताल स्रोतका अनुसार स्वर्णकारको अवस्था चिन्ताजनक छ । अन्दाजी ३५ वर्षीय स्वर्णकार कलैया ६ का बासिन्दा हुन् । स्वर्णकारले… पुरा पढौ

कन्काई नगरपालिकामा एकल बिद्यालय संचालन हुने

मिति २०८०/६/१२ गतेका दिन जनकल्याण प्रतिष्ठान एकल अभियान नेपाल बाल संस्कार केन्द्र झापा जिल्ला कार्य समितीको बैठकले कन्काई नगरपालिकामा एकल बिद्यालय संच्झालन गर्ने निर्णय गरेको छ l हाल देश भर एक हजार भन्दा बढी बिद्यालय संचालन हुँदै आएको छ l यो विद्यालयको आफ्नै छुट्टै कोर्ष रहेको छ र बिशेष गरि हाम्रो संस्कार सहित सवल नागरिक उत्पादन गर्ने यसको मुख्य लक्ष रहेको छ l सूचना अभियन्ता इस्वारा तिवारी उपाध्यक्ष रहेको झापा जिल्ला समितिको अध्यक्ष सम्मानित व्यक्तित्व श्री शंकर भट्टराई ज्यू हुनुहुन्छ… पुरा पढौ