बेनी नगरपालिका–९ तोरीपानीका ४९ वर्षीय शेरबहादुर परियारले बाँस र निगालोको चोया काडेर डोका,डाला थुन्से, ढाकर बनाउछन् । बाँसका वस्तु बनाउन सिपालु कालीगढ उनले आफ्ना उत्पादन बेचेर मासिक रु १२ हजार आर्जन गर्दै आएका छन् । आफ्नो पाँच सदस्यीय परिवारको भरणपोषण यही रकमबाट हुँदै आएको छ ।
उन्नाइस वर्षको उमेरदेखि बाँस र निगालाको चोयामा उनले सीप भर्न थालेका हुन्। डोकाडाला बनाउने उनको जाँगर जवानको जस्तै छ । “अझै जवान छु जस्तो लाग्छ तर ५० वर्षको हुन लागेछु”, पसिनाले पोतिएको अनुहारमा मुस्कान ल्याउँदै उनले भने ।