सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रतिपक्षी दलका नेताहरूसँग छलफल गरिरहेका छन् ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल सुरु भएको हो ।
छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरू सहभागी छन् ।
छलफल संसदीय समिति सभापति चयन लगायतबारेमा केन्द्रित रहेको बताइएको छ ।
संसदीय समिति सभापतिका लागि आज दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । आजै दिउँसो साढे ४ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ ।
संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा संयुक्त समिति रहेका छन् ।