शपथसँगै सांसदले सचिवालयबाट पाए झोला, संविधान र नियमावली


संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिएका छन् । सांसदहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट सांसदमा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरूले बिहीबार सिंहदरबारस्थित बन्दै गरेको संसद् भवनमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।

Tata

Futuressoft

RATOPATI PATRO

उनीहरूलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ खुवाएका छन् । 

शपथ लिएपछि सङ्घीय संसद् सचिवालयले नवनिर्वाचित सांसदहरूलाई १/१ वटा झोला उपलब्ध गराएको छ । झोलामा सांसदहरूलाई आवश्यक पर्ने तत्कालका लागि महत्त्वपूर्ण कानुन राखिएको छ । झोलामा सचिवालयले संविधान, प्रतिनिधि सभा नियमावली, संयुक्त बैठक सञ्चालन नियमावली राखिएको हो । 

प्रतिनिधिसभाबारे संविधानमा के छ ? संसद् सञ्चालन विधि कस्तो छ ? सङ्घीय संसद्का दुई सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठक कसरी सञ्चालन हुन्छ ? भन्नेबारे अध्ययन गर्नका लागि भन्दै सचिवालयले नवनिर्वाचित सांसदहरूलाई झोलामा कानुनका किताब उपलब्ध गराएको हो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।