सुकुमवासीलाई भेटेर बाबुरामले भने– कसैलाई अन्याय हुन हुँदैन


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकामा भत्काइएको सुकुमवासी बस्तीका पीडितहरूसँग भेट गरी उनीहरूको पछिल्लो अवस्था र समस्याबारे जानकारी लिएका छन् ।

भेटका क्रममा विस्थापित परिवारले राज्यका विभिन्न निकायबाट आफूहरूले भोग्नुपरेको सास्ती र प्रशासनिक उदासीनताबारे गुनासो पोखे ।

 

 

सो क्रममा डा. भट्टराईसहितको टोलीले पीडितहरूलाई सहानुभूति प्रकट गर्दै उनीहरूको समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिए ।

सो क्रममा विस्थापितहरूको उचित व्यवस्थापनका लागि नाम दर्ता गराउन र कानुनी प्रक्रियामार्फत अघि बढ्न सुझाव दिइएको थियो ।

 

 

‘हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ । कसैलाई पनि अन्याय हुन दिनुहुँदैन,’ भट्टराईले भन्नुभयो, ‘तपाईंहरूले आफ्नो विवरण र प्रमाणहरू पेश गर्नुस्, कानुनी तरिकाले समस्याको समाधान खोज्न हामी साथ दिनेछौं ।’

पीडितहरूले हालैको वर्षा र बाढीका कारण आफ्नो उठिबास भएको र बस्ने–खाने कुनै ठेगान नभएको बताएका छन् ।

बाढीले घरभित्रका सामान निकाल्न समेत नपाएको र विद्युत्का मिटरहरू डुबेर लाइन काटिएपछि थप अन्धकारमा बस्नुपरेको उनीहरूको भनाइ छ ।

यस्तो विषम परिस्थितिमा पनि सम्बन्धित निकायले समस्या समाधान गर्नुको साटो ‘कालोसूचीमा राख्ने’ वा ‘सामान सिज गरिदिने’ जस्ता धम्कीपूर्ण कुरा गरेर मानसिक तनाव दिएको उनीहरूले उल्लेख गरे ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।