रास्वपाको भरतपुरमा सुरु भएको बन्दसत्रमा प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन शाह अनुपस्थित भएका छन् । भरतपुरस्थित उद्योग सङ्घको हलमा सुरु भएको बन्दसत्रमा प्रधानमन्त्री बालेन अनुपस्थित भएका हुन् ।
तर, रास्वपाका प्रवक्ता मनिष झाले प्रधानमन्त्री पनि केहीबेरमा सहभागी हुने प्रतिक्रिया दिए । तर उनी कतिबेला सहभागी हुने भन्नेबारे भने केही खुलाएनन् ।
बन्दसत्रको सुरुमा सभापति रवि लामिछानेले सम्बोधन गरेका थिए ।