सर्वोच्च अदालतले भन्यो- गोलाप्रथाको विकल्प सोचिएको छैन


नयाँ प्रधानन्यायाधीश नियुक्तिपछि गोला प्रणाली फेरेर प्रधानन्यायाधीशले नै इजलास तोक्ने तयारी भएको भनी केही दिनदेखि सामाजिक सञ्जालमा हल्ला चलेकाे थियाे ।
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सर्वोच्च अदालतले केही वर्षदेखि इजलास र मुद्दा छनौट गर्न अपनाइएको गोला प्रक्रिया फेरबदल गर्ने कुनै योजना नभएको स्पष्ट पारेको छ ।

नयाँ प्रधानन्यायाधीश नियुक्तिपछि गोला प्रणाली फेरेर प्रधानन्यायाधीशले नै इजलास तोक्ने तयारी भएको भनी केही दिनदेखि सामाजिक सञ्जालमा हल्ला चलेकाे थियाे । कतिपय अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समेत त्यसबारेमा हल्ला चलेको भनी सर्वोच्च अदालतले बुधबार त्यसबारे स्पष्टीकरण दिएको हो ।

‘दैनिक पेसी व्यवस्थापनका लागि अवलम्बन गरिएको गोला प्रक्रियाको बारेमा पुनर्विचार गर्ने कुनै पनि सोच र धारणा औपचारिक रूपमा कतै पनि चर्चा र छलफल भएको छैन,’ सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले भने ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध कानुन व्यवसायीहरूले आन्दोलन थालेदेखि सर्वोच्च अदालतले गोला प्रणालीबाट न्यायाधीश छनौट गर्दैआएको छ । जसमा बिहान गोला तानेर न्यायाधीशहरूको इजलास छनौट गरिन्छ, भने त्यसपछि उनीहरूले हेर्नुपर्ने मुद्दाको सूची बाँडिन्छ ।

अहिले उच्च, विशेष र जिल्ला अदालतहरूमा समेत गोला तानेर नै मुद्दाको सुनुवाइ गर्ने अभ्यास चलिरहेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।