अब सिमको नाम मा ब्यापारीले ठग्न नपाउने


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 नेपाल टेलिकमले प्रिपेड सिमकार्डको मूल्य ९० रुपैयाँ तोकेर विक्री वितरण गर्दै आएको जनाएको छ । टेलिकमले सो विक्री मूल्यभन्दा बढीमा विक्री वितरण गरे गैरकानुनी कार्य हुने स्पष्ट पारेको छ । 

 

 

टेलिकमले बिहीबार जारी गरेको एक सूचनामा कुनै पनि विक्री केन्द्र, पसल आदिले तोकिएको मूल्यभन्दा बढी रकम लिई सिम बिक्री भएको पाइएमा नजिकको दूरसञ्चार कार्यालय वा जिल्ला प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन सबैमा अनुरोध गरिएको छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।