बागमती नदीमा डुबेर दुई जनाको मृत्यु


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रौतहट र सिन्धुलीको सीमा स्थित बागमती नदी किनारमा दुई जनाको शव भेटिएको छ । मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–९ बस्तीपुर घर भएका १८ वर्षीय रोहित महतो र लालबन्दी–६ ढुकढुकी एफएम टोल बस्ने २० वर्षीय गणेश महतो छन् । 

जेठ ९ मा घरबाट घुम्न गएका उनीहरूको शव बागमती किनारामा भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले रातोपाटीलाई बताए । नदी तर्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको डीएसपी राईले जानकारी दिए । 

सँगै गएका अरू ३ जना सकुशल फर्किएका छन् । इलाका प्रहरी कार्यालय हरिवन र कर्मैयाबाट खटिएको प्रहरीले उनीहरूको शव नदीबाट निकालेर पोस्टमार्टमका लागी प्रादेशिक अस्पताल मलंगवामा पठाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।