दीपक भट्ट, सुलभ अग्रवालको घर र हिमालयन रि-इन्स्योरेन्सको कार्यालयमा छापा


सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका दीपक र सुलभ हाल हिरासतमै रहेका छन् ।
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको घर र हिमालयन रि-इन्स्योरेन्सको कार्यालयमा छापा मारेको छ ।

मंगलबार निजी निवास र हिमालयन रि-इन्स्योरेन्सको कार्यालयमा छापा हानेको स्रोतको भनाइ छ । छापा मारेर अनुसन्धानका लागि आवश्यक कागजात लिएको विभागका एक कर्मचारीले जानकारी दिए ।

सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका दीपक र सुलभ हाल हिरासतमै रहेका छन् ।

दीपक भट्ट निजी क्षेत्रको रिइन्स्योरेन्स कम्पनी हिमालयन रिइन्स्योरेन्स कम्पनीका ठूला शेयरधनीमध्ये एक हुन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।