दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप


दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीले थप तीन दिनको अनुमति पाएको छ ।
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीले थप तीन दिनको अनुमति पाएको छ । सोमबार राति वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोबाट पक्राउ परेका प्रसाईंलाई मंगलबार पर्सा जिल्ला अदालतमा उपस्थित गराएर म्याद लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सामाजिक सञ्जालमार्फत उत्तेजक अभिव्यक्ति दिएको, सामाजिक सद्भावमा असर पर्ने गतिविधि सञ्चालन गरेको तथा राज्यविरुद्ध उक्साउने प्रकृतिका गतिविधिमा संलग्न रहेको भन्ने उजुरीका आधारमा उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।

प्रसाईंमाथि विद्युतीय कारोबार ऐन तथा सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत अनुसन्धान भइरहेको जनाएको छ । अनुसन्धानका क्रममा उनका अभिव्यक्ति, सार्वजनिक कार्यक्रम तथा सामाजिक सञ्जाल गतिविधिबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी प्रवक्ता हरि बहादुर बस्नेतले बताए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।