एमाले सांसद राईले प्रधानमन्त्रीसँग भने- केपी ओली रिहा हुनुपर्‍यो


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई रिहा गर्नुपर्ने माग गरेका छन्। 

आज सिंहदरबारमा प्रधानमन्त्री बालेन शाहसँग कोशीका सांसदहरूको छलफलका क्रममा बोल्दै राईले ओलीलाई रिहा गर्नुपर्ने बताएका हुन्।

‘पूर्वप्रधानमन्त्री तथा हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ, उहाँलाई तत्काल रिहा गर्नुपर्‍यो,’ धनकुटाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका राईको भनाइ थियो।

जेनजी आन्दोलनका क्रममा ओली प्रधानमन्त्री थिए। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई कारबाही सिफारिस गरेको थियो। 

साथै राईले स्वकीय सचिव राख्न पाउनुपर्ने बताएका थिए। ‘सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था गर्नुपर्‍यो,’ उनले भने।

सुशीला कार्की नेतृत्वको सरकारले सांसदहरूको स्वकीय सचिव राख्ने व्यवस्था हटाएको थियो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।