गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी चोरी


मध्यराति ठेचोबाट उक्त स्कर्पियो चोरी भएको पाइएको छ । स्कर्पियो हराएपछि प्रहरीमा उजुरी परेको छ ।
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले चढ्ने स्कर्पियो नै चोरी भएको छ ।

मध्यराति ठेचोबाट उक्त स्कर्पियो चोरी भएको पाइएको छ । स्कर्पियो हराएपछि प्रहरीमा उजुरी परेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले स्कर्पियोको खोजी भइरहेको बताए ।

‘हामीले विभिन्न प्राविधिक पक्षको विश्लेषण गरेर खोजी गरिरहेका छौं । अहिलेसम्म स्कर्पियो भेटिएको छैन,’ मिश्रले भने ।

सीसीटीभी फुटेजमा एक व्यक्तिले स्कर्पियो लगेको देखिएको प्रहरीले बताएको छ ।

स्कर्पियोका चालकसँग समेत प्रहरीले सोधपुछ गरेको छ । चालकले भने राति आफू सुतेको अवस्थामा चोरी भएकाले केही थाहा नभएको बताएका छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।