जुम्लामा ७१ हजार ६३९ मतदाता, नयाँ ३१०१ जना


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जुम्लामा तीन हजारभन्दा बढी मतदाता थपिएका छन् । नयाँ मतदाता थपिएसँगै जुम्लाको जम्मा मतदाता संख्या ७१ हजार ६३९ जना पुगेको छ ।

आगामी निर्वाचनलाई मध्यनजर गरेर जुम्लमा मतदाताको संख्या र मतदान केन्द्रको विवरण सार्वजनिक गरिएको छ ।

 

 

जिल्ला निर्वाचन कार्यालय जुम्लाले वि.स. २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पुग्ने मतदाताको संख्या ७१ हजार ६३९ पुगेको बताएको छ ।

जम्मा मतदातामध्ये पुरुषको संख्या ३७ हजार ४५९ र महिलाको संख्या ३४ हजार २८० रहेको छ ।

 

 

वि.स. २०७९ को प्रतिनिधिसभा निर्वाचनमा जुम्लामा कुल ६८ हजार ६ सय ३८ मतदाता रहेका थिए ।

पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा ३ हजार १०१ नयाँ मतदाता थपिएका हुन् । थपिनेमा पुरुष एक हजार ७५९ र महिला एक हजार ३४२ जना रहेका छन् ।

जुम्लामा ८५ वटा मतदानस्थल र ११० वटा मतदान केन्द्र रहेका छन् ।

जिल्ला निर्वाचन अधिकारी दिपेन्द्र कंडेलका अनुसार जिल्लाका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी मतदान केन्द्र चन्दननाथ नगरपालिकामा १८ वटा रहेका छन् । सबैभन्दा कम गुठीचौर गाउँपालिकामा १० वटा मतदान केन्द्र तोकिएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।