कांग्रेसका सबै सांसदहरूसँग छलफल गर्दै निर्वाचन समिति


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाली कांग्रेस संसदीय दल निर्वाचन समितिले आज सांसदहरूसँग छलफल गर्ने भएको छ।

कांग्रेसले संसदीय दल नेता चयन निर्वाचनका लागि सहमहामन्त्री प्रकाश रसाइली स्नेही संयोजकत्वमा निर्वाचन समिति बनाएको छ।

उक्त समितले आज प्रतिनिधि सभाका ३८ जना सांसदहरूसँग छलफल गर्न लागेको हो।

संयोजक रसाइलीका अनुसार आज अपराह्न सिंहदरबारस्थित संसदीय दल कार्यालयमा सांसदहरूसँग छलफल हुनेछ।

संसदीय दल नेताका आकांक्षीहरूसँग पनि कांग्रेसले छलफल गर्ने तयारी गरेको छ। 

कांग्रेसले संसदीय दल नेता चयनमा सहमति नभए प्रतिस्पर्धा गराउने तयारी गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।