नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रियालाई अघि बढाउँदै गठन गरिएको समितिले छलफल सुरु गरेको छ।
संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार कांग्रेसका सबै सांसदहरूसँग परामर्श तथा छलफल थालिएको हो । दलको नेता चयनका लागि आवश्यक सहमति जुटाउने उद्देश्यले उक्त छलफल अघि बढाइएको जनाइएको छ।
छलफलमा सांसदहरूको धारणा संकलन गर्दै नेतृत्व चयन प्रक्रियालाई निष्कर्षमा पुर्याउने तयारी गरिएको छ । दलभित्र सहमति कायम गरी नेतृत्व चयन गर्ने प्रयासस्वरूप समिति सक्रिय रूपमा लागिपरेको बताइएको छ ।