खाली पेटमा कालो कफी पिउँदा स्वास्थ्यमा कस्तो असर पर्छ ?


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

आजकल धेरैजसो मानिसहरूले आफ्नो दिनको सुरुवात कालो कफीबाट गर्छन् । चियाको सट्टा कफीबाट दिनको सुरुवात गर्नु स्वास्थ्यका लागि राम्रो हुने विश्वास धेरैलाई छ । कफीले निद्रा लाग्न नदिने र काममा ध्यान केन्द्रित हुन सहायता गर्छ ।

आयुर्वेदका अनुसार बिहान कालो कफी पिउनु सबैका लागि उपयुक्त भने हुँदैन । गलत समयमा वा गलत तरिकाले सेवन गरियो भने, यसले कफीले स्वास्थ्य समस्या बढाउन सक्छ भनिएको छ ।

कालो कफी पिउँदा हुने फाइदाहरू

कालो कफीमा क्याफिन हुन्छ, जसले मस्तिष्कलाई सक्रिय बनाउन मद्दत गर्छ । यसको सेवनले थकान कम गर्न र काम गर्ने क्षमतामा सुधार ल्याउन सक्छ। केही अध्ययनहरूका अनुसार, सन्तुलित मात्रामा कफी पिउनाले चयापचय पनि सुधार गर्न सक्छ।

कालो कफीको सेवनको बारेमा आयुर्वेदले के भन्छ ?

आयुर्वेदका अनुसार, बिहान उठ्दा शरीरमा वात दोष बढी सक्रिय हुन्छ । कालो कफीमा उत्तेजक प्रभाव हुन्छ, जसले वात र पित्त दुवैलाई बढाउन सक्छ । त्यसैले, सबैले यसलाई पिउनु हुँदैन, किनकि यसको फाइदा र बेफाइदा फरक हुन सक्छ।

कस्ता व्यक्तिलाई कफी हानिकारक हुन सक्छ ?

कफी सबैका लागि फाइदाजनक नहुन सक्छ। त्यसैले, एसिडिटी वा ग्यासको समस्या भएकाहरूले अत्यधिक सेवन गर्नबाट जोगिनुपर्छ, र धेरै चिन्ताको समयमा पनि यसलाई पिउनु हुँदैन । अझ यस्तो समस्या भएमा त खाली पेटमा त झन कफी पिउँदैपिउनु हुँदैन ।

कफीले निम्न समस्या सक्छ

–मुटु पोल्ने र एसिडिटीको समस्या

–बेचैनीको अनुभूति हुने समस्या

–टाउको दुख्ने समस्या

–कार्टिसोल हर्मोन बढ्ने

–निद्रामा प्रभाव पढ्ने

कालो कफी पिउने सही तरिका

आयुर्वेदका अनुसार, उठ्ने बित्तिकै खाली पेटमा कफी पिउनुको सट्टा, पहिले मनतातो पानी पिउनु राम्रो हुन्छ । हल्का ब्रेकफास्ट पछि ३० देखि ६० मिनेट पछि कफी पिउन सकिन्छ । यसले पेटमा कम प्रभाव पार्छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।