मधेश प्रदेशसभा अगाडि टायर बालेर प्रदर्शन


हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला पुल निर्माणमा बजेट विनियोजन नभएको भन्दै आक्रोशित स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् ।
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कमला पुलका लागि बजेट नपरेको भन्दै स्थानीय मधेश प्रदेश सभाअघि टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।

हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला पुल निर्माणमा बजेट विनियोजन नभएको भन्दै आक्रोशित स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् ।

प्रदर्शनका क्रममा उनीहरूले झुटा आश्वासन चाहिँदैन, मनोमानी चल्दैन, नयाँ कमला पुल निर्माण गर जस्ता नारा लगाएका थिए । यस्तै उनीहरूले मुख्यमन्त्री, अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्री विरुद्ध पनि नाराजबाजी गरेका छन् ।

यसअघि संघर्ष समितिले संघीय सरकारको बजेटमा पनि पुल निर्माणमा बजेट नपरेको भन्दै केही दिनअघि प्रदेशसभा अगाडि विरोध प्रदर्शन गरेका थिए ।

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।