नेपाल–भारत पारस्पारिक सहायता सम्झौता संसद्‌मा पेश, विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सहज हुने

सम्झौता संसद्‌मा पेश गर्दै मन्त्री गौतमले यो सम्झौता प्रश्चात भ्रष्टाचार गरी अर्को मुलुकमा लुकाएको सम्पत्ति फिर्ता ल्याउने लगायतका कार्यमा सहज हुने उनले बताइन् ।
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिनिधिसभामा नेपाल सरकार र भारत सरकारबीच भएको फौजदारी विषयमा पारस्पारिक कानुनी सहायता सम्बन्धी सम्झौता पेश भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले पेस गरेकी हुन् ।

सम्झौता संसद्‌मा पेश गर्दै मन्त्री गौतमले यो सम्झौता प्रश्चात भ्रष्टाचार गरी अर्को मुलुकमा लुकाएको सम्पत्ति फिर्ता ल्याउने लगायतका कार्यमा सहज हुने उनले बताइन् ।

अपराधीलाई सजाय दिन र अपराधबाट कमाएको सम्पति फिर्ता ल्याउन सहज हुने बताएकी हुन् । यसले सम्पति शुद्धीकरणको कार्यमा समेत सहयोग पुर्‍याउने उनले बताएकी छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।