ओखलढुंगामा पूर्वएआईजी पोखरेल रास्वपाबाट ५ मत अन्तरले विजयी


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ओखलढुंगामा रास्वपाका विश्वराज पोख्रेल  निर्वाचित भएका छन् । पोखरेल पूर्वएआईजी हुन् ।पोखरेलले १३ हजार ९५३ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका कुमार लुइटेलले १३ हजार ९४८ मत पाए । पोखरेल र लुइटेलबीचको मतान्तर ५ मतको मात्रै छ ।

 

 

तेस्रो भएका नेकपाका अम्बिरबाबु गुरुङले ११ हजार २९६ मत पाएका छन् भने एमालेकी अस्मिता थापा १० हजार ७२० मतका साथ चौथो भएकी छन् ।

यस्तै, श्रम संस्कृति पार्टीका उद्धवकुमार राईले ३८५८, उज्यालो नेपाल पार्टीका किशोरी कार्की ९६५, मंगोल नेशनल अर्गनाइजेशनका वजेन्द्र राईले २२३, राप्रपाका डिकप्रसाद बास्तोलाले १७८ मत पाएका छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।