पर्यटन तथा नागरिक उड्ययनमन्त्री खडकराज पौडेल (गणेश) र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले आज रास्वपाका सांसदहरूसँग बजेटबारे छलफल गर्दैछन् ।
उनीहरूले अपराह्न ४ बजे रास्वपा, संसदीय दलको कार्यालयमा छलफल बजेट प्रक्रिया तथा पूर्वबजेटबारे छलफल गर्ने रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए ।
यसअघि बुधबार अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सांसदहरूसँग छलफल गरेका थिए ।