सेन्ट्रल एक्स्चेन्ज काउन्टरको लाइसेन्स खारेज


कास्की पोखरा महानगरपालिका-६ मा कार्यालय रहेको संस्थाले कारोबार बन्द गरी इजाजतपत्र खारेज गरिदिन निवेदन दिएको थियो ।
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा खरिद कारोबार गर्न इजाजतपत्र प्राप्त सेन्ट्रल एक्स्चेन्ज काउन्टर प्रालिको अनुमति खारेज गरेको छ । संस्थाले स्वेच्छिक खारेजीको माग गरेपछि केन्द्रीय बैंकले उसको लाइसेन्स खारेज गरेको हो ।

कास्की पोखरा महानगरपालिका-६ मा कार्यालय रहेको संस्थाले कारोबार बन्द गरी इजाजतपत्र खारेज गरिदिन निवेदन दिएको थियो ।

नेपाल राष्ट्र बैंक मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ (चौथो संशोधन सहित) को विनियम २२ मा भएको व्यवस्था बमोजिम अनुमति खारेज भएको हो ।

केन्द्रीय बैंकको २० वैशाख २०८३ मा बसेको सञ्चालक समिति बैठकले सेन्ट्र एक्स्चेन्ज काउन्टरले दिएको निवेदनमाथि छलफल गरी खारेज गर्ने निर्णय गरेको हो ।

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।