सूचना दिवसको अवसरमा सर्लाहीमा सूचनाको हक सम्बन्धी अन्तरक्रिया


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सूचना दिवस २०८२ को अवसरमा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको सभापतित्वमा सूचनाको हक कार्यान्वयनको अवस्था विषयमा अन्तरक्रिया गरि राष्ट्रिय सूचना दिवस मनाएको छ । राष्ट्रिय सूचना दिवस २०८२ किन मनाउने यसको बारेमा सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेलले प्रकाश पार्नु भएका थिए ।

 

सूचनाको हक सम्बन्धी कानुन, अधिकार र व्यवस्थाका बारेमा हुलाक अधिकृत डुरदेव बरालले कार्यक्रममा उपस्थित सरोकारवाला कर्मचारी तथा पत्रकारहरुलाई जानकारी दिनुभयो । सूचनाको अधिकार कसतो अधिकार हो । नेपाली नागरिकहरुका लागि सूचनाको अधिकारलाई मौलिक अधिकारका रुपमा स्थापित गरिएका हुन् ।

 

राज्यका सबै निकायले सरल रुपमा नेपाली नागरिकलाई सूचना उपलब्ध गराउनु पर्ने कानुनी प्रावधान रहेको छ । सूचना उपलब्ध नगराउदा सर्वोच्च अदालत र उच्च अदालतले समेत आदेश गर्न सकने व्यवस्था रहेको हुलाक अधिकृत बरालले उपस्थित महानुभावहरुलाई जानकारी गराउनु भएको थियो ।

 

नागरिक समाजका अध्यक्ष उग्रकान्त झाले भने राज्यले सूचनाको हक सम्बन्धी कानुन बनाएर सहज रुपमा सूचना उपलब्ध गराउन भने पनि आम नागरिकलाई सरकारी कार्यालयहरुबाट सूचना पाउन कठिनाई भएको झाले गुनासो गर्नुभयो ।

 

नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ओमप्रकाश ठाकुरले भने सहज रुपमा आम जनतालाई सूचना उपलब्ध भईदिए सम्बन्धित कार्यालयको हकमा समेत राम्रो मैसेज प्रवाह हुने अध्यक्ष ठाकुरले बताए । सूचना सजिलै पाएपछि आम नागरिकको बिश्वास सम्बन्धित कार्यालय प्रति बढदै जाने भएकोले सूचना प्रवाह गर्न ढिलो गर्नु हुदैन अध्यक्ष ठाकुरको भनाई थियो ।

 

कार्यक्रममा सरकारी तथा गैर सरकारी कार्यालयहरुका सूचना अधिकारी, कर्मचारी तथा संचारकर्मीहरु सहभागि रहेका थिए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।