थाइल्यान्ड र कम्बोडियाबीच सीमा झडप रोक्ने सहमति


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दक्षिणपूर्वी एसियाली देशहरू थाइल्याण्ड र कम्बोडियाले शनिबार सीमा झडप रोक्न सहमति जनाएका छन् ।

 

‘दुवै पक्ष आक्रमणबिना हालको सेना तैनाथी कायम राख्न सहमत छन्,’ दुवै देशका रक्षा मन्त्रीहरूले आजै दिउँसोदेखि लागू हुने युद्धविरामको संयुक्त विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘कुनै पनि सुदृढीकरणले तनाव बढाउनेछ र परिस्थिति समाधान गर्न दीर्घकालीन प्रयासहरूमा नकारात्मक असर पार्नेछ,’ कम्बोडियाको रक्षा मन्त्रालयले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

 

थाई रक्षामन्त्री नथाफोन नाक्रफानित र उनका कम्बोडियन समकक्षी टी सेइहाले हस्ताक्षर गरेको यो सम्झौताले २० दिनदेखि जारी लडाइ समाप्त गरेको छ ।

यो युद्धमा कम्तिमा १०१ जनाको मृत्यु भएको छ र दुवै पक्षका आधा लाख भन्दा बढी विस्थापित भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

जुलाईमा अघिल्लो चरणको लडाइ रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यस्थता गरेको युद्धविराम भंग भएपछि डिसेम्बरको शुरुमा पुनः युद्ध चर्किएकि थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।