यातायात कार्यालयले भन्यो : ७ बजेदेखि नै लाइनमा बस्नुपर्ने अवस्था छैन


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ठूलो भर्‍याङस्थित यातायात कार्यालयले सेवाग्राही बिहान ७/८ बजेदेखि नै लाइनमा बस्न आउने गरेको भन्दै त्यसो नगर्न सूचित गरेको छ ।

कार्यालयले सामाजिक सञ्जालमा सूचना राख्दै भनेको छ, ‘कार्यालय बिहान ९ बजे देखि खुल्छ । तर सेवाग्राही ७, ८ बजे देखि नै आएर कार्यालय बाहिर लाइन बस्‍ने गर्नुभएको छ, अहिले कार्यालयको कार्यबोझ अनुसार बिहानदेखि नै लाइन बस्‍नु पर्ने आवश्यकता छैन ।’

कार्यालयका अनुसार अहिले प्रत्येक दिन करिब १ बजेसम्म सबैको काम सकिएर काम हलुका भइसकेको हुन्छ । कार्यालयले भनेको छ, ‘सोमबारको दिनमा केही भीड हुन्छ, अन्य दिनहरूमा खाली नै छ ।’

दिउँसो बैंक ४ बजेसम्म खुल्ने र कार्यालय ५ बजे सम्म खुल्ने हुनाले आफ्नो समय व्यवस्थापन गरेर भिडभाड नहुने बेला सहज सेवा लिनेगरी आउन कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।