विचार/ब्लग

सुराकी खर्चका नाममा गृह मन्त्री र गृह सचिवलाई २४ करोड, न बिल न भर्पाई

सूत्र/सुराकी परिचालनका नाममा गृहमन्त्री र गृह मन्त्रालयका सचिवले ३२ वर्षदेखि सरकारी ढुकुटीबाट बेहिसाब लाखौं नगद बुझिरहेका छन् । दुवै अधिकारीले नगदै बुझ्ने गरेको खर्चको फाँटवारी गृह मन्त्रालयसँग रहँदैन । सार्वजनिक खर्चको लेखा परीक्षण गर्ने सर्वोच्च निकाय महालेखा परीक्षकको कार्यालयलाई पनि यसको हिसाब दिइएको छैन । स्रोतका अनुसार हरेक साता र कहिलेकाहीं १५ दिनमा एक पटक ‘यति रकम बुझिलिएँ’ भनेर मन्त्री र सचिवले लेखेर बुझाएको कागजबाहेक अरू विवरण गृहसँग छैन । महालेखाले लेखा परीक्षणका लागि मन्त्रालयसँग दैनिक खर्च फाँटवारी माग्दा ‘दिन मिल्दैन/छैन’ भन्ने गरिएको छ ।… पुरा पढौ

कर्णालीमा सूचना प्रविधिको पहुँच

कर्णाली प्रदेशका कतिपय जिल्ला सडक सञ्जालमा नजोडिँदै इन्टनेट सञ्जालसँग जोडिन पुगेको कुरा सत्य हो । कर्णालीमा इन्टरनेटको सुविधा पुगेपछि हिँडेर भेटन हप्ताँै लाग्ने आफन्तसँंग छिनभरमै भिडियो कलमा दोहोरो कुरा गरी खबर आदानप्रदान गर्न सम्भव भएको छ । जहाज चढेर आउने चिठीपत्र मोबाइल र कम्प्युटरमा आउन थालेका छन् भने इमेलमार्फत पनि चिठीपत्रको आदानप्रदान हुने गरेको छ । भौतिक सुख सुविधा उपभोग गर्न कर्णालीवासी कतिले पाएका छन् त्यो त भोग्नेलाई थाहा होला तर सूचना प्रविधिको विकास र विस्तारले गर्दा कर्णालीवासी सञ्चार र… पुरा पढौ

वीरगञ्जमा गुठीको जग्गामा पोखरी खनेपछि विवाद

 गुठी संस्थानले कृषि बाली लगाउन भाडामा लगाएको जग्गा माछा पालन गर्न पोखरी खनेको पाइएपछि वीरगञ्जमा विवाद भएको छ । वीरगञ्ज महानगरपालिका–२८ दर्दवास्थित ३० विघा १२ कठ्ठा १० धुर जमिनमा माछापोखरी बनाउन माटो खनेपछि विवाद भएको हो । स्थानीय वासिन्दाले नदी छेउको जमिनमा पोखरी खन्दा वर्षायाममा गाउँ नै डुबान हुने खतरा बढेको बताएका छन् । बाली लगाउने शर्तमा ०७२ वैशाख २४ गते मदनप्रसाद यादवले उक्त जमिन ठेक्कामा लिएका थिए । सम्झौतामा बार्षिक १० मन प्रतिविघा धान वा सो बराबरको रकम बुझाउने… पुरा पढौ

पानीबाट पनि निको हुन्छन् यी रोग

डा. युनिता श्रेष्ठ प्राकृतिक चिकित्सामा पानी अर्थात् जलको प्रभावकारी भूमिका छ । पानीबाट नै गरिने उपचार विधि भएकाले यसलाई जल चिकित्सा (हाइड्रो थेरापी) भनिएको छ । जल चिकित्साको अभ्यास सदियौंदेखि हुँदै आएको छ र यो नेपाल र भारतमा मात्र होइन, विश्वभर नै प्रचलनमा छ । मलद्वारसँग सम्बन्धित रोगका लागि होस् वा तनाव हटाउन, जल चिकित्सा उपयोगी मानिएको छ । खासमा तातो पानी, मनतातो पानी र चिसो पानीमा यस्तो उपचार विधि अपनाउन सकिन्छ । जल चिकित्साका प्रचलित पाँच विधि १. तातोपानी खुट्टा… पुरा पढौ

“बीफ कबाब” बेच्ने प्रचार गरेपछि चिकेन स्टेशनका संचालक अरुण झा हिन्दू परिषदबाट निलम्बित

“रमदानको अवसरमा गाईको मासुबाट बनेको “बीफ कबाब १०%छुटमा” भनेर विज्ञापन गरेपछि चिकेन स्टेशन वीरगंजका संचालक अरुण झालाई हिन्दू परिषद नेपालको केन्द्रिय सदस्य पदबाट निलम्बन गरिएको छ। हिन्दू परिषद नेपालका केन्द्रिय सचिव सुनिल गुप्ताले सोमबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै झालाई केन्द्रिय सदस्य समेत नरहने गरि निलम्बन गरिएको बताउनु भएको छ। विज्ञप्तिमा भनिएको छ “हिन्दु परिषद नेपाल को केन्द्रिय सदस्य अरुण झा से संचालन गर्नु भएको “चिकेन स्टेशन” को सामाजिक संजालमा आएको गतिविधिले हिन्दूहरुको आस्थामाथि ठेस पुऱ्याएकोले हाम्रो गम्भीर ध्यानाकर्षण… पुरा पढौ

सपिङ गराई दिन भंसारका कर्मचारीलाई सहसचिवको दबाव

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका प्रमुख सहसचिव कमलप्रसाद भट्टराईले भन्सार विभाग अन्तर्गतका विभिन्न कार्यालयका कम्प्युटर अप्रेटर र कार्यालय सहयोगीलाई सरुवा गर्ने चेतावनी दिंदै ब्यक्तिगत लाभ लिने गरेका छन् । नेपाल फेसका अनुसार १० महिना भन्सार विभागको महानिर्देशक हुँदा सहसचिव भट्टराईले बढी सामान आयात हुने भन्सार कार्यालयमा दरबन्दीभन्दा धेरै बढी नायबसुब्बा, कम्प्युटर अप्रेटर र कार्यालय सहयोगी सरुवा गरेका थिए । उनले आर्थिक लाभ लिएर कतिपय बीरगंज, भैरहवा, मेची, बिराटनगर जस्ता भन्सार कार्यालयमा दरबन्दी भन्दा बढी कर्मचारी खटाएको… पुरा पढौ

राजयोग प्रशिक्षण कार्यक्रमको समुद्घाटन कार्यक्रम सम्पन्न

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, क्षेत्रीय कार्यालय, नयाँबजार पोखराले साइमन पार्टि प्यालेश पोखराको जाल्पा हलमा वरिष्ठ राजयोगी ब्रह्माकुमार राजु घले ज्यूको प्रशिक्षण रहेको “मानसिक शान्ति एवम् खुसियाली जीवनका लागि राजयोग शिविर“ विषयक पाँच दिवसीय राजयोग प्रशिक्षण कार्यक्रमको समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।दिनमा तिनवटा सत्र सञ्चालन हुने उक्त कार्यक्रमको जाल्पा हलमा सम्पन्न भएको प्रभातकालीन सत्रका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री माननीय पञ्चमान गुरुङ ज्यूले आध्यात्मिकता प्रतिको आफ्नो गहिरो रुचि र झुकाव प्रकट गर्दै वर्तमान युगमा बिज्ञानको सहायताबाट… पुरा पढौ

सर्वाधिक कामुक महिला : यदि कसैले मलाई नग्न तस्बिर र सन्देश पठाउँछ भने मेरो के दोष ?

बेलायती टेलिभिजन प्रस्तोता (टिभी स्टार) एमिली अटाकलाई हरेक दिन सयौं अश्लील तस्बिर र सन्देशहरू आउँछन् । यसो गर्ने पुरुषहरूलाई के कुराले उत्प्रेरित गर्छ र तिनीहरूलाई रोक्न के गर्न सकिन्छ भनेर उनी सोध्छिन् ? TV star Emily Atack is sent hundreds of explicit pictures and messages every day. She asks what motivates the men who do this and what can be done to stop them? हरेक बिहान जब उनी उठ्छिन्, एमिलीले नग्न मानिसको तस्बिर देख्नुपर्छ, जसलाई उनले पठाउन भनेकी थिइनन् ।… पुरा पढौ

महिलालाई आत्मनिर्भर बनाउदै ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय ओम शान्ति

सिकेको इलमलाई व्यवहारमा उतार्नु पर्छ : उपप्रमुख गुरुङपोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले तालिममा सिकेको इलमलाई व्यवहारमा उतार्दै आर्थिक रूपमा आत्मनिर्भर महिलाको पहिचान बनाउन आग्रह गरेकी छन् ।उपप्रमुखसँग महिला कार्यक्रम छ, महिलाले सञ्चालन गर्ने उद्योगका लागि १५ लाखसम्म विना धितो ऋण दिन्छौं । आसन्न आर्थिक मन्दीलाई सम्बोधन गर्न आयमुलक र सिपमुलक काम गरी आत्मनिर्भरताको बाटो समात्न आवश्यक भएको गुरुङले बताइन । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय ओम शान्तिको संरक्षित संस्था पोखरा आध्यात्मिक सेवा केन्द्रको आयोजना र पोखरा महानगरपालिकाको सहयोगमा सञ्चालित दुई महिने हाते… पुरा पढौ

कागजको घोडा हैन : प्राविधिक शिक्षा

दार्शनिक अरस्तुले भनेका छन् शिक्षाको कार्य स्वस्थ्य शरीरमा स्वास्थ्य मनको निर्माण गर्नु हो | यसैलाई टेवा पुग्ने गरी दार्शनिक जोन लकले थपेका छन ,जसरी बोटविरुवाको विकास गोडमेल द्वारा हुन्छ ,ठिक त्यसै गरी मानिसको विकास शिक्षा द्वारा हुन्छ | सृस्टीको प्रारम्भ देखि शिक्षा ,समाज एव मानव जीवन संग टासीएको छ |किनभने शिक्षाको सम्बन्ध जीवन संग छ | जवसम्म विश्वमा जीवको अस्तित्व रहिरहन्छ तव सम्म शिक्षाको प्रक्रीया चलीनै रहन्छ | यसर्थ कितावका पानामा छापिएर रटाइएको ज्ञान मात्रै शिक्षा र सर्टिफिकेटमा अङ्क धारी… पुरा पढौ