विचार/ब्लग

सूचना मागौ, सुशासन र जवाफदेहीता बढाउ

रुदाने एक सम्पुर्ण जीवन बाँचेको मान्छे । नेपाली माटोमा जन्मेको एक दार्शनिक। विद्रोहको पर्याय । आफैमा एउटा आन्दोलन । एक सामाजिक अभियन्ता । कवि र साहित्यकार । खेलाडी र शिक्षक । छाप्रे जनताको राजनीति गर्ने राजनीतिकर्मी। आदि–इत्यादि । यी र यस्तै अनगिन्ती आयामहरुको संकलित स्वरुप हुन रुदाने । अनुसन्धानकर्ताको लागि रहस्यजस्तो। आम मानिसको जीवनलीलासँग तुलना गर्दा पागल जस्तो । बेलाबेला सन्काहा जस्तो । अराजक जस्तो । तर हरेक सन्काहपनभित्र शिक्षा बोकेर, हरेक पागलपनाभित्र विद्रोह बोकेर, हरेक अराजकताभित्र सामाजिक रुपान्तरणको झिल्को… पुरा पढौ

फस्टाउँदै भ्रष्टाचार र मौलाउँदै जनविश्वाश

भ्रष्टमा आचार प्रत्यय लागेर बनेको भ्रष्टाचारको अर्थ हुन्छ नियम वा कानुन विरुद्ध नैतिक पतन हुने गरी घूस खाई पक्षपातपूर्ण निर्णय र व्यवहार गर्ने काम, भ्रष्ट मनशाय वा घूसखोरीको काम, पतित आचरण अथवा दूषित मर्यादा । बहुप्रचलित यस शब्दको अर्थ नबुझ्ने मानिस सायद बिरलै होलान् । नहुनु पनि किन ? बिहान उठेदेखि बेलुका सुतुञ्जेलसम्म कोही यसको सिकार भएका छन् भने कसैले सिकार गरेका छन् । कोही नियम कानुनले निषेध गरेका यस्ता कार्यहरू गर्न प्रेरित गरिररहेका छन् भने कोही व्यक्तिगत स्वार्थ र… पुरा पढौ

भ्रष्टाचार नियन्त्रणका तात्कालिक कार्यसूची

https://shilapatra.com/detail/2642 विषय प्रवेश समकालिन समाजमा अल्पविकसित तथा अविकसित देशको प्रमुख समस्या भ्रष्टाचार हो । यस्ता देशका हरेक निकायहरु भ्रष्टाचार तथा अनियमिततामा फसेका छन् । नेपालको अवस्था पनि यो भन्दा फरक छैन । पछिल्लो समयमा सञ्चारमाध्यमहरुमा एकपछि अर्को गर्दै सार्वजनिक भईरहेका घटनाहरुले पनि केन्द्रीय तह देखि स्थानीयस्तरसम्म भ्रष्टाचार कसरी संस्थागत हुदै गईरहेको छ भन्ने स्पष्ट पार्दछ । अझ भ्रष्टाचार नियन्त्रणको लागि गठित संवैधानिक आयोगका आयुक्तनै भ्रष्टाचारजन्य क्रियाकलापमा फसेको तथ्य सार्वजनिक भएपछि भ्रष्टाचार नियन्त्रणको कार्य कति जटिल बन्दै गईरहेको छ भन्ने बुझ्न… पुरा पढौ

भ्रष्टाचार भनेको के हो ?

भ्रष्टाचारका बारेमा लेख्नुभन्दा पहिले भ्रष्टाचार भनेको के हो भन्ने बुझ्नु जरुरी देखिन्छ । आखिर के हो त भ्रष्टाचार ? अनलाइन पुस्तकालय ‘विकिपिडिया’ का अनुसार भ्रष्टाचार भन्नाले दुई शब्द ‘भ्रष्ट’ र ‘आचार’ को सन्धि हो, जहाँ ‘भ्रष्ट’ को अर्थ खराब र ‘आचार’ को अर्थ आचरण (बानी–व्यवहार) हुन्छ । अर्थात्, भ्रष्टाचारको अर्थ खराब आचरण भन्ने बुझिन्छ । तसर्थ, समग्रमा भ्रष्टाचारलाई पतीत आचारण र दूषित मर्यादाका रूपमा व्याख्या गर्न सकिन्छ । नियम वा कानुनविरुद्ध नैतिकता पतन हुने गरी घूस खाई पक्षपातपूर्ण निर्णय र… पुरा पढौ

भ्रष्टाचाररहित समाजको परिकल्पना

भ्रष्टाचार नैतिक, अनुशासित र सभ्य समाजका लागि कलङ्कको टीका हो । पूर्वीय दर्शनमा हामीले कल्पना गर्ने गरेको रामराज्यको दुश्मन हो । सार्वजनिक हित र भलाइका लागि लगानी गरिने सार्वजनिक स्रोतसाधन र सम्पत्तिमाथि गिद्धे नजर लगाउने, -याल काढ्ने र आँखा गाड्ने भ्रष्ट व्यक्ति र समूहको कालो मनबाट सिर्जित रातो अपराध हो– भ्रष्टाचार ।  भ्रष्टाचार नेपाली समाजमा यस्तो उद्योगका रूपमा मौलाउँदै गएको छ, जसमा न त लगानी जुटाउनुपर्छ न त प्रतिस्पर्धा नै गर्नुपर्छ । व्यावसायिक जोखिम मोल्नु नपर्ने, उद्यमशीलता नचाहिने, व्यावसायिक योजना बनाउनु नपर्ने, बिनाउत्पादन र… पुरा पढौ

देशभक्ति कबिता

https://www.youtube.com/watch?v=elY-o-VkFIQ पुरा पढौ

एक फन्को सेलरोटी

  “ ए ! बुढा, त्यो स्कुलमा त छोरीले नाम निकाल्नै पर्छ है ?” मालपोत कार्यालयको खरिदार लोककल्याणलाई बिहान भात खाने बेलामा बुढीले सम्झाइन् । सम्झाइन के आदेश नै दिइन् ।     “ ल ल म हेरम्ला ।खै त याँ तरकारी हालेको ? ” खरिदार सापले तरकारी कराहीतिर नजर दिंदै जवाफ दिए ।      “ हत्तेरी मेरो सुद्धि पनि के भएको ?” खरदार्नी आफ्नै टाउकोमा धारे हात लगाउँदै भनिन् र डाडुले तरकारी खरदारको थालको एकछेउमा हालिदिइन् “ हेरेर मात्रै भएन । काम हुनु प-यो !” ऐले खरदार्नीको स्वर अलि तिखो भयो ।      “ मैले त प्रयास गरेकै छु । छोरीले फस्ट डिभिजन ल्याई भनेर क्यार्नी ? बोर्डिंग स्कुलको फस्ट डिभिजनको कामै रैनछ । तेत्रो पैसाखर्चेर पढा’को कामै भएन । सरकारी स्कुलका सेकेण्ड डिभिजनले नाम निकालेका ठाममा हाम्री छोरीले नाम निकाल्न सकिन ।” खरिदारसापले छोरीप्रति  गुनासो गरे । तर मनमनै अत्यन्तै चिन्तित भएका थिए ।” दुध पनि अलिकती हाल न ! आँफुलाई त एकगास दुधभात नखाएसम्म धितै पर्दैन!”      “ जे भएनि छोरीलाई पढाउँनै प-यो । जसरी भएनि साइन्स पढ्छु भन्छे । उस्को बिएस्सी नर्सिंग गरेर अष्ट्रेलिया जाने ठूलो धोको छ !” खरिदार्नीले कुँडेबाट एक डाडु दुध खरिदारले मुछ्न लागेको भागमा खन्याइ दिइन् ।      “ ल ल हेरम्ला । खाने बेलामा धेरै कचकच गर्नु हुन्न !” भन्दै खरिदार दुधसंग मुछेको भात सपासप भात खान थाले । खरिदार्नी सिंकमा भएका जुठा भाँडाहरू पखाल्न थालिन् ।                खरिदार साप भात खाइओरी लुगा फेरेर सरकारी नम्बर प्लेटको स्प्लेन्डर  मोटरसाइकलमा चढेर हिंडे । उनी अफिस पुग्नुभन्दा पहिला छोरीको भर्नाको निश्चितता नगरी भएको थिएन । छोरीलाई सानैदेखि पढाई राखेको, एसएलसीसम्म ट्युसन कोचिंग पनि पढाएको र उसैको सल्लाह अनुसारको इन्स्टिट्यूटमा ब्रिजकोर्स पढाएका हुनाले शिक्षक तेजनाथप्रति आशावादी थिए । तेसैले खरिदारसापले स्प्लेन्डर तेजनाथको घरतिर हुँइक्याए । घरबाट निस्कन लागेको तेजनाथलाई दैलोमैं भेटेर आफ्नो गुनासोको पोका फुकाए ।     “ लौ सर ! मेरी छोरी भनेकी हजुरकै छोरी हो । सानैदेखि हजुरकै काखमा हुर्किई । बोर्डिंग स्कुलबाट फर्स्ट डिभिजनमा पास भए पनि दुईदुई ठाम्मा नाम निकाल्न सकिन । अब यो  स्कुलमा त नाम जसरी पनि निकाल्दिनै प-यो ।”      “ अँ हो त नि गाँठे ! हत्तेरी…..! नाम निकालिन हगी ? यहाँ पनि एकदमै गाह्रो छ क्यारे ! तैपनि , हुन्छ ! म कोशिश त गर्छु । नानीलेइन्ट्रान्स परीक्षामा कस्तो गरेकी छे कुन्नी ! भर्ना समिति र सबै शिक्षक कर्मचारी भ’ ठाम्मा आँखा छलेर काम गर्न गाह्रो छ क्यारे !” सरले कपाल कन्याए ।      “ छोरीले त राम्रै गरेकी छु भन्थी ! तर मलाई तेति भरोसा त छैन । दुई दुई ठाम्मा फेल भैसकी ।….. एति काम गर्दिए मेरी छोरीको भलैहुन्छ । हजुरलाई परे म पनि ठाम्मा छु । जग्गासग्गा दर्ता, खरिदबिक्री गर्नुपर्दा म पनि हेरम्ला नि । आखिर पालाको पैंचो त हो नि !“ भन्दै खरिदार सापले पचास हजार रुपैयाँ सरको ज्याकेटको खल्तीमा हालिदिए । सरले पनि थाहा नपाए झैं गरे ।सरको पनि खरबारी पाखोदर्ता गर्ने काम मातपोत कार्यालयमा दशकौं देखि रोकिएको थियो । तेति गर्न नसक्दा उनी दिक्क भएका थिए । खरिदारको वचनले उनको मनमा भएको आशाको दीयोमा तेल थपे झैं भयो ।         त्यसपछी दुबै हाँसीखुशी बिदाबादी भए ।                   ************         यतिबेला शिक्षक तेजनाथ पनि अर्कै पीरलोले रन्थनिएका थिए । उनले हालसालै बनाएको घर नामजाँच गर्न आउँने नगरपालिकाको ओभरसियरले बाटोको केन्द्रबाट नाप्दा चार सेन्टीमीटर भित्र परेको भनेर निहुँ खोजिरहेको थियो । त्यस्ले गर्दा नगरपालिकाबाट सम्पन्न पत्रलिन सकेका थिएनन् । त्यतिबेला नै ओभरसियरको मुखमा एकाध हात्तीको बुझो लगाइदिएको भए तत्कालै समस्या समाधान भैहाल्थ्यो ।उनको अहँले भनौं वा पैसाको मायाले हो उनलाई रोक्यो । तर पछि इन्जिनियरलाई भेटे । हाकिमलाई भेटे । मेयर उपमेयरलाई समेत भेटेर अनेक उपाय लगाउँदा पनि काम बनेन । कामको तालाचाबी ओभरसियरको हातमा थियो । उस्ले सही नगरुन्जेल कागज अगाडि बढेन ।आज त उनी काम जसरी पनि फत्ते गर्छु भनी हानिएर नगरपालिका पुगे । ओभरसियर आइपुगेको रहेन्छ । नगरपालिका कार्यालयको बाहिर पट्टीको चौतारीमा बसेर कुर्न थाले । उनले नगरपालिकाको भवन हेरें । गतवर्ष रंगरोगन गरेको भए पनि रंग फुँग उडेको थियो ।वर्षाको पानीले लेउ पलाएर रुँदा रुँदा गाजल अनुहारभरी लत्पतिएको महिलाको अनुहारजस्तो देखिन्थ्यो । ठाउँ ठाउँमा प्लाष्टर उक्किएरभवन भग्नावस्थामा पुगेको थियो । ‘अर्काको घरको डिज़ाइन बनाउँने, मापदंड हेर्ने यहाँका प्राविधिकहरूले आफ्नै अफिस भवनलाई किनहेर्न नसकेका होलान् ? हुन त यी पढ्ने ईन्जिनियरिंग क्याम्पसको त त्यस्तो बिजोग छ !’ उस्को मनमा खेलिरहेका कुराहरूलाई अवरुद्ध गर्दै बाह्र बजेतिर बल्ल ओभरसियर आइपुग्यो ।       “ नमस्ते ओभरसियर साब ! “ तेजनाथले तेजहीन स्वरमा विनीत भावले अभिवादन टक्र्याए ।      “ तपैंको घरले चार सेन्टीमीटर मापदंड मिचेको छ । पैला त्यो सुधार्नोस् !” ओभरसियरले अभिवादन पनि फिर्ता नगरी हाकिमी पाराले रुखो स्वरले फरमान जारी ग-यो ।      “ मैले त मापदंड रौं बराबर नमिचियोस् भनेर राम्रोसंग नापजाँच गरेकै हुम् । खै ऐले कसरी मिचिएको देखिएछ । भैहाल्यो सर, जसरीभएपनि तेति मिलाइबक्स्योस् । हजुरकै हातमा छ । हजुरले त्यति नमिलाइदिंदा मलाई अप्ठ्यारो प-यो ।” तेजनाथले ओभरसियर ख़ुशीहुन्छ कि भनि भारदारी भाषा प्रयोग गरी चाकरी बजायो ।     “ हेर्न मिल्दैन । मैले पनि नियमानुसार काम गर्नुपर्छ । नत्र म नै कारवाहीमा पर्छु । तपैंको लागि म किन कारवाहीमा परुँ ?” ओभरसियर मुख अर्कैतिर फर्काउँदै बोल्यो ।       “ सर ! तेसो नभनिबक्सियोस् । म त गरीव मान्छे ।बडो दुःख गरेर यौटा झुपडी बना’को । बरु सरको दुःखशान्ति म हेरौंला नि !” भन्दैतेजनाथले अघिको पचास हजारका नोटहरू ओभरटाइमको पाइन्टको खल्तीमा  हालिदियो ।        आफ्नो खल्तीमा केही पसेको अनुभव भएपछि ओभरटाइमको प्रतिक्रिया र व्यवहारमा ‘युटर्न’ भयो ।       “ ठिक छ । ठिक छ । मिल्छ भने म हेरौंला । भोली एकपटक आउँनुहोला !“ एताउति हेर्दै ओभरसियर बोल्यो र अफिसमा पस्यो ।   … पुरा पढौ

सुशासन कायम गर्न खबरदारी

भ्रष्टाचार मुलुकको पुरानो चुनौतीपूर्ण समस्या हो । मुलुकमा भएका राजनीतिक एवं शासकीय परिवर्तनले यस क्षेत्रमा ठोस सुधार गर्न सकेको छैन । सरकार परिवर्तनसँगै आउने नयाँ नीति, योजना, कार्यक्रमका साथै सुशासनका अभियानले भ्रष्टाचाजन्य प्रवृत्तिलाई नियन्त्रण गर्न सकेको छैन । भ्रष्टाचार नियन्त्रणका लागि नेतृत्वदायी भूमिकामा रहनुपर्ने राजनीतिक उच्च नेतृत्वको कमजोर भूमिकाका कारण भ्रष्टाचार संस्थागत हुँदै गएको गुनासाहरू रहेका छन् । सार्वजनिक पदमा रहेका जिम्मेवार पदाधिकारीहरू, विचौलिया, ठेकेदार, उपभोक्ता समितिसमेतको मिलेमतोमा भ्रष्टाचारजन्य कार्यको नयाँ शैली एवं प्रवृत्ति बढेको छ । मिलेमतो एवं सेटिङमा हुने यस्ता भ्रष्टाचारजन्य कार्य संस्थागत… पुरा पढौ