विचार/ब्लग

प्रेरणा मेरो आदर्श गुरु

मानव चेतनशील प्राणि हो, जसलाइ ज्ञान बुद्धि र बिवेकको खानि पनि भनेर चिनिन्छ। तर बिडम्बना कोहिबाहिर मानवको खोल ओडेर भित्र-भित्र दानवको भुमिका खेलिरहेका हुन्छन् भने कोहि यस्ता मानिस पनि हुन्छन् जो आफू मानव भन्दा माथि उठेर सारा मानव जगतलाइ नै आफू मानिस भएकामा गर्व गर्नु पर्छ भन्नेकुरा महसुस गराउँछन। बाटो बिराएर गलत बाटो तर्फ गईरहेका यात्रिका पाइलाहरूलाई सहि बाटो तर्फ डोहोर्याएर उसको गन्तब्य सम्म पुग्नका लागि सरल सहज र सूमार्ग निर्देशकको भुमिका खेलिरहेका हुन्छन्।उदाहरण खोज्ने हो भने मातापिता र शिक्षक… पुरा पढौ

मोलुंग गाउँपालिकाका उपाध्यक्ष हेम कुमारी तामाङ्ग, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठ, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ११ जनालाइ भ्रष्टाचार सम्बन्धि मुद्धा

जिल्ला ओखलढुंगा, मोलुंग गाउँपालिका वडा नं. २ स्थित काफलबोट देखि होल्पु मिसन हस्पिटलसम्म नयाँ सडक निर्माण योजनामा किर्ते गरी नक्कली फाइल खडा गरी अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा राष्ट्रिय पुन: निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई, (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार), ओखलढुंगाले निर्माण गरेको मेसिनरी वाल र सडक देखाई उपभोक्ता समितिले निर्माण गरेको भनी गैरकानूनी लाभ प्राप्त गर्ने उद्देश्यले गलत नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदनहरु तयार गरी/गराई, स्वीकृत गरी रु.3,82,०50।- हानी पुर्‍याउन बदनियतपूर्वक भुक्तानीसमेत… पुरा पढौ

प्रधानमन्त्री कार्यालयमै सूचना लिन सकस

नेपालमा सूचनाको हक सम्बन्धी कानुन कार्यान्वयन भएको डेढ दशक भइसक्दा पनि सूचनामा नागरिकको पहुँच सीमित छ भने सूचना प्रवाहमा सार्वजनिक संस्थाका अधिकारीहरुको मनस्थिति अझै संकुचित छ। यस आलेखमा सूचना दिन सकस मान्ने कर्मचारीको मनोविज्ञान र सूचना लिन चाहने सर्वसाधारण नागरिकका सम्भावित झन्झटलाई अनुभवजन्य विधि अनुरुप चर्चा गरिएको छ। विद्यावारिधि शोधको क्रममा सूचनाको वर्गीकरणसम्बन्धी दस्तावेज खोज्न सिंहदरबार नै पुग्नु पर्ने भयो। सुरक्षाका अनेक प्रोटोकल सामना गर्नुपर्ने भएकोले सिंहदरबार पस्न उती रुचिकर लाग्दैन। सिंहदरबारको प्रवेश द्वारमै पास चाहियो। त्यसभित्रको तपाईंको गन्तव्य संसद… पुरा पढौ

फजुल खर्चमा निर्ममतापूर्वक कटौती र विकास बजेट बढाउनै पर्छ

(सरकारले २०८० जेठ ५ गते शुक्रवार संसदको संयुक्त सदनमा आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । यो सताभरी सरकारले प्रस्तुत गरेको नीति र कार्यक्रमबारे संसदमा सांसदहरुले घनिभूत रुपमा बहस चलाउने भएका छन् । बहस सकिए लगत्तै आजको ठीक अर्को हप्ता सोमवार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको लागि आयव्यय विवरण सहित बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । मुलुकको खस्कदो अर्थतन्त्रलाई संवोधनका साथै सुधारका लागि बजेटमा समेटिनुपर्ने प्राथमिक विषयका बारेमा यतिखेर बहस चुलिरहेको छ ।… पुरा पढौ

जनयुद्द का रायमाझीको धनयुद्दको यात्रा

भुटानी शरणार्थीसम्बन्धि ठगी मुद्दामा फरार रहेका नेकपा(एमाले)का सचिव तथा सांसद टोपबहादुर रायमाझीको सम्पत्ति अस्वभाविक देखिएको छ । पछिल्लो पाँच वर्षमा उनले करोडौंको सम्पत्ति जोडेको निकटस्थहरू बताउँछन् । चार वर्षअघि मात्र उनले खुमलटारमा चार करोड रुपैयाँमा आलिसान घर किनेका थिए । त्यो घर बिचौलिया समूहले नै किनिदिएको स्रोत बताउँछ । जतिबेला भुटानी शरणार्थी प्रकरणमा उनले करोडौं लिएका थिए त्यही आसपास घर किन्नुले ठगीको कनेसक्न सो घरसँग पनि जोडिने देखिन्छ । भुटानी शरणार्थीको नाममा पैसा उठाउने गिरोहसँग छोरा सन्दीपको बैंक खातामा उनले… पुरा पढौ

कर्मचारी आफूलाई सेवक भन्दा पनि मालिक ठान्छन्

(निजामती सेवामा लामो सयम बिताएका मैनाली हक्की, निडर र स्वच्छ छविको परिचय छोडेर अवकाश भएका थिए । विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी र अध्यागमन विभागको महानिर्देशकसमेतको जिम्मेवारी उनले सम्हालेका थिए । सचिव बढुवा भएपछि भने उनले क्षेत्रीय प्रशासक, वातावरण र गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए । गृह सचिव रहँदा मैनालीले सूत्र तथा सुराकी परिचालन बापत प्राप्त हुने सुविधा रकमलाई महालेखापरीक्षकको कार्यालयबाट गोप्य रूपमा अडिट गराएको दावी गरेका छन । पछिल्लो पटक मैनालीले छ वर्ष लोक सेवा आयोगको अध्यक्ष… पुरा पढौ

अर्थ मन्त्रालयले खर्च कटौति गर्न पठाएको १४ बुँदे परिपत्रको मजाक उडाउदै सडक बिभाग

 सरकारी राजस्व लक्ष्य अनुसार नउठेको भन्दै अर्थ मन्त्रालयले तालिम, गोष्ठी, सेमिनारको बजेट कटौती गरेको छ । २०७९ माघ १७ गते मन्त्रालयले सबै मन्त्रालयहरू, संवैधानिक निकाय र सरकारी संघ–संस्थाहरूमा पत्राचार गरे पनि भौतिक मन्त्रालय मातहतको सडक विभागले भने त्यसलाई परिपालना नगरी अटेरी अघिल्लो हप्ता सम्पन्न भएको कार्यक्रमले पुष्टि गरेको छ । यसरी अर्थ मन्त्रालयले खर्च कटौति गर्न पठाएको १४ बुँदे परिपत्रको एक नम्बरमै तालिम, गोष्ठी र सेमिनार नगर्न भनिए पनि मन्त्रालयले सुनुवाइ नगरेको पाइएको छ ।  विभागस्रोतका अनुसार सडक विभागले वार्षिक… पुरा पढौ

बृद्धाश्रम सहयोग समिती द्धारा १ लाख सहयोग

देशमा थुप्रै संघ संस्था रहेपनि ति संस्थाले जनचाहना अनुसार काम नगर्दा खासै संस्था भएको अनुभति आम नागरिकले गर्न सकिरहेका छैनन् र पनि केहि संस्थाहरु मनबाटै काम गरिरहेका छन् यहि शिलशिलामा सूचनाकोहकका संचालक दीपक आचार्यले दुइ संस्थाहरुलाई जोड्ने काम गर्नुभएको छ २०५४ सालमा स्थापित कर्णालीको प्रशान्ति वृद्धाश्रम र युबा हरुद्वारा संचालित वृद्धाश्रम सहयोग समिति बीच चिनजान परिचय गराई सहयोग लिने दिने बातावरण उहाले तयार गरिदिनुभयो यहि शिलशिलामा उहाको पहलमा बृद्धाश्रम सहयोग समितीले कणार्ली प्रदेशको सुर्खेतमा रहेको प्रशान्ती बृद्धाश्रममा एक लाख अक्षयकोष… पुरा पढौ

मुलुक भित्र खासै कर नतिर्ने बिनोद चौधरी लगाएत अमेरिकामा सात सय, चीनमा साढे पाँच सय अर्बपति

विश्वमा सबैभन्दा धेरै अर्बपति अमेरिकामा छन् । अर्बपतिहरुको विवरण सार्वजनिक गर्ने  पत्रिका फोर्ब्सका अनुसार यस वर्ष अर्बपतिहरुको सूचीमा पनि अमेरिका अगाडि देखिएको छ । जसअनुसार त्यहाँ सात सय ३५ जना अर्बपति छन् । उनीहरुको कुल सम्पत्ति चार दशमलव पाँच ट्रिलियन डलर पुगेको छ । जसमा बिल गेट्स, एलन मस्क, जेफ बेजोस, मार्क जुकरबर्ग, ल्यारी पेज, सर्गेई ब्रिनलगायत अर्बपतिको सूचीमा अगाडि छन् ।  उता चीनमा पाँच सय ६२ जना अर्बपति रहेको बताइएको छ । धेरै अर्बपति भएको मुलुकमा चीन दोस्रो स्थानमा… पुरा पढौ