विचार/ब्लग

थाहा पाउनै पर्ने सूचनामा पहुँचको अधिकारको सुरक्षाले मात्र व्याप्त भ्रष्टाचारमा कमी ल्याउन सकिन्छ कि ?

ज्ञानको कुनै सीमा छैन । मानिसले थाहा पाउनु नपर्ने पो के छ र ? किनभने यो संसारको सबैभन्दा चलाख प्राणी जसले भाषाका आधारमा अरुले पनि बुझ्ने गरी कुरा गर्छ र आफ्नालागि मात्र नभएर सबैका लागि जानकारी तयार गर्छ, आफू पनि सुसूचित हुन्छ , आफूले जानेका कुराहरु सबैलाई जानकारी दिन्छ । र पनि सबैलाई सबैकुरा थाहा हुँदैन र सबैलाई जानकारी एकैपटक, एकैप्रकारका जानकारी दिन पनि सकिँदैन । सायद त्यही भएर सञ्चारका माध्यमको विकास भएका होलान्, अनि मानिसहरु ती माध्यमको भर परेर… पुरा पढौ

सूचनाको हक कार्यान्वयनमा स्थानीय तहको भूमिका

टंक बहदुर नेगी पृष्ठभूमिः सूचनाको हक लोकतन्त्रको जग हो। सूचनाको हक र लोकतन्त्रबीच माछा र पानीको सम्बन्ध छ भन्ने हामीले सुनेका छौ। राष्ट्रिय सूचना आयोगको पछिल्लो प्रतिवेदन अनुसार विभिन्न निकायहरूले सूचना उपलब्ध नगराएको भनी उक्त आयोगमा जम्मा ११७६ वटा उजुरीहरू परेका छन् भने त्यस मध्ये सबैभन्दा बढी प्रशासन र सञ्चार क्षेत्रमा जम्मा ८४६ वटा उजुरीहरू छन्। हालको दिनमा सूचनाको हक भ्रष्टाचार निवारण र सदाचार कायम गर्ने विषयसङ जोडिएर हेर्ने गरिन्छ। जनमत बमोजिम नेपालको संविधान, २०७२ जारी भएपछि राज्यले कोल्टे फेरेकै… पुरा पढौ

कमाउँदा पुँजी बजार जति सुन्दर छ, गुमाउँदा त्यतिनै क्रूर निर्मम पनि छः

एसपी चौलागाई २०३८ सालमा सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर– ४ लक्ष्मी डाँडामा जन्मिएका शिवप्रसाद (एसपी) चौलागाई बाल्यकालमा सिर्जना र साहित्यतिर रुची राख्दथे । प्रगतिशील मावि बोहोरे टार रातमाटाबाट एसएलसी उत्र्तिण गरेका उनले सुनकोशी कलेजबाट ‘प्लास ट’ू पास गरी २०५८ सालमा उच्च शिक्षा अध्ययनको लागि काठमाडौं आएका थिए । उनले माष्टर डीग्रीसम्मको अध्ययन गरेका छन् । काठमाडौं भित्र्दै गर्दा पत्रकारिता र सरकारी जागिरे जीवन बिताउछु भन्ने मनोभाव लिएका उनले २०५८ देखिनै व्यवसायिक दैनिकी बिताउन थाले । ३ दिदी र एक दाजुको… पुरा पढौ

सपनामा सीमित बनाइएको जनता केन्द्रित लोकतन्त्र

रघुनाथ अधिकारी ‘निलमशेखर’ आचारका विख्यात गुरु तथा दार्शनिक कन्फ्युसियसलाई एकपटक उनका शिष्य त्सेकुङ्गले सरकार चलाउन नभै नहुने तीन वटा आधारभूत तत्त्व के होलान् भनी गरेको प्रश्नमा कन्फ्युसियसको जवाफ थियो ‘पर्‍याप्त अन्न, पर्‍याप्त हतियार र जनविश्वास।’ फेरि शिष्यले थप प्रश्न गरे ‘तीनवटा चिज प्राप्त हुन नसक्ने अवस्था भएमा सो मध्ये कुनै एउटालाई त्यागिदिनु पर्यो भने हजुरले कुन चिज छोड्नु हुन्छ?’ कन्फ्युसियसले जवाफ दिन्छन् ‘हतियार लाई’। त्यस पछि पुन: शिष्यले प्रश्न गर्छन् ‘बाँकी २ चिजमा फेरि अर्को चिज छोडीदिनुपरेमा ?’ पुन: कन्फ्युसियस… पुरा पढौ

समाजवादको निर्माण चुनौतीपूर्ण छ तर सम्भव छ

सरोज भट्टराई विगत ३० वर्ष र त्यसपूर्वको ३० मा हामीले राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सकेनौँ । नेपालको अर्थतन्त्र प्रकटित तथा अप्रकटित विदेशी व्यापारी र माफियाको नियन्त्रणमा क्रमश भ्रष्ट अर्थतन्त्रतर्फ अग्रसर रह्यो । नवउदारवादका नाममा निजीकरणको रोगबाट नेपाली अर्थतन्त्र झन् रुग्न बन्दै गयो । अहिले यो विदेशमा श्रम बेची विदेशी वस्तु उपभोग गर्ने उपभोक्तावादी अर्थतन्त्रमा रूपान्तरित भइसकेको छ । वर्तमान लोकतन्त्र र त्यसका अवयवहरू यही भ्रष्ट अर्थतन्त्रका औसाका रूपमा पालित पोषित छन् । अत: उनीहरूबाट नेपाली अर्थतन्त्रको विकास, भौतिक संरचनाको निर्माण,… पुरा पढौ

‘पारदर्शिता र खुल्लापनका लागि सूचनाको हक अपरिहार्य’

टेकराज भण्डारी सुशासन, पारदर्शिता र खुल्लापनका लागि सूचनाको हक अपरिहार्य रहेको राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले बताउनुभएको छ । अछामको मंगलसैनमा भएको सूचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले सुसूचित समाज निर्माणका लागि सूचना लिने र दिने कार्यले सुशासन, पारदर्शीता र खुल्लापनको प्रत्याभूति हुने बताउनुभयो । राष्ट्रपति कार्यालयदेखि सबै स्थानीय कार्यालय तथा सार्वजनिक निकायमा सबै सर्वसाधारण नागरिकले सूचना माग्न पाउने अधिकार भएकाले दूर दराजका आम सर्वसाधारण नागरिकका लागि आफ्ना आफ्ना आधारभूत आवश्यकता जान्न चाहेको खण्डमा उनीहरूलाई सहज रुपमा सूचना… पुरा पढौ

हामीलाई कस्तो खुसी चाहिन्छ?

मानिसले सबैभन्दा बढी चाहेको कुरा के हो भनेर सोधेमा प्राय: सबैको उत्तर आउँछ, खुसी। मानिसले धेरै अघिदेखि खोजेको र अझै पनि पूर्ण रूपमा पाउन नसकेको चिज खुसी नै हो। खुसीको बारेमा मानिसले धेरै सोचे, विचारे तर अझै पनि मानिस निर्क्यौलमा पुगेका छैनन् आखिर यो खुसी भनेको हो के? खुसी सम्बन्धमा ग्रीसेली दार्शनिक अरस्तुले सर्वप्रथम दर्शन नै स्थापित गरिदिएका छन्। उनका अनुसार खुसी भनेको असल मानिस हुनु हो। मानिस कसैको दासत्वमा नपरीकन स्वाभिमानपूर्वक बाँच्‍न पाउनुलाई उनी खुसी मान्दथे। त्यसैले, खुसी एउटा… पुरा पढौ

हाम्रो समाज कता जाँदैछ?

हाम्रो समाजमा नयाँनयाँ विकृति देखिन थालेका छन्। यस्ता विकृतिले जरा गाड्दै गएका छन्। त्यसैले समाज विविध समस्याले जकडिएको छ। समाज कुनै बेला अभावमा थियो। यहाँ त्यही अभाव पूरा गर्ने निहुँमा विकृति फैलँदै गएको हो। यसलाई बेलैमा रोक्न आवश्यक छ। सामाजिक विकृति रोक्न हामी आफैँ सजग हुनुपर्छ। नेताले मात्र यहाँ केही गर्न सक्दैनन्। समाज जस्तो छ नेता पनि त्यस्तै आउने हुन्। जोसँग पैसा हुन्छ ऊ नै ठूलो मानिस भन्ने चलन छ। त्यस्ता व्यक्तिको अथाह पैसा कहाँबाट कसरी आयो खोजीमा कोही हुँदैन।… पुरा पढौ

सदाचारबाट आदर्श समाज

हामी पूर्वीय दर्शनमा धेरै विश्वास गर्छौँ । ‘नीतिले कमाऊ, रीतिले बाँच र प्रीतिले बाँच्न देऊ’ पूर्वीय दर्शनको मूल मान्यता हो । यस्ता नीति, दर्शनहरु हिजोआज व्यवहारमा देखिन छोडेको छ । मानिसमा हुनुपर्ने प्रमुख गुण भनौँ सम्पति भनेकै नैतिकता, सदाचार र इमान्दारिता नै हो । यसैबाट सामाजिक, आर्थिक, राजनैतिक जीवन शुद्ध हुन्छ र यस्तै समाजले देशको समग्र चरित्र चित्रण हुने गर्छ । हाम्रो मुलुकले सदाचार, नैतिकता, इमान्दारिता र सुशासनको नारा लिएको वर्षौँ भइसक्यो । तर सदाचारको उल्टो भ्रष्टाचार घट्नुको सट्टा बढेको… पुरा पढौ