विचार/ब्लग

सूचना अभियान्ता अंगराज भारतीको नेतृत्वमा गभर्नरको घर घेर्ने तयारी

नेपाल राष्ट्र बैंक ले कुनै बैंक संग जरिवाना लिने र कुनै बैंक संग जरिवाना नलिएको कारण देशमा रोजगार सिर्जना हुन् सकेन l जबकी बैंक ले नीति अनुसार लगानी गरेमा रोजगारी सिर्जना हुन्थ्यो तर यो भएन l तसर्थ ३२ गते सम्म जरिवाना नउठाएमा पत्रकार सम्मेलन गर्ने र गभर्नर निवासमा धर्ना लगायत का कार्यक्रमा गरेर अभियान अगाडी बढाउने उहाले बताउनुभयो l रास्ट्र बैंक को तोकिएको निर्देशन नमान्ने बैंक बाट जरिवाना नउठाउनुको कारण गभर्नरको कमाउ धन्दा हो कि भन्ने आशंका लागेको हुँदा अबको… पुरा पढौ

८ लाख सुपारी दिएर काका हत्याको आरोपमा भतिज पक्राउ

पर्सामा भतिजले सुपारी दिएर काकासहित दुई जनाको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१५ भिष्वाका ३२ वर्षीय सन्तोषप्रसाद कुम्हार, भिष्वाकै ३३ वर्षीय लक्ष्मणकुमार पण्डित प्रजापति र पर्साको जगरनाथपुर गाउँपालिका–५ का धर्मपुरका ४५ वर्षीय महादेव महतो छन् । उनीहरूलाई विभिन्न मितिमा पक्राउ गरी पर्सा प्रहरीले बुधबार सार्वजनिक गरेको हो । २९ जेठमा पर्साको जगरनाथपुर गाउँपालिका–१ बिसुनपूर्वा टोलस्थित ओरिया खोला किनारको नेपाल भारत सीमा दशगजाभन्दा ८० मिटर नेपालतर्फ दुई वटा शव भेटिएका थिए । शवको… पुरा पढौ

सूचनाको हक लागू गर्नै समस्या

राजधानी काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा सूचना माग्न गएका चार अभियन्तालाई ३ असारमा प्रहरीले पक्राउ गरी हिरासतमा राख्यो । नगरपालिकामा अनियमितता भएको भनी सूचनाको हकसम्बन्धी कानुन प्रयोग गर्दै त्यससम्बन्धी सूचना माग्न पुगेका उनीहरूलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ काठमाडौँका सदस्य अस्मिता खत्री, महासङ्घकै गोकर्णेश्वर नगरपालिकाका नगर समिति संयोजक आदर्श क्षेत्री, सूचनाको हकका अभियन्ता राजु सुनार र प्रेम श्रेष्ठ त्यस दिन सूचना माग्न नगरपालिका पुग्नुभएको थियो । सूचना माग गर्ने अभियन्तालाई सूचना दिनुको… पुरा पढौ

सूचना अधिकारीका दुःख- जिम्मेवारी दोहोरो, सुविधा एकोहोरो

‘हाम्रो मुख्य जिम्मेवारी छुट्टै हुन्छ, त्यो जिम्मेवारी पूरा गर्नु पर्यो नै । यसको साथसाथै सूचना अधिकारीको काम पनि गर्नु पर्ने तर थप काम गरेवापत कुनै प्रोत्साहन छैन ।’ बाजुराको बुढीगंगा नगरपालिकाका सूचना अधिकारी विष्णु प्रसाद जैशीको भनाइ हो यो । उनी गाउँपालिकामा जनस्वास्थ्य निरीक्षक पदमा कार्यरत छन् । उनलाई प्रमुख प्रशासकीय अधिकृतले सूचना अधिकारीको जिम्मेवारी पनि दिएका छन् । सूचना अधिकारीको काम निकै झण्झटिलो भएको उनी बताउँछन् । ‘यसका लागि छुट्टै कर्मचारी आवश्यक पर्ने हो, प्रत्येक स्थानीय तहमा सूचना अधिकारीको… पुरा पढौ

नागरिक सचेतना, कर्तव्य र दायित्व

सचेतना(Conscience) सचेतनाको सामान्य अर्थ बुझाई एवं जागरुकता हो । कुनै विषय बुझ्ने, ग्रहण गर्ने र ठीकरबेठीक, राम्रोरनराम्रो छुट्टाउने मानिसको ज्ञान तर्क र विवेकको समग्रता सचेतना हो । सचेतना व्यक्तिको आफू, परिवार, समाज, राष्ट्रसँग जोडिएका विषयप्रतिको बुझाई हो । सचेतना हरेक विकृति, विसंगति तथा खराब कुराप्रति व्यक्तिलाई सचेत बनाउँदै असल कुरा तथा हित अभिबृद्धि गर्ने माध्यम हो । “Conscience is a cognitive process that elicits emotion and rational associations based on an individual’s moral philosophy or value system” – WIKIPEDIA समग्रमा,… पुरा पढौ

सूचनाको हक, “Oxygen of Democracy”

शक्तिको स्रोत मानिने सूचनाको हक कार्यान्वयनका सन्दर्भमा नेपालमा देखिएका समस्याहरू के–के हुन् ? सूचनाको हकलाई प्रभावकारी बनाउन के, कस्ता उपायहरू अवलम्बन गर्नु पर्दछ ? “Oxygen of Democracy” सार्वजनिक सरोकारको विषयमा सूचना माग गर्ने, प्राप्त गर्ने र प्रकाशन गर्ने नागरिकको मौलिक अधिकारलाई सूचनाको हक भनिन्छ । मौलिक हकको पनि हक र निरपेक्ष समानताको हकसमेत भनेर चिनिने सूचनाको हक सुशासनको महत्त्वपूर्ण अवयव हो । नेपालको संविधानको धारा २७ मा मौलिक हकको रूपमा उल्लिखित सूचनाको हकसम्बन्धी ऐन ०६४ मा र नियमावली ०६५ मा… पुरा पढौ

गोदावरीका मेयर र उपमेयरविरुद्ध ५ वटा भ्रष्टाचार मुद्दा, एक अर्बको बिगो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको लेले र नल्लुमा सञ्चालित ढुंगाखानी र क्रसर उद्योगहरुबाट राजस्व नउठाई भ्रष्टाचार गरेको भन्दै गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारी लगायत १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भ्रष्टाचारको आरोप लाग्नेमा मेयर उपमेयरसहित ८ जना कर्मचारी, ७ जना खानी सञ्चालक छन् । अख्तियारले ती सञ्चालक आवद्ध रहेका ७ वटा कम्पनीविरुद्ध पनि मुद्दा चलाएको छ । मेयर गजेन्द्र महर्जन अख्तियारले उठाउनुपर्ने जति राजस्व नउठाएको, राजस्व छुट दिएको अनि भ्याट नउठाएको भन्दै एक अर्ब… पुरा पढौ

सूचनाको हकमा स्थानीय तहको बास्तबिक चित्रण

सूचनाको हकको लागि राष्ट्रिय महासंघले ७५३ स्थानीय तहमा सूचना माग गरेको दाबि सहित संस्थाका उपाध्यक्ष तारा भण्डारीले रातो पाटीमा लेख लेख्नुभएको छ उहाको लेख रातोपाटि बाट साभार गरेर जस्ताको तस्तै राखेका छौ फोटो पनि त्यहि राखेका छौ l उहाको लेख रातोपाटिमा छापिएको जस्ताको तस्तै देशभरका वडाध्यक्षले मोटरसाइकल खरिद, मर्मत र इन्धनमा कति खर्च गर्छन् ? वडाध्यक्षका लागि भनेर खरिद गर्ने मोटरसाइकल, त्यसको मर्मत र इन्धन खर्चको अवस्था के कस्तो छ भनी अध्ययन गर्ने उद्देश्यले सूचनाको हक प्रयोग गरी ७५३ वटै… पुरा पढौ

सबै विद्यालयलाई सूचना अधिकारी तोक्न काठमाडौँ महानगरको निर्देशन

काठमाडौँ महानगरपालिकाले यही जेठ १४ गतेभित्र काठमाडौँ उपत्यकामा सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई सूचना अधिकारी तोक्न आग्रह निर्देशन दिएको छ ।  महानगरपालिकाको सञ्चार तथा सूचना ऐन, २०८० बमोजिम कामपाले यही जेठ १४ गतेभित्र सूचना अधिकारी तोकेर महानगरपालिकालाई जानकारी गराउन निर्देशन पनि दिएको छ । महानगरपालिकाको शिक्षा विभागप्रमुख गोविन्दप्रसाद शर्माका अनुसार कामपाले यसअघि पनि शैक्षिक सङ्घसंस्थालाई सूचना अधिकारी तोकेर विभागमा पठाउन आग्रह गरेको तर कामपाको आग्रहअनुसार केही विद्यालयले मात्र सूचना अधिकारी तोकेको जानकारी प्राप्त भएकाले पुनः निर्देशन दिइएको हो ।… पुरा पढौ

सूचनाको हकको सान्दर्भिकता

मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १९ ले अभिव्यक्ति र सूचनाको अधिकारलाई नैसर्गिक अधिकार मानेको छ । नेपालको वर्तमान संविधानको धारा २७ मा सूचना हकको व्यवस्था गरिएको छ । सूचनाको हकसम्बन्धी संवैधानिक व्यवस्थाको अभ्यास, प्रचलन र नियमनका लागि मुलुकमा सूचना हकसम्बन्धी ऐन, २०६४ र सूचना हकसम्बन्धी नियमावली, २०६५ जारी गरी लागू भएका छन् । कुनै सूचना प्राप्त गर्न चाहने नेपाली नागरिकले त्यस्तो सूचना प्राप्त गर्नुपर्ने कारण खुलाई सम्बन्धित सूचना अधिकारीसमक्ष निवेदन दिनुपर्छ । सूचना दिलाई पाऊँ भनी कुनै नेपाली नागरिकको निवेदन प्राप्त भएपछि… पुरा पढौ