कर्मचारी आफूलाई सेवक भन्दा पनि मालिक ठान्छन्
(निजामती सेवामा लामो सयम बिताएका मैनाली हक्की, निडर र स्वच्छ छविको परिचय छोडेर अवकाश भएका थिए । विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी र अध्यागमन विभागको महानिर्देशकसमेतको जिम्मेवारी उनले सम्हालेका थिए । सचिव बढुवा भएपछि भने उनले क्षेत्रीय प्रशासक, वातावरण र गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए । गृह सचिव रहँदा मैनालीले सूत्र तथा सुराकी परिचालन बापत प्राप्त हुने सुविधा रकमलाई महालेखापरीक्षकको कार्यालयबाट गोप्य रूपमा अडिट गराएको दावी गरेका छन । पछिल्लो पटक मैनालीले छ वर्ष लोक सेवा आयोगको अध्यक्ष…
पुरा पढौ
अर्थ मन्त्रालयले खर्च कटौति गर्न पठाएको १४ बुँदे परिपत्रको मजाक उडाउदै सडक बिभाग
सरकारी राजस्व लक्ष्य अनुसार नउठेको भन्दै अर्थ मन्त्रालयले तालिम, गोष्ठी, सेमिनारको बजेट कटौती गरेको छ । २०७९ माघ १७ गते मन्त्रालयले सबै मन्त्रालयहरू, संवैधानिक निकाय र सरकारी संघ–संस्थाहरूमा पत्राचार गरे पनि भौतिक मन्त्रालय मातहतको सडक विभागले भने त्यसलाई परिपालना नगरी अटेरी अघिल्लो हप्ता सम्पन्न भएको कार्यक्रमले पुष्टि गरेको छ । यसरी अर्थ मन्त्रालयले खर्च कटौति गर्न पठाएको १४ बुँदे परिपत्रको एक नम्बरमै तालिम, गोष्ठी र सेमिनार नगर्न भनिए पनि मन्त्रालयले सुनुवाइ नगरेको पाइएको छ । विभागस्रोतका अनुसार सडक विभागले वार्षिक…
पुरा पढौ
बृद्धाश्रम सहयोग समिती द्धारा १ लाख सहयोग
देशमा थुप्रै संघ संस्था रहेपनि ति संस्थाले जनचाहना अनुसार काम नगर्दा खासै संस्था भएको अनुभति आम नागरिकले गर्न सकिरहेका छैनन् र पनि केहि संस्थाहरु मनबाटै काम गरिरहेका छन् यहि शिलशिलामा सूचनाकोहकका संचालक दीपक आचार्यले दुइ संस्थाहरुलाई जोड्ने काम गर्नुभएको छ २०५४ सालमा स्थापित कर्णालीको प्रशान्ति वृद्धाश्रम र युबा हरुद्वारा संचालित वृद्धाश्रम सहयोग समिति बीच चिनजान परिचय गराई सहयोग लिने दिने बातावरण उहाले तयार गरिदिनुभयो यहि शिलशिलामा उहाको पहलमा बृद्धाश्रम सहयोग समितीले कणार्ली प्रदेशको सुर्खेतमा रहेको प्रशान्ती बृद्धाश्रममा एक लाख अक्षयकोष…
पुरा पढौ
मुलुक भित्र खासै कर नतिर्ने बिनोद चौधरी लगाएत अमेरिकामा सात सय, चीनमा साढे पाँच सय अर्बपति
विश्वमा सबैभन्दा धेरै अर्बपति अमेरिकामा छन् । अर्बपतिहरुको विवरण सार्वजनिक गर्ने पत्रिका फोर्ब्सका अनुसार यस वर्ष अर्बपतिहरुको सूचीमा पनि अमेरिका अगाडि देखिएको छ । जसअनुसार त्यहाँ सात सय ३५ जना अर्बपति छन् । उनीहरुको कुल सम्पत्ति चार दशमलव पाँच ट्रिलियन डलर पुगेको छ । जसमा बिल गेट्स, एलन मस्क, जेफ बेजोस, मार्क जुकरबर्ग, ल्यारी पेज, सर्गेई ब्रिनलगायत अर्बपतिको सूचीमा अगाडि छन् । उता चीनमा पाँच सय ६२ जना अर्बपति रहेको बताइएको छ । धेरै अर्बपति भएको मुलुकमा चीन दोस्रो स्थानमा…
पुरा पढौ
लिएको २ लाख तिर्नुपर्ने ६२ लाख !
सागर चन्द २ लाख रुपैयाँ लिएर ६२ लाख रुपैयाँ ऋण थाप्लोमा बोकेर हिँडिरहेका रामसागर वातकले आफ्नो व्यथा सुनाउँदै गर्दा शान्तिवाटिकामा सरकारी वार्ता टोली मिटरब्याज पीडितसंग परिचय गर्दै थियो । शान्तिवाटिकालाई आफ्नो मुकाम बनाएर मिटरब्याज पीडित काठमाडौंमा आन्दोलित भएको ६ दिनपछि सरकारी वार्ता टोली आइतबार पीडित पक्षको वार्ता टोलीको नाम ठेगाना सोध्न आइपुगेको थियो । राज्य सञ्चालनका केन्द्रहरु सिंहदरबार, बालुवाटार र बानेश्वरमा क्षेत्रमा २० चैतदेखि आफ्नो पीडा सुनाइरहेका पीडितसंग परिचय गर्न भनेर गृहमन्त्रालयका सहसचिव प्रदिप कोइरालाको टोली शान्तिवाटिका पुग्यो । ‘आज…
पुरा पढौ
सूचनाको हक र पारदर्शिता बीचको अन्तरसम्बन्ध
सूचनाको हक र पारदर्शिता एक अर्काका परिपूरक र अन्तरसम्बन्धित विषय हुन् । यी दुई बीचको अन्तरसम्बन्धलाई देहायानुसार प्रस्तुत गर्न सकिन्छ - १) सूचनाको हकले: - सार्वजनिक अधिकारीलाई सूचनाको नियमित सार्वजनिकरण गर्न र नागरिकले नियमपूर्वक मागेको सूचना दिन बाध्य बनाएर , - नागरिकको सूचना माथिको पहुँच सुनिश्चित गरेर , - सूचनाको सहज प्रवाहका लागि प्रवत्ता तथा सूचना अधिकारीको व्यवस्था गरेर , - सूचनादाता ( whistle blower ) को संरक्षण गरेर , सरकारी निकायहरूमा पारदर्शिता सूनिश्चित गर्छ । २) पारदर्शिताले : -…
पुरा पढौ
अभियन्ता भन्छन्, ‘सूचनाको हकको प्रयोगकर्ता न्यून छन्’
विकृतिको विरुद्धको अभियान भएकाले सूचनाको हक पाउने अभियानमा सबै नागरिकलाई जुट्न राष्ट्रिय सूचना आयोगले आह्वान गरिरहेको छ । सूचना माग्न नागरिकलाई प्रेरित गर्नको लागि आयोगले सूचना मागकर्तालाई सम्मान र पुरस्कृत पनि गरिरहेको छ l आयोगले बिभिन्न स्थानमा आयोजना गरेको सूचनाको हकसम्बन्धी अन्तरक्रियामा आयोगका प्रमुख आयुक्त तथा सूचना आयुक्तले आफ्नो प्रस्तुतिमा पनि यस्तो आग्रह गरिरहेका हुन्छन । प्रमाणको आधारमा सार्वजनिक निकायलाई जवाफदेही र जिम्मेवार बनाउन नागरिक खबरदारी गर्ने उपयुक्त औजार सूचनाको हक भएको अभियन्ता दीपक आचार्य निरन्तर बताइरहनुहुन्छ । यद्यपि यो…
पुरा पढौ
कागेश्वरी मनोहरामा मृत्युपश्चात ४२ जनाको अङ्गदान घोषणा
कागेश्वरी मनोहरा नगरपालिकामा ४२ जनाले मृत्युपश्चात अङ्गदान घोषणा गरेका छन् । थलीमा भएको कार्यक्रममा मृत्युपश्चात पनि आफ्नो शरीरका विभिन्न अङ्ग अन्य आवश्यक परेका व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न मिल्ने भएपछि ४२ जनाले मृत्यु पश्चात अङ्ग र २३ जनाले आँखा दान दिने भएका हुन् । नगरपालिकाको व्यवस्थापन, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाको आयोजनामा ‘स्वस्थ जीवन रक्तदान, मृत्यु पश्चात अङ्गदान घोषणा’ कार्यक्रम सम्पन्न भएको हो । सोही कार्यक्रममा नगर प्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता…
पुरा पढौ
सेतीमा कर्मचारी छनौटमा चलखेल भइरहेको प्रति सदस्य भट्टले गराए मेसुको ध्यानाकर्षण
सेती प्रादेशिक अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी छनौटमा व्यापक चलखेल भइरहेको आरोप लागेको छ । प्रादेशिक अस्पतालले चिकित्सक, नर्सिङ कर्मचारी, अहेव, अनमी, ल्याब टेक्निसियिन लगायतको पदपूर्ति गर्ने भन्दै ७१ जनाका लागि विज्ञापन आह्वान गरेकोमा भर्ना प्रक्रियामा चलखेल भइरहेको आरोप लागेको हो। ६ चैतमा अस्पताल प्रशासनले ७ दिने सार्वजनिक सूचना जारी गर्दै ८ जना नवौँ तहका विशेषज्ञ चिकित्सक, ६ जना मेडिकल अधिकृत, ३५ जना स्टाफ नर्ससहितका ७१ जनाका लागि दरखास्त माग गरेको थियो। सबै पदमा एक हजार ८३ जनाले आवेदन दिएका छन्।…
पुरा पढौ
पञ्जीकरणमा करोडौंको खेल
देशमा आर्थिक संकट गहिरिएको छ । तर, केही कर्मचारीहरु भने विदेशबाट ऋण लिएर भएपनि कमिसन खाने धन्दामा सक्रिय छन् । अचम्म यस्ता योजना सहजै पास पनि हुन्छन् । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा लक्षित वर्गमा पु¥याउन एकीकृत लगत परियोजना अघि बढाएको छ । जुन देशको लागि भन्दा केही कर्मचारीको स्वार्थमा ल्याउन लागिएको स्रोत बताउँछ । विश्व बैंकको ऋण सहयोगमा यो कार्यक्रम सुरु हुन लागेको हो । यसले सामाजिक सुरक्षाको दोहोरोपन अन्त्य हुने दाबी गरिएको छ…
पुरा पढौ