सुशासन भनेको के हो ?
सुशासन त्यो शासकीय पद्धति हो जसले न्याय र शान्तिमा (Justice and Peace) आधारित शासकीय प्रणाली प्रतिवद्द सरकारको वकालत गर्दछ जसअनुरुप नागरिक अधिकार र स्वतन्त्रताको प्रवर्धन / रक्षा (Human Rights and Civil Liberties) सम्भब छ । राज्यको हरेक संयन्त्रलाई जनमुखी बनाई जनताको आवश्यकता अनुसार सेवा प्रवाह गर्नु तथा राज्य प्रणालीमा सरोकारवालाहरूको सक्रिय एवं सार्थक सहभागिता गराई राज्यले नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरू छिटो छरितो सरल एवं न्यायिक रुपमा उपलब्ध गराई आम नागरिकलाई शासनको सुखद अनुभुति दिलाउनुलाई नै सुशासन भनिन्छ ।…
पुरा पढौ
सूचनाको हक कार्यान्वयन गरौं
नेपालमा सूचनाको हकको कानुन लागु भएको डेढ दशक भइसकेको छ । र पनी कार्यन्वयन हुन सकीरहेको छैन सरकारी कार्यलय वाहेकका सार्वजनिक निकायमा त सूचनाको हक कुन चराको नाम हो भनी सोध्नु परेको अवस्था छ । राजनितिक दल हरुले यसलाइ पुर्ण रुपमा वेवास्ता गरेको पाइन्छ । सामान्य सुचना अधिकारी मात्र तोकेको पनी हामी पाँउदैनौ । यस्तो अवस्थामा सूचना अभियन्ता हरुले देशव्यापी रुपमा कार्यक्रम हरु गरीरहेका छन जसवाट जर्वजस्त सूचनाको हक कार्यन्वयन मा बल पुगेको छ ।सरकारी कर्मचारी को तलव वढ्ने वित्तिकै…
पुरा पढौ
सूचनाको हक किन ?
वि स १९५५ साल देखि आधिकारीक रुपमा शुरु भएको मिडिया १३३ बर्ष पुगिसक्दा कछुवाको चालमा दगुरिरहेको अवस्थामा छ । आम नागरिक र मिडिया बिच जस्तो सम्बन्ध रहनुुपर्ने हो त्यो हुन सकेन । सिमित ब्यक्तिहरुको वरिपरी मात्र मिडिया रह्यो अझ भन्नुपर्दा राजनैतिक ब्यक्तिहरुको हातमा मिडिया रह्यो । जनतासम्म पुग्नुपर्ने सुचना नेताको भाषण जस्तो रह्यो । आम नागरिकले मिडियाका समाचार प्रति एकैपटकमा बिस्वास गर्न नसक्ने अवस्थाबाट वर्तमान गुज्रिरहेको छ । ग्यास,तेलमा कालोबजारी भइरहेको छ । तर आम नागरिकले यसलाइ मिडियाको सहयोगमा उजागर…
पुरा पढौ
सूचना समाज
छोटकरीमा भन्नुपर्दा सुचनाको सृजन, वितरण, उपयोग, एकिकरण वा यो सम्वन्धी कामहरु जुन समाजमा आर्थिक, राजनैतिक र साँस्कृतिक कृयाकलाप वन्छ त्यो समाजलाइ सुचना समाज भनिन्छ ।सुचना समाज को व्याख्या विभिन्न समयमा विभिन्न समाज वैज्ञानिक हरुले आ–आफ्नै हिसावले गरीरहेका छन । विस्वमा सन १९६२ मा यसको आहट सुनिएको थियो । डेनियल वेलको पोस्ट इन्डस्ट्रिएल सोसाईटी सम्वन्धी लेखनमा सुचना समाज सम्वन्धी देखिएको झल्को नै पहिलो झल्कोको रुपमा आज विस्वले मान्यता पाएको छ । तर ९० को दशक पछि मात्र सुचना समाज विस्वव्यापी रुपमा…
पुरा पढौ
सूचनाको हक र सार्वजनिक निकायको दायित्व
सूचना भन्नाले सङ्केतहरूको समूह हो, जसलाई सन्देशको रूपमा व्याख्या गर्न सकिन्छ। सूचनालाई सङ्केतको रूपमा अभिलेख राख्न वा सन्देशको रूपमा सञ्चार गर्न सकिन्छ। सूचना कुनै खास परिस्थिति वा अवस्थाको बारेमा कुनै स्रोतबाट प्राप्त वा सञ्चार गरिएको ज्ञानलाई बुझिन्छ। यो एउटा प्रश्नको उत्तर हो। सूचनाले कुनै विषयको बारेमा अज्ञानता वा अनिश्चितता हटाउन मद्दत गर्दछ। सार्वजनिक प्रशासनको क्षेत्रमा सूचना भनेको सार्वजनिक निकायबाट सम्पादन हुने वा भएको सार्वजनिक महत्वको काम, तत्सम्बन्धी कामकारवाइ वा निर्णयसँग सम्बन्धित कुनै लिखत, सामाग्री वा जानकारी हो। सूचनाको हक भन्नाले सार्वजनिक…
पुरा पढौ
सफलता प्राप्त गर्न त्याग्नुपर्ने ५ बानी
१.असफलता देखी डराउने सफलता सधैँ हात लाग्दैन । असफलता त पाइलैपिच्छे भेटिन्छ । असफलता नै धेरै समय आफूसँग रहन्छ भने किन यो देखि डराउने । त्यसैले असफलतासँग डराएर दिमागमा यसलाई हावी हुन दिने होइन, सानो असफलता आइलाग्दा आफूले कुनै बेला प्राप्त गरेको सफलता सम्झिएर त्यसलाई पचाउने प्रयास गर्नुपर्छ । २. प्राथमिकताकाे क्रम हामीले जीवनमा ठूलो गल्ती यहीँनेर गर्छौं । आफ्नो तत्कालिन जरुरीलाई वास्ता गरिरहेका हुँदैनौँ । दिमागलाई आफ्नो सबैभन्दा जरुरी कुरालाई सूचिकृत गर्ने बानी बसाइएन भने यसले पनि कुन जरुरी…
पुरा पढौ
लोकतन्त्रमा सूचनाको हक : अवसर र हाँक
थाहा अर्थात् सूचना र ज्ञानले मानिसलाई मानवअधिकार, समानता, सामाजिक न्याय, लोकतन्त्र आदि विभिन्न मानवीय गुण र गरिमायुक्त वातावरणमा बाँच्ने अवसर प्रदान गर्छ भने थाहाको अभावले मानिसलाई दुःख निराशा, शोषण, दमन, द्वन्द्व, हिंसा र युद्धतिर समेत डोर्याउँछ । यसैले थाहाको महत्वलाई प्रचिनकालका दार्शनिकदेखि अहिलेका मानवअधिकारवादीहरूले पनि बुझ्ने र मानिसको मूल अधिकारको रूपमा थाहा पाउने अधिकारलाई लागू गर्ने प्रयास गरिरहेका छन् । 'राजाले गल्ती गर्दैन' भन्ने बेलायती भनाइ त्यस बेला सुरु भयो जुन बेला त्यहाँ संवैधानिक राजतन्त्र र प्रतिनिधिमूलक प्रजातान्त्रिक व्यवस्था (संसदीय)…
पुरा पढौ
फुच्चे घुस्याहा र म लाचार जन्तु 
'ओइ आज कम्पनिबाट मलाइ फोन आयो यार, भ्याकेन्सी छ, आउने हो? भन्दै थियो' मैले खुशी हूँदै भने। 'ल बधाई छ ब्रो, पार्टी खान पाइने भो' सबैले बधाई दिए। 'यार तर एउटा प्रब्लम आइपर्यो, पासपोर्टमा प्रोफेसन चेन्ज गर्नुपर्छ रे, कृषि प्रोफेसन भएकालाइ कम्पनिबाट भिसा निकाल्न मिल्दैन, चेन्ज गरेर पासपोर्ट पठा’भन्दैछ' 'ह्या टेन्सन नली, १ दिनैं चेन्ज हुन्छ परराष्ट्रमा, अलि अस्ति किस्न दाइले चेन्ज गरेर आका हुन' ---------- अँध्यारो भैसकेको थियो, राती नै काठमाडौँ हान्निउ कि जस्तो भको थियो, सुपर एक्साइटेड थिएँ म।…
पुरा पढौ
कल्पनाशक्ति : सफलताको द्वार
कल्पनाशक्ति सफलताको एक महत्त्वपूर्ण पक्ष हो । उच्च कल्पना शक्ति भए शिक्षा र अरू साधन केही नभए पनि सफलता पाउन सकिन्छ । याद राख्नुस्– राइट ब्रदर्सले उच्चशिक्षा हासिल गरेका थिएनन् तर उच्च कल्पना शक्ति प्रयोग गरी हवाइजहाज बनाउन सफल भएका थिए । यो कल्पनाशक्ति तपार्इं–हामीमा रहेसम्म शिक्षा होस्, नहोस्, धन पनि होस्, नहोस् तैपनि चाहेको कुरा प्राप्त गर्न सकिने कुरा सिद्ध भएको छ । कल्पनाशक्तिलाई अझै राम्ररी बुझ्न हाम्रो मनलाई कम्प्युटरको मोनिटरसित दाँजेर हेर्न सकिन्छ । मोनिटरमा देखापरेका चित्रलाई मात्र…
पुरा पढौ
कतै नलेखिएको कौशिकी र कौमदको त्यो अमर प्रेमकथा
प्रिय कौशिकी, उत्पत्तिको करोडौँ करोड वर्षपछि, एक दिन हाम्रो भेट भयो हाम्रो प्रेम भयो, जुन प्रेमको साक्षी थिए आकाशका ताराहरू वन, लता, कुसुम र कुमकुम लहराहरू त्यसयता अनेकौँ वर्षहरू बिते । वर्षहरू बित्नु मात्र अंकको खेल हो प्रिय, तर प्रेम सतरञ्ज होइन, हाततिज गन्नलाई यो त मनको निर्मल उपासना हो । प्रिय कौशिकी, म हाम्रो प्रेमको उपासनामा छु निरन्तर, निरन्तर, निरन्तर र, अरु करोडौँं करोड वर्ष म तिमीलाई प्रेम गरिरहनेछु । यो कथा सप्तकोसी नदीसँगको प्रेमकथा हो । कुनै बेला…
पुरा पढौ