राष्ट्रिय सूचना आयोग
सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले नेपाली नागरिकको सूचनाको हकको संरक्षण, सम्वर्द्धन र प्रचलन गर्नका लागि स्वतन्त्र राष्ट्रिय सूचना आयोग रहने व्यवस्था गरेको छ । आयोगमा प्रमुख सूचना आयुक्त र दुईजना सूचना आयुक्तहरू रहने व्यवस्था छ | यी पदाधिकारीहरुको नियुक्तिका लागि सभामुख अध्यक्ष, सूचना तथा प्रबिधि मन्त्री सदस्य र नेपाल पत्रकार महासंघका अध्यक्ष सदस्य भएको सिफारिस समिति गठन हुन्छ | सो समितिले सिफारिसमा प्रमुख सूचना आयुक्त र सूचना आयुक्तमा नेपाल सरकारले नियुक्ति गर्ने व्यवस्था छ । प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको पदावधि पाँच वर्षको…
पुरा पढौ
सूचनाको हक र सार्वजनिक निकायको दायित्व
सूचना भन्नाले सङ्केतहरूको समूह हो, जसलाई सन्देशको रूपमा व्याख्या गर्न सकिन्छ। सूचनालाई सङ्केतको रूपमा अभिलेख राख्न वा सन्देशको रूपमा सञ्चार गर्न सकिन्छ। सूचना कुनै खास परिस्थिति वा अवस्थाको बारेमा कुनै स्रोतबाट प्राप्त वा सञ्चार गरिएको ज्ञानलाई बुझिन्छ। यो एउटा प्रश्नको उत्तर हो। सूचनाले कुनै विषयको बारेमा अज्ञानता वा अनिश्चितता हटाउन मद्दत गर्दछ। सार्वजनिक प्रशासनको क्षेत्रमा सूचना भनेको सार्वजनिक निकायबाट सम्पादन हुने वा भएको सार्वजनिक महत्वको काम, तत्सम्बन्धी कामकारवाइ वा निर्णयसँग सम्बन्धित कुनै लिखत, सामाग्री वा जानकारी हो। सूचनाको हक भन्नाले सार्वजनिक…
पुरा पढौ
सार्वजनिक निकायमा सुशासन र जवाफदेहिता : एक अध्ययन
सुशासनको अर्थ र अबधारणा स्व सुशासन राज्यको राम्रो, असल र प्रतिष्ठित शासन प्रणाली हो । यस्तो शासन प्रणाली राज्यका तीनवटै अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सँगसँगै विकाससँग पनि सम्वन्धित हुन्छ । यसको अर्थ, राज्यका सम्पूर्ण गतिविधि र क्रियाकलाप सुशासनसँग सम्वन्धित हुन्छ । जनमुखी शासन, प्रभावकारी सार्वजनिक सेवा, कानुनी राज्य, आर्थिक तथा भौतिक समृद्धि, जवाफदेहीता, पारदर्शीता, नागरिक अधिकारको प्रत्याभूति, शान्ति सुव्यवस्था, सामाजिक प्रगति र सामाजिक एकीकरण नै सुशासन हो । भ्रष्टाचार, अनुत्तरदायी सरकार र मानव अधिकारको सम्मानको कमि जस्ता विशेषता भएको…
पुरा पढौ
सूचनाको हकको प्रचलनमा संचारकर्मीको भूमिका
नेपालको संविधानको धारा २७ मा प्रत्येक नेपाली नागरिकलाई आफ्नो र सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक छ । यो नागरिकको मौलिक हक हो । संविधानमा नागरिकलाई ३२ प्रकारका हकहरुको व्यवस्था गरिएको छ । तर सूचनाको अभाव, निरक्षरता, दुर्गम स्थानको बसाई, गरिवी र अभाव, सामाजिक संरचना जस्ता विविध कारणबाट आम नागरिकले आफूलाई प्राप्त सबै हकहरुको निर्वाध प्रचलन गर्न सकिरहेका छैनन् । यस स्थितिमा सरकारी र सार्वजनिक निकायमा रहेका सूचना संचारकर्मीहरुले नागरिकका हैसियतले हासिल गरी आम जनतामा पुग्ने…
पुरा पढौ
तथ्यांक वा मिथ्यांक ?
गास, बास र कपास जस्तै ‘सूचना तथा सञ्चार’ पनि आज हरेक मानिसको आधारभूत आवश्यकता जस्तै भइसकेको छ । एक्काईसौं शताब्दीसम्म आइपुग्दा नेपालले सूचना तथा सञ्चारको क्षेत्रमा ठूलो फड्को मारिसकेको छ । आज सायदै यस्ता हात र सायदै यस्ता घर होलान् जुन हातमा मोबाइल र जुन घरमा टेलिभिजन नहोला अनि कमै मात्र जनसंख्या यस्ता होलान् जो कम्प्युटर र इन्टरनेटका बारे अनभिज्ञ छन्। सञ्चारका यी विभिन्न स्वरूपबाट प्राय: जसो मानिसले सूचना पाइरहेका हुन्छन्। सत्यतथ्य सूचना पाउनु आम नागरिकको अधिकार हो। सूचनाको आवश्यकतालाई मध्यनजर राखी…
पुरा पढौ
सङ्घीय प्रणालीमा ‘सञ्चारसम्बन्धी हक’ मा हुनुपर्ने व्यवस्था
संविधानको अनुसूचीअनुसार सञ्चार क्षेत्रको कानुन तर्जुमा गर्न आमसञ्चारसम्बन्धी सङ्घीय ऐनको आवश्यकता छ । सो ऐनमा नै प्रदेश र स्थानीय तहका अधिकार क्षेत्रहरूको सीमा स्पष्ट गरी तदनुरुप प्रदेश र स्थानीय तहमा कानुन आवश्यक भएका क्षेत्र र तिनको सीमा निर्धारणको मापदण्ड हुनुपर्दछ । सञ्चारसँग सम्बन्धित अधिकार क्षेत्रको बाँडफाँडमा एकल अधिकार क्षेत्रका विषय कम छन् । सङ्घीय तहका लागि एकल अधिकारका क्षेत्र छन्– फ्रिक्वेन्स व्यवस्थापन, रेडियो, टेलिभिजन, अनलाइन व्यवस्थापन । तर, प्रदेश र स्थानीय तहका लागि स्पष्ट रुपमा एकल अधिकारको सूची छैन ।…
पुरा पढौ
सूचनाको हक, गोपनीयताको हक, राष्ट्रिय सुरक्षा र खुला सरकार
नेपालको संविधानको धारा २७ मा हरेक नेपाली नागरिकलाई सूचनाको हक हुने छ भनी मौलिक हकको प्रबन्ध छ । खुला तथ्याङ्कको उपलब्धताले सूचनाको हकलाई सुदृढ गर्दछ । सूचनाको हक ९च्ष्नजत तय क्ष्लायचmबतष्यल० र खुला तथ्याङ्क ९इउभल म्बतब० दुवैको आधारभूत लक्ष्य वा चाहना भनेको सार्वजनिक निकायहरूमा रहेका सूचनामा सर्वसाधारण नागरिकको पहुँचलाई अभिवृद्धि गरी पारदर्शिता र जवाफदेहितालाई प्रवद्र्धन गर्नु र सार्वजनिक जीवनका विविध सवाललाई अधिकतम खुलापन विकास गर्न सहजीकरण गर्नु हो । सार्वजनिक निकायहरूमा रहेका सम्पूर्ण विवरण र तथ्याङ्क नागरिककै करबाट निर्माण भएका…
पुरा पढौ
प्रकृतिमैत्री पूर्वाधार
यो सालको मनसुनी वर्षा सुरु हुनासाथ सिन्धुपाल्चोकको मेलम्ची बजार बगायो । त्यसको दुई हप्तापछि पुनः मेलम्ची र इन्द्रावतीमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको इन्टेक साइटलाई थप पाँच मिटर बाक्लो गेग्रानले पुरिदियो । अघिल्लो बाढीले नै १० मिटर पुरेको भनिएको थियो । मेलम्चीको प्रायः सबै बगरमा १०–१५ मिटर बाक्लो गेग्रान थुप्रियो र खोला बजारतिर पस्यो । मेलम्ची किनारका सयौँ रोपनी खेतीयोग्य जमिन र गाउँघरमा व्यापक क्षति पुग्यो । मनसुन सकिनै लाग्दा (भाद्र २० गते राति) काठमाडौँ उपत्यकामा परेको ‘आरिघोप्टे वर्षा’ ले…
पुरा पढौ
नेपाली कांग्रेसको चौधौ महाधिवेशन, नागरिक र देशको अपेक्षा
राजनैतिक पार्टीहरू मध्ये मुलुकको सबैभन्दा पुरानो र प्रजातान्त्रिक प्रणालीलाई आफ्नो प्राण मान्ने दल, मुलुकको हरेक प्रजातान्त्रिक आन्दोलनमा नेतृत्व गरेको र मुलुकलाई अगाडि बढाउने महत्त्वपूर्ण जिम्मेवारी लिएको नेपाली काँग्रेसले गर्ने आन्तरिक लोकतान्त्रिक अभ्यासले राष्ट्रिय राजनीतिमा छुटै महत्त्व राख्छ । पार्टीले विभिन्न बाधा अड्चन र कोभिड-१९ को महामारीको बिचमा पनि नेपाली काँग्रेसले आफ्नो चौधौँ नियमित महाधिवेशन सम्पन्न गरी व्यवहारमै लोकतन्त्र आत्मसात् गर्ने दलका रूपमा आफूलाई उभ्याउदैछ । राजनैतिक पार्टी सम्बन्धी कानुन एवम् नियमावलीको कारण महाधिवेशन गर्नुपर्ने बाध्यतालाई समेत पुरा गर्दै यही २०७८…
पुरा पढौ
किन मौलाउँदै छ हनी ट्रयापिङ ?
२१अैाँ शताव्दिको यो युगमा अपराधका नयाँ नयाँ शैली जन्मिरहेका छन। अपराधका ठ्याक्कै यति शैली वा किसिम छन भनेर निर्क्यौल गर्न सक्ने अवस्था छैन। यस्तै अपराधको नयाँ शैली मध्येको एउटा शैली हो “हनि ट्रयापिङ” । सुन्दर युवतिले माया प्रेमको नाटक गरि आफ्नो शारीरिक सौर्न्दर्यको बलमा यौनजन्य कार्यको लालच देखाई एकान्तमा बोलाएर पुरुषलाई लुटपाट गर्ने अपराधको नयाँ शैलीलाई हनि ट्रयापिङ भनिन्छ। यसमा युवतिले युवकलाई मायाको भाव देखाउदै पुरुषलाई आफ्नै नजिकको भएको अनुभव गराउछे। यसरि नजिक बनेको पुरुषलाई एकान्तमा बोलाउने , अश्लील हर्कत…
पुरा पढौ