बद्री केसीबिरुद्द परराष्ट्रमा उजुरी दर्ता
काठमाडौँ , गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ महाधिवेशनमा तत्कालीन कार्यकारी अध्यक्ष बद्री केसीले गरेको त्रुटिका सन्दर्भमा परराष्ट्र मन्त्रालयमा उजुरी परेको छ । केसी समुहले निर्वाचनमा धाँधली भएको सिआइवीले रिपोर्ट दिईसक्दा र स्पस्ट रुपमा धाँधली भएको देखिदा समेत पनि उनीहरु भेरोको साथ लिएर तेही निर्वाचनलाई मान्यता दिनतर्फ लागेपछी आरके शर्मा र महेश श्रेष्ठ समुह एकत्रित हुदै केसी समुह बिरुद्द संयुक्त रुपमा विरोधमा उत्रिएको छ । यो समुहलाई अघिल्लो अधिवेसनमा असहमती राखेर छुट्टै समुह बनाएको पुर्व अध्यक्ष शेष घले समुहको…
पुरा पढौ
सूचनाको हकलाई स्कूल तहदेखि नै प्राथमिकतामा राखौं
सूचना वर्तमान समयको सबैभन्दा महत्वपूर्ण हतियार मानिन्छ । सूचना पाउनु हरेक नागरिकको हक हो । नेपालको संविधानमा यसलाई स्पष्टसँग नै तोकिएको छ । जो सँग धेरै सूचना छ, वर्तमान समयमा उही व्यक्ति हिरो हो भन्ने गरिन्छ । विज्ञान प्रविधिको यो जमानमा मानिसहरू हरेक कुना कन्दरामा भएका घट्ना, विषवस्तु र गतिविधिबारे अपडेट भइराखेका हुन्छन् । आम मानिसलाई आफ्नो भन्दा पनि दुनियाँको खबर बुझ्न हत्तार भइराखेको हुन्छ । त्यसकारण वर्तमान समस्यमा सूचना सबैभन्दा महत्वपूर्ण शक्ति हो । जो सूचना लिएर काम गरेको छ…
पुरा पढौ
सुशासनका लागि सूचनाको हक
एकपछि अर्को भ्रष्टाचार र अनियमितताका घटनामा उच्च पदस्थ व्यक्ति दोषी ठहरिने क्रम बढिरहेको छ । यसले सूचना र सुशासनको महत्वलाई झनै तीव्र बनाइदिएको छ । यसको मतलब जति बढी सूचना सम्बन्धित निकायले सार्वजनिक गरिदिन्छ त्यति नै बढी देशमा सुशासन र पारदर्शिता कायम गराउन सहयोग पुग्ने अपेक्षा राख्न सकिन्छ । यो कुरा पछिल्लो समय भएका विभिन्न भ्रष्टाचारका कसुरको सार्वजनिकीकरणले प्रस्ट पारेको छ । उच्चपदस्थ व्यक्तिहरू एकपछि अर्काे समातिनुले सुशासन र भ्रष्टाचार नियन्त्रणको पक्षमा आमनागरिकमा झिनो आशा पलाएको छ । सूचनाको हक…
पुरा पढौ
सूचनाको हक व्यवहारिक कार्यान्वयनका चुनौती
शेरबहादुर केसीघटना एकसमाचारका लागि एक वर्ष अघि काठमाडौंस्थित एउटा कार्यालयबाट सूचना लिनु पर्ने थियो । कार्यालयका एकजना इञ्जिनियरको मोबाइल नम्बर प्राप्त भएपछि जानकारीका लागि अनुरोध गरेँ । उनले हार्दिकतापूर्वक भने—‘सूचनाका लागि सूचना अधिकारीलाई सम्पर्क गर्नुस् है । यहाँबाट सूचना दिने काम सूचना अधिकारीले मात्रै गर्ने व्यवस्था गरिएको छ ।’उनको आग्रह अनुसार, मैले सूचना अधिकारीलाई सम्पर्क गरेँ । सूचना अधिकारीलाई विनम्रतापूर्वक आग्रह गर्दै भने—‘सूचना आयोगले तयार गरेको ढाँचामा निवदेन दिएको छु, कृपया उपलब्ध गराएर सहयोग गर्नुहोला । ’ मेरो कुरा टुंगिन…
पुरा पढौ
सुचनाको हकका लागि जिल्ला सञ्जाल ले वडा वडामा सूचनाको हक सबन्धि तालिम गर्दै
सुचनाको हकका लागि जिल्ला सञ्जाल पोखरा महानगर सञ्जाल तथा पोखरा महानगर वडा नम्बर १९ वडा कार्यालयको समन्वयनमा सुचनाको हकका लागि सचेतना तथा प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले सुचनाको हकले आम नागरिकमा सचेत गराउने मात्रै हैन यसले भ्रष्टाचार हुन बाट पनि जोगाउने वताउदै, सुचनाको हक के हो यो हक प्रयोग गरेर कसरी शुशासन कायम गर्न सकिन्छ भन्ने कुराको बाटो खोल्न सकिने साथै आम नागरिक लाई मात्रै हैन सरकारि कार्यालयमा हुने कार्य…
पुरा पढौ
बेकसुरलाई १७ वर्ष कारागारको बास !
केही समयदेखि नेपालका प्रायः नेताले अपराधी नछुटोस् तर निर्दोषलाई सजायँँ नहोस् भन्ने गरेको सुनिन्छ । यो कानुनको सर्वमान्य सिद्धान्त नै हो । धर्मग्रन्थमा समेत निर्दोषलाई सजायँ दिन नहुने उल्लेख गरिएको पाइन्छ । रोमन कानुनको यही आशय थियो । यही जुलाई २६ मा लण्डनस्थित रोयल कोर्ट अफ जष्टिसले बलात्कारको आरोपमा १७ वर्षसम्म काराबास सजायँ भोगेका ५७ बर्षीय एन्ड्रयू माल्किन्सनलाई निर्दोष सावित गरेको छ । उनलाई सन् २००३ जुलाई १९ गते ग्रेटर म्यानचेस्टर साल्फोर्ड मोटरवेको छेउमा घाइते अवस्थामा छोडिएकी ३३ वर्षीया महिलालाई…
पुरा पढौ
विद्यालय ब्यबस्थापन समितका अध्यक्ष नै घुससहित पक्राउ
कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ स्थित सिद्धिगणेश माध्यमिक विद्यालयका प्रधानाध्यपाक वुद्धिविकास धिताल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा १६ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । शिक्षक छनौट प्रक्रियामा पेश गरेको सक्कल कागजात फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ । आयोगको टंगालबाट खटिएको टोलीले उनीहरुलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उक्त प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको समेत पुष्टि हुन आएकाले भ्रष्टाचार निवारण ऐन,…
पुरा पढौ
मिलन केन्द्र बन्दै छ ज्येष्ठ नागरिकको सहारा
ज्येष्ठ नागरिक गङ्गाराम भट्टराई घरमा बसिरहन पट्यार लागेपछि वीरेन्द्रनगर नगरपालिका–८ मा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्रमा पुगेर भजन कीर्तनमा रमाउनुहुन्छ। सो सेवा केन्द्रमा नियमित हुने भजन कीर्तन, प्रवचन र देउडा गीतमा रमाउन उहाँसँगै अन्य नागरिक पनि त्यहाँ पुग्नुहुन्छ। २०६५ सालदेखि नै उहाँ नियमित सेवा केन्द्रमा जाने गर्नुभएको छ। उहाँ भन्नुहुन्छ, “दैनिक गीत र भजन सुन्न पाउँदा रमाइलो लाग्छ, आफ्नै उमेरका नागरिकसँग भलाकुसारी पनि गर्न पाइन्छ।” सेवा केन्द्रमा छरछिमेकका अरूलाई पनि लिएर जाने गरेको उहाँ बताउनुहुन्छ। घरमा बसिरहँदा खासै आनन्द आउँदैन,…
पुरा पढौ
सिराहामा मनाइयो १७औँ राष्ट्रिय सूचना दिवस
सिराहामा विभिन्न कार्यक्रम गरी १७औँ राष्ट्रिय सूचना दिवस मनाइएको छ। सिराहा पुस्तकालयको आयोजनामा सूचना मागौँ, भ्रष्टाचार अन्त गरौँ नारासहित प्रभातफेरी र समुदाय जागरण अभियानअन्तर्गत सरोकारवालाको सहभागितामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएकाे हाे। सूचनाको हकसम्बन्धी ऐन लागू भएको दिनको सम्झनामा सिराहा पुस्तकालयको आयोजनामा दिवस मनाइएको हो। सिराहा सदरमुकामको सहिद राजेश ठाकुर पार्कदेखि निकालिएको प्रभातफेरी सिराहा बजारको परिक्रमा गरी सिराहा पुस्तकालयमा पुगेर अन्तर्क्रियामा परिणत भएको थियो। अन्तर्क्रियामा मधेस प्रदेशका पूर्वराज्यमन्त्री सञ्जयकुमार यादव, प्रदेश सभा सदस्य जिवछीकुमारी यादव, सहायक प्रमुख जिल्ला अधिकारी आनन्दराज पौडेल, नेपाल…
पुरा पढौ