सूचनाको हक लागू गर्नै समस्या
राजधानी काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा सूचना माग्न गएका चार अभियन्तालाई ३ असारमा प्रहरीले पक्राउ गरी हिरासतमा राख्यो । नगरपालिकामा अनियमितता भएको भनी सूचनाको हकसम्बन्धी कानुन प्रयोग गर्दै त्यससम्बन्धी सूचना माग्न पुगेका उनीहरूलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ काठमाडौँका सदस्य अस्मिता खत्री, महासङ्घकै गोकर्णेश्वर नगरपालिकाका नगर समिति संयोजक आदर्श क्षेत्री, सूचनाको हकका अभियन्ता राजु सुनार र प्रेम श्रेष्ठ त्यस दिन सूचना माग्न नगरपालिका पुग्नुभएको थियो । सूचना माग गर्ने अभियन्तालाई सूचना दिनुको…
पुरा पढौ
नापी कार्यालय भद्रपुरमा घुसबिना कामै हुंदैन
भद्रपुर स्थित नापी कार्यालय घुसबिना कामै नहुने अड्डाको रूपमा बद्नाम रहँदै आएको छ । कार्यालय प्रमुख सुनिल आनन्दले पनि सेवागा्रहीसंग रकम असुल्ने कर्मचारीको संरक्षण गर्दै आएका छन् । कार्यालयमा घुसबिना कामै नहुने कुरा ओपन सेक्रेट जस्तै छ । नापी कार्यालयमा लेखापढी व्यवसायी संघमा आवद्ध व्यवसायीहरुले बिचौलियाको भूमिका खेलेपछि सेवाग्राहीले अनावश्यक खर्च र हैरानी भोग्नु परेको छ । एउटै कामकालागि सेवाग्राहीले पटक पटक कार्यालय धाउनु पर्ने बाध्यता छ । सेवाग्राहीसँग बिचौलियाहरुले कर्मचारीको मिलेमत्तोमा न्यूनतम एक हजार देखि १० हजार सम्म रकम…
पुरा पढौ
सूचना माग कर्तालाई पक्राउ गरेको ब्यहोरा पेस गर्न आयोगको पत्र, प्रेम श्रेष्ठ पक्राउको बिषयमा आयोग र महासंघ दुवै मौन
राष्ट्रिय सूचना आयोगले सूचना माग गरेको आधारमा अभियानकर्मी पक्राउ परिएको घटनाको यथार्थ ब्यहोरा पठाउन पत्राचार गरेको छ । आयोगका सचिव होमप्रसाद लुइँटेलले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई लेखेको पत्रमा घटनाका विषयमा छानबिन गरी गराई यथार्थ विवरण पेस गर्न भनेको छ । गोकर्णेश्वर नगरपालिकामा सूचना मागेको आधारमा प्रहरी वृत्त बौद्धले तिनजना अभियानकर्मी पक्राउ गरेको भन्ने सूचनाको हकको लागि राष्ट्रिय महासंघको भनाइलाई आधार मानेर आयोगले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पत्राचार गरेको हो । सूचना माग गर्ने अभियानकर्मीलाई प्रहरीले पक्राउ गरी विभिन्न नाममा मुद्दा…
पुरा पढौ
सूचना अधिकारीका दुःख- जिम्मेवारी दोहोरो, सुविधा एकोहोरो
‘हाम्रो मुख्य जिम्मेवारी छुट्टै हुन्छ, त्यो जिम्मेवारी पूरा गर्नु पर्यो नै । यसको साथसाथै सूचना अधिकारीको काम पनि गर्नु पर्ने तर थप काम गरेवापत कुनै प्रोत्साहन छैन ।’ बाजुराको बुढीगंगा नगरपालिकाका सूचना अधिकारी विष्णु प्रसाद जैशीको भनाइ हो यो । उनी गाउँपालिकामा जनस्वास्थ्य निरीक्षक पदमा कार्यरत छन् । उनलाई प्रमुख प्रशासकीय अधिकृतले सूचना अधिकारीको जिम्मेवारी पनि दिएका छन् । सूचना अधिकारीको काम निकै झण्झटिलो भएको उनी बताउँछन् । ‘यसका लागि छुट्टै कर्मचारी आवश्यक पर्ने हो, प्रत्येक स्थानीय तहमा सूचना अधिकारीको…
पुरा पढौ
स्थानीय तहमा बेथिति : भ्रष्टाचार मुद्दामा २८ प्रमुख प्रशासकीय अधिकृत निलम्बित
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांकअनुसार चालू आर्थिक वर्ष ०८०/८१ को ११ महिनाको अवधिमा भ्रष्टाचार मुद्दा दायर भएपछि ४५ प्रमुख प्रशासकीय अधिकृत र ७६ अन्य तहका कर्मचारी निलम्बनमा परेका थिए । निलम्बित हुनेमा उपसचिव तहका प्रमुख प्रशासकीय १२ जना, शाखा अधिकृत तहका सातजना र निमित्त प्रमुख प्रशासकीय अधिकृत ११ जना थिए । त्यस्तै, तह नखुलेका प्रमुख प्रशासकीय अधिकृत १५ जना थिए । यसबीचमा १७ प्रमुख प्रशासकीय अधिकृतले भने अदालतबाट सफाइ पाएपछि निलम्बन फुकुवा भएको छ । उपसचिव तहका ११ जना, शाखा अधिकृत तहका…
पुरा पढौ
अटेरी लोकसेवा लाइ सवक सिकाउदै सूचना आयोग, आयोगको आदेश पालना नहुने सम्भावना
लामो समय सूचना आयोगमा रहेर सूचनाको हकको वकालत गर्दै आउनुभएकी गीताकुमारी होमेगाई हाल लोकसेवा आयोगको प्रवक्ताको रुपमा रहनुभएको छ l स्वाभाविक हिसाबमा नागरिक सर्बोच्चताको व्याख्या गर्ने स्थानमा रहेका कर्मचारी हरु सूचनाको हकको पक्षमा ढल्केको हामि पाउछौ l ‘लोक सेवा आयोग ऐन, २०७९ को दफा ५२ को उपदफा (१) मा आयोगको परीक्षाको गोप्यता र संवेदनशीलतालाई मध्यनजर गरी परीक्षासँग सम्बन्धित लिखत तथा कागजात गोप्य रहनेछन् र अदालतको आदेश भएकोमा बाहेक त्यस्ता कागजात सार्वजनिक गर्न आयोग बाध्य नहुने स्पष्ट कानुनी व्यवस्था’ रहेको जिकिर गर्दै…
पुरा पढौ
सप्तकोशीमा सूचनाको हक सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न
सप्तकोशी नगरपालिकाको आर्थिक सहयोगमा रास्ट्रीय सूचना आयोगको समन्वयमा सूचनाको हक मिडिया प्रा. लि. को सहजिकरणमा करिब १५० जनाको उपस्थितिमा सप्तकोशी नगरपालिकाको गोबर्धन जनता मा बि मा सूचनाको हक सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ l कार्यक्रमको अध्यक्षता सप्तकोशी नगरपालिकाका मेयर कृष्ण प्रसाद ढकालले गर्नुभएको थियो भने कार्यक्रम संचालन अभियन्ता दीपक आचार्यले गर्नुभएको थियो सप्तकोशी नगरपालिकाका वार्ड अध्यक्ष, कर्मचारी, बिद्यालयका सूचना अधिकारी, बैंक वित्तीय र सहकारीका कर्मचारी हरुलाई प्रशिक्षक दीपक आचार्यले सूचनाको हकको बारेमा प्रशिक्षण गराउनुभएको थियो l आयुक्त…
पुरा पढौ
नागरिक सचेतना, कर्तव्य र दायित्व
सचेतना(Conscience) सचेतनाको सामान्य अर्थ बुझाई एवं जागरुकता हो । कुनै विषय बुझ्ने, ग्रहण गर्ने र ठीकरबेठीक, राम्रोरनराम्रो छुट्टाउने मानिसको ज्ञान तर्क र विवेकको समग्रता सचेतना हो । सचेतना व्यक्तिको आफू, परिवार, समाज, राष्ट्रसँग जोडिएका विषयप्रतिको बुझाई हो । सचेतना हरेक विकृति, विसंगति तथा खराब कुराप्रति व्यक्तिलाई सचेत बनाउँदै असल कुरा तथा हित अभिबृद्धि गर्ने माध्यम हो । “Conscience is a cognitive process that elicits emotion and rational associations based on an individual’s moral philosophy or value system” – WIKIPEDIA समग्रमा,…
पुरा पढौ
सूचनाको हक, “Oxygen of Democracy”
शक्तिको स्रोत मानिने सूचनाको हक कार्यान्वयनका सन्दर्भमा नेपालमा देखिएका समस्याहरू के–के हुन् ? सूचनाको हकलाई प्रभावकारी बनाउन के, कस्ता उपायहरू अवलम्बन गर्नु पर्दछ ? “Oxygen of Democracy” सार्वजनिक सरोकारको विषयमा सूचना माग गर्ने, प्राप्त गर्ने र प्रकाशन गर्ने नागरिकको मौलिक अधिकारलाई सूचनाको हक भनिन्छ । मौलिक हकको पनि हक र निरपेक्ष समानताको हकसमेत भनेर चिनिने सूचनाको हक सुशासनको महत्त्वपूर्ण अवयव हो । नेपालको संविधानको धारा २७ मा मौलिक हकको रूपमा उल्लिखित सूचनाको हकसम्बन्धी ऐन ०६४ मा र नियमावली ०६५ मा…
पुरा पढौ
नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर राहत कोटामा जागिर
जिल्ला महोत्तरी, बलवा नगरपालिका वडा नं. ९, धमौरास्थित श्री राष्ट्रिय प्राथमिक विद्यालयमा अनुदान कोटा(राहत) शिक्षक पदमा कार्यरत अशोक कुमार साहले नक्कली प्रमाणपत्र पेश गरी अध्यापन गरेकोले निजको शैक्षिक योग्यताको प्रमाणपत्र छानविन हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज अशोक कुमार साहले कामेश्वर सिंह दरभंगा संस्कृत विश्वविद्यालय, कामेश्वरनगर दरभंगा, बिहार, भारतबाट नवीन उत्तर मध्यमा तह उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेश गरी श्री राष्ट्रिय प्राथमिक विद्यालय, महोत्तरीमा मिति २०६९।०७।२५ देखि लागू हुने गरी शिक्षक अनुदान कोटा (राहत) मा नियुक्ति…
पुरा पढौ