समाचार

अब सबै सरकारी निकायका वेभसाइट एउटै ढाँचामा

नेपाल सरकारका बिभिन्न निकायले निर्माण गर्ने वेभपेजहरु एउटा स्टाण्डर्ड ढाँचामा निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । राष्टिय सूचना तथा प्रविधि मन्त्रालयले तयार गरेको टेम्प्लेटलाई पछिल्लो विकसित प्रविधि प्रयोग गर्दै उच्च सुरक्षायुक्त बनाउन र सम्बन्धित निकायहरुले आफू अनुकुल प्रयोगमा ल्याउन सकिने गरी नयाँ टेम्प्लेट निर्माणका गर्न प्रधानमन्त्री कार्यालयले अग्रसरता लिएपछि निर्माणको कार्य अन्तिम चरणमा पुगेको हो । हाल सरकारी निकायहरुले कार्यालयपिच्छै नीजि क्षेत्रको परामर्श सेवामार्फत वेभसाइट डिजाइन गर्ने गरेका छन् । यसरी कुनै निश्चित प्राविधिक तथा अन्य मापदण्डको पालना नगरी… पुरा पढौ

गण्डकी प्रदेशका हाकिमहरुलाई अख्तियारले मुद्धा चलायो

जिल्ला गोरखा, गोरखा नगरपालिका वडा नं. ३ जरेवरस्थित दरौदी नदी माथि तत्काल बाटो नभएको स्थानमा पुल राखेर जनताको करको पैसा दुरुपयोग गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वर चन्द्र मरहट्टाले परामर्शदातासँग सम्झौतामा हुँदै नभएको कार्यक्रम विद्यमान कानून विपरीत थप गरेको, पुलको स्थान र नाम परिवर्तन, पुल डिजाईन गराउन स्वीकृत गर्नुका साथै सो दरौदी खोला पुल, जरेवरको निर्माण कार्य गराउन निजले निर्णय गरी मन्त्रालयस्तरबाट उक्त पुलको छनौट गराई… पुरा पढौ

आयुर्वेद चिकित्सालयमा स्थायी कर्मचारी घट्न  थालेपछि सेवा प्रवाहमा समस्या

नरदेवीस्थित आयुर्वेद चिकित्सालयमा स्थायी दरबन्दीका कर्मचारी घट्न थालेपछि सेवा प्रवाहमा समस्या हुन थालेको छ । चिकित्सालयमा ९९ कर्मचारीको स्थायी दरबन्दी रहेकामा हाल ४४ स्थायी कर्मचारीमात्र कार्यरत रहेको चिकित्सालयका निर्देशक डा प्रदीप केसीले  बताए ।  विकास समिति समेत गरी ६६ कर्मचारी करारमा कार्यरत रहेको उनले जानकारी दिए । अन्यत्रबाट काजमा आएका कार्यरत कर्मचारीको सङ्ख्या आठ छ । एकाउन्न जनालाई भने दरबन्दीकै ठाउँमा करारमा राखिएको छ । चिकित्सालयको सङ्गठनात्मक तालिका नभएकाले स्थायी प्रक्रियामा विज्ञापन गरेर नियुक्तिको प्रक्रियामा जान नसकिएको अस्पताल प्रशासनले जनाएको… पुरा पढौ

अघिल्लो वर्षको भुक्तानी दिँदा पनि कर्णालीको बजेट खर्च १६ प्रतिशत

दोस्रो चौमासिक सकिन लाग्दासम्म कर्णालीमा १६ प्रतिशत बजेट खर्च भएको छ । सात महिनामा आर्थिक वर्ष २०७९÷८० को साउनदेखि माघसम्ममा चालु र पुँजीगत गरी १६ दशमलव ३३ प्रतिशत बजेट खर्च भएको हो । ३२ अर्ब ६१ करोड ६१ लाख ६२ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा सात महिनामा पाँच अर्ब ३२ करोड ५८ लाख ४६ हजार २९१ रुपियाँ खर्च भएको छ । अघिल्लो वर्षको भुक्तानी दिन बाँकी रकम यो वर्षमा भुक्तानी गरेपछि मात्र विकास बजेट खर्च भएको भोलुम बढेको देखिन्छ ।… पुरा पढौ

सवा करोडको खाजा खाएको पोखरा महानगरले ३ करोड ५१ लाख ३४ हजार सरकारलाई तिर्नु पर्ने रकम तिरेन

अर्थले नै असुल गर्न सकेन पुरानो साँवा ब्याज : एक खर्ब २३ अर्ब २८ करोड ९४ लाख उठाउन सरकार उदासिन अर्थ मन्त्रालयले साँवा ब्याज असुली अनुगमन, निर्देशन र अभिलेखाङ्कन प्रभावकारी ढंगले संचालन गर्न नसक्दा सरकारले लगानी रकमको साँवा ब्याज उठाउन सकेको छैन् । समयमा साँवा ब्याज असुल गर्न नसकेकोका कारण बक्यौता रकममा वृद्धि भएको छ । असुलीको प्रतिशतमा न्यून भएपछि बक्यौता रकम बढ्दै गएको हो । महालेखा नियन्त्रक कार्यालयको विवरणअनुसार सार्वजनिक संस्थान, समिति, बोर्ड, कोष र स्थानीय तहको भाका नागेको… पुरा पढौ

लघुवित्तको गैरकानुनी हर्कत, महिलामाथी अमानविय व्यवहार र कुटपीट

रोशन कार्की केही व्यक्ती र नेपाल राष्ट्र बैंकका कर्मचारीको साँठगाँठमा गरिव जनतालाई धनी बनाउने लोभ देखाउदै गाँउगाँउमा सञ्चाललनमा रहेका लघुवित्त कम्पनी गैरकानुनी तवरबाट सञ्चालनमा आउदाँ समेत नियमनकारी निकाय भने मौन बसेको छ । सुरुमा गरिवले गाँजेको परिवार गाँउको पत्ता लगाएर घरघरमै गई ऋण लिन गुलीया बचन प्रयोग गरी फसाँदै आएको लघुवित्त कम्पनीले ऋण दिएको २८ दिनदेखिनै महिलादेखि बालबालीकामाथी समेत अमानविय व्यवहार गरेर ऋण चुक्ता गर्न लघुवित्तका कर्मचारी घरघरमा जाने गरेको गुनासो पीडित महिलाहरुले गरेका छन् । लघुवित्तका कर्मचारीहरु रातको ९–१०… पुरा पढौ

चालकको ठगीमा सरकार मौन : सीमित व्यक्ति मालामाल, यात्रु कंगाल

राजधानीको मिनभवनस्थित देउराली क्लबनजिकै दिउँसो २ बजेको समयमा गत साता एउटा महिला बृद्ध मानिसको हात समात्दै आईपुगिन् । तिब्र खबरका अनुसार ती बृद्धा मान्छेको उपचारका लागि नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पताल जानुपर्ने भएकाले उनले त्यँहा पार्किङ गरेर बसिरहेको बा १ ज ४५६० नम्बरको ट्याक्सीलाई भाडा सोधिन् । भाडा सोध्नासाथ ट्याक्सी चालकले सुरुमै तीन सय रुपैयाँ लिने बताए । ती महिलाले आफुसँग त्यति पैसा छैन् भन्दै मिटरमा लगिदिन आग्रह गरिन् । तर धेरै पटक भन्दासमेत ट्याक्सी चालकले नमानेपछि उनी पछि हटिन् ।… पुरा पढौ

‘ब्रेक डान्स’ मा ८ वर्षीया चिनियाँ बालिकाको विश्व रेकर्ड

https://www.youtube.com/watch?v=GoVvVsuANN0&t=3s चीनमा एउटी ८ वर्षकी बालिकाले ब्रेक डान्समा विश्व रेकर्ड बनाएकी छन् । छि यु फान नामकी बालिकाले एउटा टेलिभिजन शोमा एक मीनेटमा १ सय २१ थरीको कौशल प्रस्तुत गरेर उक्त रेकर्ड कायम गरेकी हुन् । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार यसअघि उनले सन् २०२१ मा पनि विश्व रेकर्ड कायम गरेकी थिइन् । त्यसबेला बालिकाले एक मीनेटमा ७७ थरीको कौशल प्रस्तुत गरेकी थिइन् । यस पटक छिले आफ्नै पुरानो रेकर्ड तोडेकी हुन् ।  हाङ्चै निवासी बालिका चीनका साथै एकाएक विश्वविख्यात… पुरा पढौ

सञ्चालनमा नआउँदै बिग्रियो रारा तालकाे मोटरबाेट

 खड्क सुनार कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा तालमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न विभिन्न प्रकारका स्रेत साधनहरू जुटाइन्छ, तर त्यसको फलस्वरुप नतिजा भने राम्रो देखिँदैन । पर्यटकलाई थप आकर्षक गर्न रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुले मोटरबाेट ल्याएको थियो । गत आर्थिक वर्ष निवर्तमान वार्डेन बद्रि विनोद दाहालको कार्यकालमा ल्याइएको मोटरबाेट करिब आधा बितिसक्दा पनि सञ्चालनमा नआउँदै बिग्रिनुका साथै रारातालको छेउमा थन्किएको छ । दाहालको कार्यकालमा सञ्चालनमा ल्याउने भनिएको उक्त मोटर बुट सञ्चालन नआउँदा  रारा राष्ट्रिय निकुञ्ज कार्यालयको एउटा… पुरा पढौ