समाचार

पचहत्तर भन्दा बढी पालिका निमित्तको भरमा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमा नै प्रमुख कार्यकारी अधिकृत पठाउन नसक्दा ७५ भन्दा बढी स्थानीय निकाय प्रमुख प्रशासकीय अधिकृतविहीन हुन पुगेका छन् । मन्त्रालयको अकर्मन्यताका कारण कतिपय महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका निमित्तको भरमा संचालन भइरहेका छन् । स्थानीय तह निर्देशिका अनुसार महानगरपालिका र उपमहानगर पालिकामा सहसचिवस्तरको दरवन्दी रहेको छ भने नगरपालिकाहरूमा उपसचिवस्तरको कर्मचारी रहने व्यवस्था गरिएको छ ।  तर, मन्त्रालयको नेतृत्वले आफ्नो स्वार्थपूर्तिका लागि केही स्थानीय तहमा आफ्नो फेवरका कर्मचारीलाई निमित्तको जिम्मेवारी दिएर पठाएकोले अनेको अनियमितताका घटनाहरू बाहिर… पुरा पढौ

३० वर्षदेखि सरकारी खर्चको समस्या उस्तै, कर्मचारी कटौतीको सुझाव!

'विगतमा सरकारी कार्यालयहरूमा भएको ठूलो विस्तारबाट प्रशासनिक खर्च धान्नै नसक्ने गरी बढेको छ। यसै गरी विगत वर्षहरूमा लिइएको बाह्य तथा आन्तरिक ऋणको फलस्वरूप साँवा र ब्याज भुक्तानीको भार पनि दिन प्रतिदिन बढ्दो छ। सालैपिच्छे खर्चमा बढ्दै गएको सरकारी दायित्वले हाम्रा विकास हुने लगानीको सम्भावनालाई समेत सीमित पारेको छ। अहिले धेरैजसो सरकारी कार्यालयहरू केन्द्रमै स्थापना भएका छन्। विकासका नाममा सञ्चालित कैयौं कार्यालयहरूको औचित्य स्पष्ट देखिँदैन। त्यसैले यस्ता अनुत्पादक र अनावश्यक प्रशासनिक खर्चहरूमा नियन्त्रण गर्न सरकारी खर्चको व्यवस्थापनबारे चाँडै नै विस्तृत अध्ययन गरिनेछ। त्यसका आधारमा… पुरा पढौ

शुद्धोधन-७ का वडा अध्यक्ष ५० हजार घुससहित पक्राउ

जिल्ला रुपन्देही, शुद्धोधन गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी र सोही गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष भीम बहादुर यादवले उत्खनन गरी घाटगद्दीमा रहेको नदिजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनको लागि सेवाग्राहीसँग रु. ५०,०००।– घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी, वडा अध्यक्ष भीम बहादुर यादव र बिचौलिया बिनोद भरलाई सेवाग्राहीबाट रु. ५०,०००।–… पुरा पढौ

‍न कार्यालय न सम्पर्क व्यक्ति, दर्ताबिनै चल्दैछ युरोपियन ‘बोल्ट’

युरोपियन राइड सेयरिङ कम्पनी 'बोल्ट' ले नेपालमा सेवा सुरू गरेको जनाएको छ। कम्पनीले एक विज्ञप्ति जारी गर्दै यही चैत १ गतेदेखि काठमाडौंमा सेवा परीक्षण सुरू गरिएको जानकारी दिएको छ। युरोप तथा अफ्रिकाका विभिन्न सहरहरूमा राइड सेयरिङ सेवा दिइरहेको यो कम्पनीले काठमाडौंमा चार सयभन्दा बढी राइडरसहित सेवा सुरू गरेको जनाएको छ। अहिले बोल्टले राइडरहरू निःशुल्क दर्ता गरिरहेको छ। ६ महिना उनीहरूसँग कमिसन पनि नलिने कम्पनीले जनाएको छ। नेपालमा सञ्चालित अन्य राइड सेयरिङ कम्पनीको तुलनामा १५ प्रतिशत सस्तो शुल्कमा सेवा दिने दाबी… पुरा पढौ

७८ लाख लिएका पाठक ‘घुस खान खोजेको’मा दोषी ठहर

नेपाल इञ्जिनियरिङ कलेजको विवाद मिलाइदिएबापत ७८ लाख रुपैयाँ घुस लिएको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकलाई विशेष अदालतले ‘घुस खान खोजेको’ आरोपमा मात्रै दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र बलभद्र बाँस्तोलाको इजलासले ‘घुस खानमात्रै खोजेको’ व्याख्या गरी पूर्वआयुक्त पाठक र घुस दिने लम्बोदर न्यौपानेलाई आधामात्र सजाय सुनाएको हो । लम्बोदर न्यौपानेबाट रकम लिएर राजनारायण पाठककोमा घुस पुर्‍याउने ज्ञानेन्द्र झा र भिडियो खिच्ने ध्वजमान मोक्तानले पाठकलाई दुई पटकमा ७८… पुरा पढौ

म्यादीको पोसाकमा आइजी र डिआइजी मिलेर भ्रष्टाचार गरेको आरोप

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा भर्ना लिइएको एक लाख १५ हजार म्यादी प्रहरीको पोसाकमा भ्रष्टाचार भएको आरोपमा गृह मन्त्रालयमा उजुरी परेको छ । प्रहरी प्रधान कार्यालय नक्सालका डिआइजी दीपक थापासहित प्रहरी महानिरिक्षक धिरज प्रताप सिंहसमेतको मिलेमतोमा भ्रष्टाचार भएको आरोपमा उजुरी परेको हो । उक्त उजुरीमा उल्लेख भएअनुसार प्रत्येक म्यादीको जुत्ता कपडा र ज्याकेटमा रू १९०० खर्च भएको थियो । पोसाक खरिदवापत १६ करोडको भ्रष्टाचार भएको आरोप लगाइएको छ । प्राप्त उजुरीका अनुसार प्रत्येक म्यदी प्रहरीको कपडा,… पुरा पढौ

जग्गाको कित्ताकाट गर्न घुस माग्ने रमेश उपरकोटी र अभिशेक कार्की अख्तियारको फन्दामा

मनमैंजुस्थित नापी कार्यालयमा कार्यरत दुईजनालाई घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ । नापी कार्यालयका सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिशेक कार्कीलाई टंगालबाट खटिएको आयोगको टोलीले एक लाख ७५ हजार रूपैयाँ घुस लिँदै गरेको अवस्थामा मंगलबार फेला पारेको हो । आयोगको टोलीले थप खानतलासी गर्दा उनीहरूबाट स्रोत नखुलेको सात लाख ६९ हजार पाँच सय रूपैयाँ र कार्कीको नाममा काटिएको १६ लाख रूपैयाँको तीन थान चेक भेटेको छ । योसँगै सर्भेक्षक उपरकोटीसँग पनि स्रोत नखुलेको… पुरा पढौ

अनलाइनमार्फत ठगी गर्ने नौ चिनियाँसहित १९ जना पक्राउ

अनलाइनमार्फत ठगी कार्यमा संलग्न आरोपमा नौ चिनियाँ नागरिकसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । बुधबार उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । राजधानीमा अवैधरुपमा अफिस सञ्चालन गर्दै उनीहरुले ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिसँग कुराकानी गरी टेलिग्राममा अपरेशन टिचर नामक च्यानलमार्फत कक्षा सञ्चालन गरेर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा ९ चिनियाँ र १० नेपाली रहेका छन् । उनीहरुलाई बूढानीलकण्ड र चण्डोल… पुरा पढौ

सिंहदरबारभित्रै यस्तो छ चरम बेतिथि : ऐन र नीति बिना नै मन्त्रालय संचालन !

२०७२ सालमा गठन भएको खानेपानी मन्त्रालयले २०७९ असोज २१ गते मात्र ऐन जारी गरेको थियो । सो मन्त्रालयले अझैसम्म खानेपानी नीति बनाउन सकेको छैन । मन्त्रालयको उच्च स्रोतले दिएको जानकारी अनुसार आगामी एक महिना भित्रमा नीति जारी हुनेछ । रोकारवाला सवै पक्षसँग सहमति जुटिसकेको र राष्ट्रिय योजना आयोगबाट मात्र निर्णय हुन बाँकी रहेकोले संभवत नयाँ आर्थिक वर्ष अगावै ऐन जारी भएर लागु भइसक्ने स्रोतको दावी रहेको छ । नीति बने पछि मात्र ऐन जारी हुनुपर्ने भएपनि मन्त्रालय उल्टो बाटोमा हिंडेको… पुरा पढौ

गुप्तचर बढुवामा सोर्सफोर्स हावी : निरीह सूचकहरूमाथि अन्याय 

राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) मा गत २०७९ चैत ९ गते सूचकबाट अनुसन्धान सहायकमा ५२ जनाको र चैत १० गते सहायक सूचकबाट सूचकमा ६३ जनाको बढुवा भएको विभाग स्रोतले बताएको छ ।  यो बढुवामा राजनीतिक सोर्सफोर्स र पैसाको व्यापक चलखेल भएको र क्षमता, योग्यता र कार्यसम्पादन मूल्याङ्कनमा अगाडि हुनेहरू बढुवा हुन नसकेको भन्दै बढुवाप्रति व्यापक गुनासो र असन्तुष्टि बढेको पीडित स्रोतले बताएको छ ।  गुप्तचर स्रोतका अनुसार सूचकबाट अनुसन्धान सहायकमा बढुवा हुनेहरूमा पुरानो २७, २९ र ३० लटका धेरै छुटेका छन्… पुरा पढौ