समाचार

दुई लाख घुस बुझेका लेखा अधिकृतलाई भ्रष्टाचारको मुद्दा

जिल्ला मोरङ, सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालले नगरपालिका तथा वडा कार्यालयहरुमा भएको मर्मत सम्भार कार्यको भुक्तानी दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज लेखा अधिकृत शेखर ढकाललाई सेवाग्राहीबाट रु.२००,०००।–(दुई लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०८०।०३।२२ गते नियन्त्रणमा लिएको थियो। अनुसन्धानको सिलसिलामा जिल्ला मोरङ, सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालले सुन्दरहरैंचा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मोरङ र वडा कार्यालयहरुमा विद्युतीय उपकरण एवं सोलारको जडान… पुरा पढौ

सुशीलचन्द्र आचार्य कमिशन मोहमा डुबे

जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यमा कमिशन मोह बढेको गुनासो कर्मचारीले गरेका छन । उनले आर्थिक वर्ष समाप्त भएसँगै विभाग मातहतका राष्ट्रिय गौरवका आयोजना, प्राथमिकता प्राप्त विभिन्न आयोजना, डिभिजन तथा सव डिभिजन र सिंचाइ कार्यालय प्रमुखहरूलाई कार्यकक्षमा बोलाएर सम्पन्न भएका विकास निर्माण र भुक्तानी रकमको पाँच प्रतिशत कमिशन रकम माग गर्दै आएको विभाग स्रोतले जानकारी दिएको छ । सिंचाइका ठेक्का व्यवस्थापनमा अग्रिम रुपमा कम्तीमा एक प्रतिशत कमिशन खोज्ने महानिर्देशक आचार्यका कारण यतिखेर सुई, सिडिई र इरिगेशन इन्जिनीयरहरू आतंकित हुन… पुरा पढौ

सरकारी रकम हिनामिना गर्ने दुई प्रशासकीय अधिकृत भ्रष्टाचारमा तानिए

महोत्तरीको पिपरा गाउँपालिकाकी तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रंजिता झा सहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झासहित सबइञ्जिनियर श्यामकिशोर मण्डल, निर्माण उपभोक्ता समितिका अध्यक्ष नवोनारायण मिश्र, सचिव कमरुल खातुन र कोषाध्यक्ष रतन साहविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो ।  उनीहरुले आपसी मिलोमत्तोमा आर्थिक वर्ष २०७४-०७५ मा गाउँपालिकाको वडा नं. १ खैरबामा बाटो ढलानको कामै नगरी कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गराएर एक लाख ४८ हजार ९१० रुपैयाँ सरकारी रकम हानिनोक्सानी पुर्याएको अख्तियारको दाबी छ ।  अख्तियारले… पुरा पढौ

मीटरब्याजीको अनुचित लेनदेन अन्यत्र धमाधम कार्य हुदै, गण्डकी मा शुन्य कार्य

मीटरब्याजीको अनुचित लेनदेनसम्बन्ध सरकारद्वारा गठित जाँचबुझ आयोगमा पीडितका २४ हजार उजुरी दर्ता भएका छन् । अहिलेसम्म आयोगले १ हजार आठ सय ८२ उजुरीमा मिलापत्र गराएको छ । ती उजुरीमा ८९ करोड ८० लाखको खास तमसुक गराइएको भए पनि साहुहरूले १ अर्ब ७१ करोड २८ लाख रूपैँया लिन बाँकी रहेको दाबी गरेको तथ्य उजागर भएको छ । मधेशका ८ जिल्लामा मात्र पीडितका १८ हजार तीन सय ५६ उजुरी परेका छन् ।  यसमा अधिकांश कार्य मधेस तिर बहेको बहेपानी पहाड तिर को… पुरा पढौ

सर्वसाधारणको न्यायमा पहुँचकोस्तर अत्यन्त न्यून

रुकुम पश्चिमका नागरिकको न्यायमा पहुँच न्यून देखिएको छ । कानून, न्याय तथा संसदीय मन्त्रालय र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) ले सदरमुकाम मुसीकोटमा आयोजना गरेको न्याय क्षेत्रका सरोकारवालाहरुबीचको छलफलमा अधिकारकर्मीहरुले उक्त टिप्पणी गरेका हुन् । कार्यक्रममा अधिवक्ता गणेश हमालले सर्वसाधारणको न्यायमा पहुँच बस्तीस्तरबाटै रुमल्लिने गरेको बताए । उनले अन्यायमा परेका नागरिकहरु न्यायको प्रक्रिया र निकायको जानकारी नहुँदा न्यायको पहुँचमा आउन नसकेको यथार्थ उल्लेख गरेका हुन् । जनप्रतिनिधिहरु समेतले पूर्वाग्रहपूर्ण सिफारिस गर्ने गरेको उल्लेख गर्दै अधिवक्ता हमालले जिल्लाका सर्वसाधारणको न्यायमा… पुरा पढौ

खोटाङका सिडिओ निलम्बित, सहायक सिडियोलाई निमित्तको जिम्मा

खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा निलम्बित भएका छन् । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हुँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका हुन् ।   खतिवडालगायतले पाँच वर्षअघि सिद्धिचरण नगरपालिकाको वडा नम्बर १० मा भएको विद्युतीकरणमा भ्रष्टाचार गरेको उजुरी परेपछि अख्तियारले आवश्यक छानबिन पश्चात् हिजो विशेष अदालतमा मुद्दा दायर गरेको हो । इञ्जिनियर, वडाध्यक्षलगायत झण्डै एक दर्जनले फर्जी बिल बनाएर ४ लाख ७७ हजार ८ सय ९९ रुपैयाँ भ्रष्टाचार… पुरा पढौ

प्रत्येक नेपालीको थाप्लोमा ७६ हजार बढी ऋण

नेपालले तिर्न बाँकी सार्वजनिक ऋण रू २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाखभन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९/८० को अन्तसम्ममा नेपालले रू ११ खर्ब २८ अर्ब ३२ करोड ९२ लाख बराबर आन्तरिक र रू १० खर्ब ९३ अर्ब ३४ करोड ९३ लाख बराबर बाह्य ऋण तिर्न बाँकी रहेको देखिएको हो । गत आर्थिक वर्षमा मात्र नेपालको सार्वजनिक ऋण रू दुई खर्ब आठ अर्ब ३८ करोड २१ लाख थपिएको छ… पुरा पढौ

अमेरिका पठाइदिने प्रलोभनमा मानव बेचविखनको धन्दा

मानव बेचविखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका २७ घर भई हाल काठमाडौंको गुहेश्वरी बस्दै आएका ३४ वर्षीय कमल तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । तामाङले सुविधा सम्पन्न जीवनशैलीको प्रलोभनमा अवैधानिक बाटो हुँदै अमेरिका पुर्याइदिने आश्वासनमा नेपालीलाई अन्यत्र देशमा पुर्याएर अलपत्र पार्ने, बन्धक बनाई यातना दिने र फिरौती लिनेजस्ता अपराधिक कार्य गर्दै आएको प्रहरीको दाबी छ ।  उनीविरुद्ध मानव… पुरा पढौ

रिक्त स्थानीय तहका जनप्रतिनिधिको विवरण उपलब्ध गराउन निर्देशन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त रहेको जनप्रतिनिधिहरुको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।  स्थानीय तहको निर्वाचनपछि विभिन्न कारणले केही जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष एवम् सदस्य र नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडा सदस्य पद रिक्त भएकाले सोको विवरण उपलब्ध गराउन मन्त्रालयले सबै जिल्ला समन्वय समिति कार्यालय र स्थानीय तहलाई निर्देशन दिएको छ ।  मन्त्रालयले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ को उपदफा (२) को प्रयोजनका लागि निर्वाचन आयोगको इमेल… पुरा पढौ

गाउँपालिका अध्यक्षविरुद्ध उच्च अदालतमा उपाध्यक्षद्वारा मुद्दा दायर

मायादेवी गाउँपालिकाकी उपाध्यक्ष सरस्वती यादवले आफ्नाे अधिकारबाट बञ्चित गराएकाे भन्दै उच्च अदालत, तुलसीपुर बुटवल इजलासमा मुद्दा दर्ता गराएकी छिन्। गाउँपालिकाको अध्यक्ष वलिउद्दीन मुसलमानकाे विरुद्धमा उनले बिहिबार अदालत मुद्दा दर्ता गराएकी हुन् । उपाध्यक्ष यादव भएपनि उनका श्रीमान मेवालाल यादवनै उपाध्यक्ष को भूमिकामा देखिन्छन । उनका श्रीमान् का अनुसार 'गाउँपालिकाअध्यक्षद्वारा उपाध्यक्षलाई न्यायिक समिति गठन गर्न नदिने, बजेट बनाउने काममा सहभागी नगराउने, अनुगमन बिना पैसा निकासा गराउने जस्ता काम भएको छ ।' आर्थिक वर्ष २०८०/०८१ काे बजेट छलफलमा पनि उपाध्यक्षलाई नबोलाएको आराेप… पुरा पढौ