समाचार

चाँगुनारायण क्याम्पसको प्रमुखनै नक्कली इन्जिनियर

नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण, भक्तपुरका क्याम्पस प्रमुख हरिकृष्ण श्रेष्ठ नक्कली इन्जिनियर भएको आरोप लागेको छ । उनले नेपाल इन्जिनियरिङ काउन्सिल र नेपाल ईन्जीनीयरिङ एशोसिएशनका तत्कालीन पदाधिकारीहरूलाई आर्थिक प्रभाव र दबाबमा पारी प्रमाणपत्र लिएको चर्चा कलेज परिसर भित्र चल्दै आएको छ । उनले नेपाल इन्जिनियरिङ काउन्सिलबाट १९६९ ए नम्वरको प्रमाणपत्र लिएका छन् । एशोसिएशनबाट लिएको उनको सदस्यता प्रमाणपत्र नं. ५५४६ रहेको बताइएको छ । चार वर्ष पछि मात्र रजिष्ट्रेसननेपाल ईन्जिनियरिङ एशोसिएसन र काउन्सिलमा चार वर्षे ईन्जीनियरिङ विषयमा अनिवार्य रुपमा कोर्ष पूरा… पुरा पढौ

करोडौैं खर्च गरेर महानिर्देशक भएका अधिकारीबाट प्राधिकरण सुधार नहुने

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती अहिले निकै सक्रिय देखिएका छन् । केही एक्सनका काम गरेर उनी अरु मन्त्रीभन्दा सक्रिय देखिएका पनि छन् । अहिले मन्त्री किराँती पशुपति क्षेत्र विकास कोषका पदाधिकारीलाई व्यवस्थापनमा लागेको स्रोतको भनाइ छ । कोषका सदस्यसचिव मिलनकुमार थापा र कोषाध्यक्ष नारायण सुवेदीवीच लामो समयदेखि बोलचाल बन्द रहेको छ । केही ठेक्काको भुक्तानीका विषयमा भएको विवादले गर्दा उनीहरुवीच बोलचाल बन्द भएको हो । सदस्यसचिव र कोषाध्यक्षवीच बोलचाल बन्द भएपछि कोषले कुनै नयाँ निर्णय गर्न सकेको… पुरा पढौ

कागजमा मात्र ग्याबिन जाली लगाउने उपमेयरलाई अख्तियारले चलायो मुद्धा

जिल्ला मुगु, छायाँनाथ रारा नगरपालिकाका तत्कालिन नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक, निमित्त प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर, ,वडाध्यक्ष,कार्यपालिकाका सदस्य समेत ११ जना उपर गैरकानुनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।-------------------------------------------------------------------------------- जिल्ला मुगु, छायाँनाथ रारा नगरपालिका वडा नं. ११ स्थित स्वास्थ्य चौकीमा ग्याविन पर्खाल निर्माण गर्दा नक्कली विल भरपाई बनाई रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्वन्धमा अनुसन्धान हुँदा ग्याविन पर्खाल निर्माण कार्य गर्दा हुँदै नभएको कार्यलाई नापी किताव, कार्य सम्पन्न प्रतिवेदन र झुट्टा भरपाई बनाई रु. रु.७,५७,३०७।६२ (सात… पुरा पढौ

विद्यालयको रकमले बाटो बनाउने भनि नबनाउने अध्यक्षलाई अख्तियारले मुद्धा चलायो

जिल्ला रुकुम (पश्चिम) मुसिकोट नगरपालिका वडा नं. ५ थर्पु डिक्रेस्थित श्री शाइकुमारी आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष र तत्कालीन प्रधानाध्यापकसमेतले विभिन्न व्यक्ति तथा समितिलाई विद्यालयको रकम कानून विपरीत लगानी गरी दुरुपयोग गरेको, बागबजार रावलबारा थर्पु डिक्रे सडक निर्माणको लागि राज्य कोषबाट बजेट आएकोमा विद्यालयबाट पनि रकम लगानी गरी दुरुपयोग गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा श्री शाइकुमारी आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष गोविन्द बहादुर के.सी. र तत्कालीन प्रधानाध्यापक लाल बहादुर के.सी.ले विद्यालय व्यवस्थापन समितिबाट विभिन्न… पुरा पढौ

एउटै कक्षामा फरक/फरक दुई कक्षाका विद्यार्थी राखेर पढाइ

टिकाराम सुनार धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ हुन्छ। तर, यहाँ पठनपाठनका लागि तीन वटा मात्रै कक्षाकोठा छन्।  एउटै कक्षाकोठामा फरक–फरक २ कक्षाका विद्यार्थी राखेर पठनपाठन गर्नुपर्दा गुणस्तरीय सिकाइमा निकै समस्या भइरहेको छ भने विद्यार्थी सङ्ख्या पनि बर्सेनि घट्दै छ।   एकातिर कक्षाकोठाको अभाव, त्यसैमा भएकै संरचनाको पनि उचित व्यवस्थापन नहुँदा यो विद्यालय संरक्षकको अभावमा बेवारिसे छोडिएको कुनै संरचनाजस्तै लाग्छ। विद्यालय हो भन्ने ठम्याउन पनि प्रवेशद्वार अड्याउनका लागि बनाइएको पर्खालको भित्तामा लेखिएको विद्यालयको… पुरा पढौ

जरिवाना मिनाहाविरुद्धको सूचना अभियन्ताको मुद्दा खतिवडाको इजलासमा

स्थानीय निकायका जनप्रतिनिधिहरूलाई निर्वाचन आयोगले तोकेको जरिवाना माफ गर्ने गरेको राष्ट्रपति कार्यालय विरुद्धको रिटको पेशी न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा परेको छ । अधिवक्ता सूचना अभियन्ता सबिन पोख्रेल सूचना अभियन्ता सविन पोख्रेलले गत बुधबार तोकिएको मितिमा निर्वाचन खर्च विवरण नबुझाएका दल तथा उम्मेदवारको जरिवाना रकम माफी मिनाहाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिट निवेदनमा राष्ट्रपतिले संविधानको धारा २७६ प्रयोग गरी माफी दिएको प्रति आपत्ति जनाउँदै यो कुनै तजबिजी वा प्रशासनिक अधिकार नभएको र राष्ट्रपतिले कसैको सिफारिस, उक्साहट वा… पुरा पढौ

महालेखाको सुझाबलाई लात हान्दै पोखराका मेयरले ६ महिनामै सके सवा करोड

मेयर भन्छन्ः ल्यान्डफिल साइट व्यवस्थापन गर्दा ठूलो रकम इन्धनमा गयो पोखरा महानगरले पूरै आर्थिक वर्षका लागि छुट्याएको खाजा र इन्धन खर्च ६ महिनामै सकेको छ । माघ मसान्तभित्रै पूरै आर्थिक वर्षका लागि खाजा र इन्धनका लागि छुट्याइएको १ करोड १२ लाख रुपैयाँ पोखरा महानगरले खर्च गरेको हो । चालु आर्थिक वर्षको माघ मसान्तसम्म आइपुग्दा महानगरले ८७ लाख ७१ हजार रुपैयाँ इन्धनमा मात्रै खर्च गरेको छ । पोखरा महानगरपालिका–३३ भरतपोखरीको गैरागाउँमा बुवा ऋतुनाथ आचार्य र आमा जमुनादेवी आचार्यको कोखबाट २०२६ चैत… पुरा पढौ

लागू औषध सहित २ जना पक्राउ

मिति २०७९।११।१० गते यस कार्यालय मातहत वडा प्रहरी कार्यालय बैदामबाट खटिएकोप्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.०६ लेकसाईड जरेबर स्थितशंकास्पद अवस्थामा हिँडिरहेका जिल्ला पर्वत मोदी गाउँपालिका वडा नं.६ बस्ने वर्ष ३१ कोसुरज नेपाली र जिल्ला तनहुँ शुक्लागण्डकी न.पा. वडा नं.१० बस्ने वर्ष २२ को प्रज्वल राईभन्ने प्रज्वल कुमाललाई सोधपुछ तथा खानतलासी गर्दा सुरज नेपालीको साथबाट ६ एम्पुलडाईजापाम, ६ एम्पुल फेनारगन र ४ एम्पुल नुफिन र प्रज्वल कुमालको साथबाट ५ एम्पुलडाईजापाम, ५ एम्पुल फेनेरागन र ५ एम्पुल नुर्फिन बरामद भएको… पुरा पढौ

यस घडीमा कहिल्यै बज्दैन १२, कारण यस्तो

सामान्यतया जुनै घडीमा पनि १२ बज्छ । तर संसारमा यस्तो पनि घडी छ जसमा कहिले पनि १२ बज्दैन । यो अनौठो घडी स्विट्जरल्यान्डको सोलोथर्न शहरमा छ । त्यहाँको टाउन स्क्वेयरमा राखिएको घडीमा ११ अंक मात्र छन् । १२ नै छैन । त्यहाँका मानिसलाई ११ नम्बरसँग लगाव छ । उनीहरूले प्रत्येक डिजाइनलाई ११ अंक वरिपरि नै राखेका छन् । शहरमा चर्च र च्यापलहरू पनि ११–११ वटा नै छन् । अनि संग्रहालय, ऐतिहासिक झरना र टावर पनि ११ छन् । शताब्दियौं पुरानो… पुरा पढौ