समाचार

३५ दिनभित्र आय ठेक्काको बक्यौता बुझाउन जितपुरको कडा निर्देशन

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आय ठेक्काको बक्यौता रकम बुझाउन ठेकेदार कम्पनीहरुलाई निर्देशन दिएको छ ।  आज सूचना प्रकाशित गर्दै उपमहानगरपालिकाले ३५ दिने म्याद दिएर विभिन्न आर्थिक वर्षमा आय ठेक्का लिएका तर बक्यौता नबुझाएका दश ठेकेदार कम्पनीलाई रकम दाखिला गर्न भनेको हो ।  यसरी बक्यौता नबुझाउने ठेकेदार कम्पनीहरुमा श्री रविशंकर प्रसाद कलवार, श्री सुमन निर्माण सेवा र विक्रान्त इम्पेक्स, न्यू पाथिभरा सप्लायर्स, श्रेष्ठ विल्डर्स प्रालि, ओम सप्लायर्स, विनोद साह निर्माण सेवा, न्यू गुप्ता सप्लायर्स, सिमरा कन्स्ट्रक्सन, जितेन्द्रप्रसाद यादव र रुट्स एड्भटाइजिङ रहेको… पुरा पढौ

सुशासनमा कमजोर नेतृत्व

मुलुकमा सुशासन कायम गराउने कार्यलाई हरेक सरकारले आफ्नो मुख्य जिम्मेवारीका रूपमा लिएकोे हुन्छ। सुशासन सुदृढ हुन सकेको अवस्थामा मात्र सरकारले आफ्नो गन्तव्य हासिल गर्न सम्भव हुने हुन्छ। नारा र आवरणले मात्र सुशासन प्राप्त हुन नसक्ने भएकाले सरकारका लागि यो सधैं चुनौतीको विषय भइरहेको हुन्छ। सरकारको सक्षम नेतृत्वमा राज्यका अन्य अंगबाट हुने इमान्दार सहकार्यले मात्र यसमा सफलता हासिल हुन सक्ने हुन्छ। यस कार्यमा सरकारको मुख्य कार्यकारिणी प्रशासनिक संयन्त्र अझ बढी सक्षम, जिम्मेवार र अग्रसर हुनु आवश्यक हुन्छ। इमान्दार र स्वच्छ राजनीतिक… पुरा पढौ

महोत्तरीमा १४ लाख बढी भारु बरामद, सीमामा पुगेर सटही गरेको आशंका

भारतसँग जोडिएको सीमा क्षेत्रमा पुगेर विदेशी मुद्रा साट्न थालिएको छ । आज बिहान महोत्तरीको सीमा क्षेत्रबाट त्यसरी भारु साट्न खोज्नेहरुलाई प्रहरीले पक्रेको छ । प्रहरीले ठूलो परिमाणको भारुसमेत नियन्त्रणमा लिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुुसार जलेश्वर क्षेत्रबाट नौ जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरूको साथबाट १४ लाख ३७ हजार भारतीय रुपिया बरामद भएको छ । साथै ७५ हजार नेपाली रुपैयाँ पनि प्रहरीले ती नौ जनाको साथबाट फेला परेको जनाएको छ । पक्राउ परेकामध्ये आठ जना नेपाली र… पुरा पढौ

हवल्दार नगेन्द्र सेन घुस रकमसहित नियन्त्रणमा ।

सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा वेसक्याम्प, बिष्णुपुराका सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेनले सेवाग्राहीसँग टयाक्ट्ररमा माटो ओसारपसार गर्ने क्रममा घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेनलाई सेवाग्राहीबाट रु. २०,०००।- (बीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला रुपन्देही, गैडहवा गाउँपालिका वडा नं. ३ मंगलपुरबाट मिति २०७९।११।२१ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।   पुरा पढौ

बदिकेदार को लक्ष्य डिजिटल पालिका

डोटीको बडीकेदार गाउँपालिकाले ३२ वटा सामुदायिक आधारभूत विद्यालयलाई ब्रोड ब्याण्ड इन्टरनेट सेवाका लागि वाइफाइ डिभाइस वितरण गरेको छ । यो पालिका डिजिटल पालिका बन्न खोजिरहेको छ l पालिकाले सङ्घीय सरकारसँग गरेको सम्झौताअनुसार दूरसञ्चार प्राधिकरणको सहयोगमा फोरजी सेवा चल्ने सिमकार्डसहितको वाइफाइ डिभाइस वितरण गरेको हो । शिक्षामा नयाँ प्रविधिको प्रयोग गरी शिक्षण कार्यलाई थप प्रभावकारी बनाउन सहजता होस् भन्ने उद्देश्यले वाइफाइ डिभाइस वितरण गरिएको बडीकेदार गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बिबेक देउवाले बताए । उहाँले विद्यालयमा इन्टरनेट सेवा जडान… पुरा पढौ

बेथानचोकमा ‘निःशुल्क अनिवार्य शिक्षा’ कार्यक्रम लागू

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम लागू गरिएको छ । विद्यालय भर्ना नभएका, अपाङ्गता भएका, अभिभावकविहीन, गरिबी वा अन्य कुनै कारण हालसम्म विद्यालय नपुगेका बालबालिकालाई विद्यालयसम्म ल्याउने नीतिअनुसार गाउँपालिकाले उक्त कार्यक्रम लागू गरेको हो । कार्यक्रमले चार वर्ष पू्रा भई १३ वर्ष ननाघेका बालबालिका समेट्ने छ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख पुष्पा राईले जटिल खालको अपाङ्गताका कारण विद्यालय जान नसकेका विद्यार्थीको हकमा घरमै गएर घुम्ति शिक्षकमार्फत शिक्षा दिइने बताए । कार्यक्रम सञ्चालनार्थ प्रारम्भिक चरणमा सूचना प्रवाह गर्ने तथा शिक्षा… पुरा पढौ

‘दक्षिणकाली फुटवेयर जोन’ का कारण जुत्ता संघभित्र चर्कियो विवाद

रमेश विसी नेपाली जुत्ता चप्पलमा स्वदेशमै आत्मनिर्भर बनाउने उद्देश्यले फुटवेयर जोन स्थापना गर्न लागिएसंगै फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालभित्र अहिले व्यापक विवाद उत्पन्न नभएको बताइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, दक्षिणकाली नगरपालिका र फुटवेयर म्यानुफ्याक्चर्स एसोसियसनको सहकार्यमा दक्षिणकाली क्षेत्रमा ६ सय रोपनीभन्दा बढी जग्गामा फुटवेयर जोन बनाउने सहमती भएसंगै जग्गा खदिर बिक्रीमा सो संघभित्रका केही जिम्मेवार पदाधिकारीहरुले अबैधधन्दा नै चलाएसंगै विवादले उग्र रुप लिएको बताइएको छ । दक्षिणकाली फुटवेयर जोनमा पूर्वाधार निर्माण गर्न टेन्डर प्रक्रिया सुरु भएसंगै जग्गा… पुरा पढौ

हाल सम्म भेटिएनन गाँजा धनि

करीब २ सय ५८ केजी गाँजासहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको गाडीको सबारी चालकको खोजी कार्य जारी छ । हरिनगर गाउँपालिका– ५ नरकटियास्थित भुटाहा–घुस्की भित्री सडकमा नियन्त्रण्मा लिएको बिआर १ एके ६१०० नम्बरको भारतीय स्कारपियो गाडीको सवारी चालकको खोजी कार्य जारी राखिएको हो ।  सशस्त्र प्रहरीको सिमा सुरक्षा बल बसन्तपुरले जाँच गर्दा भारतीय स्कोपिरियोमा रहेका सबारी चालक सो गाडी रोक्ने वित्तिकै गाडी छोडेर भागे पछि खोजी कार्य जारी राखिएको हो । सशष्त्रका अनुसार उक्त गाडीमा १२ वटा बोराभित्र प्याक गरेर राखेको अवस्थामा… पुरा पढौ

वैदेशिक रोजगारीको सपना देखाउँदै एजेन्टकाे ठगीमा सर्वसाधारण

वैदेशिक रोजगारीमा गएर पैसा कमाउने सपना देख्ने गरेका कतिपय युवा युवती एजेन्टको ठगीमा पर्ने गरेका छन् । उनीहरू आधिकारिक म्यानपावरको सम्पर्कमा नआई घरघरमा पुग्ने एजेन्टको अनेकखाले प्रलोभनमा परेर ठगिने गरेका छन् ।  कतिपय युवा युवती एजेन्टको मार्फतबाट वैदेशिक रोजगारीको निम्ति विदेश पुगे पनि भने अनुसारको तलब र काम नपाएपछि अलपत्र पर्नु परेको अवस्था छ । केहीलाई भने एजेन्टले ‘आज विदेश उडाइदिन्छु भोलि उडाइदिन्छु’ भन्दै लाखौँ रकम कुम्ल्याएर बेपत्ता भएको पनि उदाहरण प्रशस्त छन् । पथरी शनिश्चरे–५ का जीतेन्द्र खत्रीले आफू… पुरा पढौ

माधव रेग्मीको कारण जलजलामा दुई घण्टाको यात्रा अब ४५ मिनेटमै सम्भब

जलजला गाउँपालिका-८ लस्तीदेखि वडा नम्बर ९ को बनौ जोड्ने सडक निर्माण भएपछि दुई घण्टाको यात्रा ४५ मिनेटमै पूरा गर्न सकिने भएको छ । सडक निर्माण भएसँगै बनौका बासिन्दालाई गाउँपालिकाको केन्द्र लामाखेत आवतजावतको दूरी घटेको हो । जलजला-९ बनौका वडाध्यक्ष गौबहादुर पुनले सर्पको गुँड भिरमा मार्ग खुलेसँगै बनौ र लस्ती सीधा सडक सञ्जालमा जोडिएको बताउनुभयो ।  “बनौदेखि पाङ-अर्मादी-मालढुङ्गा-लामाखेत जोड्ने ४० किलोमिटर घुमाउरो सडक पार गर्न दुई घण्टा लाग्थ्यो”, उहाँले भन्नुभयो, “२० किलोमिटर दूरीको बनौ-लस्ती-लामाखेत सडक ४५ मिनेटमा पार गर्न सकिने भएको… पुरा पढौ