समाचार

बसले मोटरसाइकललाई ठक्कर दिंदा एक युवकको मृत्यु

धरान–चतरा–हेटौंडा सडकखण्डस्थित हेटौंडा उपमहानगरपालिका–६ गौरीटारमा बसले मोटरसाइकललाई ठक्कर दिंदा एक युवकको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । हेटौंडा–१८ फुर्केचौरबाट हेटौडा बजार आउदै गरेको ना ४ ख ९००२ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको बा ९९ प २९८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार २ जना गम्भीर घाइते भई उपचारको लागि हेटौंडा अस्पताल लगिएकोमा हेटौंडा–१८ हर्नामाडीका २८ बर्षीय आशिष ढकालको मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । घटनामा सोही ठाउँका २९… पुरा पढौ

सशस्त्र प्रहरी जवान घुस सहित पक्राउ

जिल्ला नवलपरासी, (बर्दघाट सुस्ता पश्चिम) सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प, सेमरीमा कार्यरत सशस्त्र प्रहरी जवान मुख्तार देवानले महेशपुर सीमा नाकाबाट सामानहरु खरिद गरी ल्याउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज सशस्त्र प्रहरी जवान मुख्तार देवानलाई सेवाग्राहीबाट रु. ७,०००।– (सात हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतापपुर गाउँपालिका वडा नं. १ सिसहनियाबाट मिति २०७९।०८।०९ गते नियन्त्रणमा लिई थप… पुरा पढौ

कृषि ज्ञान केन्द्र, जुम्लाका ५ जना उपर भ्रष्टाचारको मुद्धा

जिल्ला मुगु, छायाँनाथ रारा नगरपालिका वडा नं. ४ स्थित गैराज्युला सिँचाई आयोजनामा गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कृषि ज्ञान केन्द्र जुम्लाका तत्कालीन प्रमुख (उपसचिव) डा. तपेन्द्र बहादुर शाह र सब-इन्जिनियर महेश बुढ्थापाले जिल्ला मुगु छायाँनाथ रारा नगरपालिका वडा नं. ४ बालैस्थित गैराज्युला कृषि सिँचाई आयोजनामा यथार्थ र वास्तविक नाँपजाच गरी कार्य मूल्याङ्‍कन गर्नुको साटो बद्‍नियत राखी नभए नगरेको कुरा देखाई योजनास्थलमा वास्तविक भएको कामभन्दा बढी रकम मूल्याङ्‍कन गरी झुठ्ठा बिल भरपाई, नापी किताब,… पुरा पढौ

उम्मेदवार र उनीहरुका प्रतिनिधिलाई गाउँ छिर्न रोक लगाउँदै नारावाजी

सर्लाहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने कौडेना गाउँपालिका ३ का बासिन्दाले उम्मेदवार र उनीहरुका प्रतिनिधिलाई गाउँ छिर्न रोक लगाएका छन् । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरि दलहरुले प्रचार प्रसार गर्न थालेपछि युवाहरुले उम्मेदवारलाई गाउँ छिर्न रोक लगाउँदै नारावाजी गरेका हुन । गाउँका युवाले हुलाकी राजमार्गमा ढाट राखेर र टायर बालेर प्रदर्शन गरेका छन् । हुलाकी राजमार्ग र गाउँको सडक नबनेको भन्दै आक्रोशित स्थानीय बासिन्दाले ‘नो रोड नो भोट’ लेखिएका प्ले कार्ड बोकेर… पुरा पढौ

संघीय सरकारमा १५ र प्रदेशमा ५ वटा मन्त्रालय राख्न सुझाव

राष्ट्रियसभाले गठन गरेको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले संघीय सरकारमा १५ र प्रदेशमा ५ वटा मन्त्रालय राख्न सुझाव दिएको छ । संघीयता विज्ञसमेत रहेका राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाको संयोजकत्वमा रहेको समितिले केन्द्रमा १५ र प्रदेशमा ५ मन्त्रालय मात्र राख्न सुझाव दिएको हो । समितिले बुधबार राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालाई बुझाएको प्रतिवेदनमा भनिएको छ, ‘प्रदेश मन्त्रालय र मन्त्रीको संख्याको बढोत्तरीका कारण प्रशासनिक खर्चमा भएको वृद्धि लगायतका कारण आम जनतामा संघीयताप्रतिको विश्वासमा कमी आएको र व्यवस्थाप्रति नै नकारात्मक धारणा… पुरा पढौ

सरकारले सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित कानुनहरू संशोधन गर्न अध्यादेश ल्याउँदै

सरकारले सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश राष्ट्रपति कार्यालयमा पठाएको छ । गतसाता नै सरकारले मन्त्रिपरिषदबाट निर्णय गरी पठाएको अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको हो । १९ मंसिरदेखि सम्पत्ति शुद्धीकरणमा नेपालको प्रयासबारे बुझ्न अन्तर्राष्ट्रिय पर्यवेक्षकको टोली अनसाइट भिजिटमा आउँदैछन् । यस्तो बेलामा राष्ट्रपति विद्यादेवी भण्डारीले यो अध्यादेश अनुमोदन गर्न ढिलाइ गर्न नहुने अधिकारीहरु बताउँछन् । सरकारले १८ भदौं २०७९ मा सम्पत्ति शुद्धीकरणको विषयवस्तु आकषिर्त हुने केही नेपाल ऐन संशोधनका लागि प्रतिनिनिधिसभामा विधेयक दर्ता गरेको थियो ।… पुरा पढौ

सन्दिप पक्षका वकिल बहसको क्रममा पीडितको उमेरमै केन्द्रित

राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध लागेको बलात्कार अभियोगमा अहिले जिल्ला अदालत, काठमाडौंमा थुनछेक बहस चलिरहेको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले दर्ता गरेको अभियोगपत्रमाथि मंगलबरदेखि सन्दीप पक्षका कानुन व्यवसायीले बहस गरिरहेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलले लामिछानेले नाबालिगलाई बलात्कार गरेको पुष्टि भएको जिकिर गर्दै १० देखि १२ वर्ष जेल सजाय हुनपर्ने मागदाबी प्रस्तुत गरेको थियो । तर सन्दीप पक्षका वकिलहरु लामिछानेविरुद्ध लागेको अभियोगको जवाफ दिनभन्दा पनि पीडितको उमेरमाथि प्रश्न गर्न केन्द्रित… पुरा पढौ

१३ वर्षीय बालकको स्कुल बसको झ्याल बाट टाउको निकाल्दा रुखमा ठोकिएर मृत्यु

काठमाडौंको लाजिम्पाटमा बसको झ्यालबाट टाउको निकाल्दा रूखमा ठोक्किएर एक बालकको मृत्यु भएको छ। बुधबार दिउँसो साढे ३ बजे बेस्ट इलिमेन्टरी मन्टेश्वरी स्कुलका १३ वर्षीय बालकले बा १ क ४६४२ नम्बरको बसको झ्यालबाट टाउको निकाल्दा रूखमा ठोक्किएर घाइते भएका थिए। प्रहरीका अनुसार गाडी विद्यालयबाट निस्किने बेलामा दुर्घटना भएको थियो। ती बालक बसको पछाडिको सिटमा बसेका थिए। उनी ५ कक्षामा अध्ययरत थिए। घटनापछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो। त्यहाँ उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज… पुरा पढौ

धौलागिरी हिमाल पोलिक्लिनिक, बसुन्धराका संचालक पौडेल उपर गलत प्रतिवेदन सम्बन्धी मुद्धा दर्ता

कोभिड १९ को परीक्षण नगरीकन नक्कली रिपोर्ट दिएको तथा त्रि.वि. शिक्षण अस्पतालको लोगो तथा सम्बन्धित व्यक्तिको हस्ताक्षर अनाधिकृत रुपमा प्रयोग गरी सरकारी कागजातको दुरुपयोग गरेको भन्ने समेत व्यहोराको उजुरीमा भ्रष्टाचार (गलत प्रतिवेदन) मुद्दा सम्मानित विशेष अदालतमा दर्ता भएको र धौलागिरी हिमाल पोलिक्लिनिक, बसुन्धराका संचालक नारायण प्रसाद पौडेललाई सरकारी साक्षीका रुपमा पेश गरिएकोमा उक्त मुद्दाको वकपत्रका क्रममा नारायण प्रसाद पौडेलले अदालतसमक्ष प्रतिकूल बकपत्र गरेको सम्बन्धमा अनुसन्धान हुँदा विशेष अदालत, काठमाडौंमा दर्ता भएको प्रतिवादी विनोद कुमार यादव भएको भ्रष्टाचार (गलत प्रतिवेदन) मुद्दामा… पुरा पढौ

घुससहित प्रहरी वरिष्ठ नायव निरीक्षक पक्राउ

धनुषाको सीमा प्रहरी कार्यालय जटहीका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक देवकीलाल चौधरी घुससहित पक्राउ परेका छन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको हो। आयोगको टोलीले चौधरीलाई चार हजार रूपैयाँ घुससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। नगराईन नगरपालिका वडा नम्बर २ जटहीस्थित विनायक इन्टर प्राईजेज मदिरा पसलबाट आयोगको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पुरा पढौ