समाचार

सार्वजनिक पदका व्यक्ति राजनीतिक दलको सदस्यका लागि अयोग्य

निर्वाचन आयोगले सरकारी कर्मचारी वा सार्वजनिक पदमा रहेको व्यक्ति नेपालको संविधान र कानुनबमोजिम राजनीतिक दलको सदस्य हुन अयोग्य हुने जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार एक विज्ञप्ति जारी गरी नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्ति तथा कुनै सार्वजनिक पद धारण गरेको कारणबाट संविधान तथा कानुनबमोजिम राजनीतिक दलको सदस्य हुन अयोग्य रहेको व्यक्ति कुनै राजनीतिक दलको सदस्य हुन नसक्ने स्पष्ट पारेका हुन् । आयोगले… पुरा पढौ

धार्मिक हस्तक्षेप भएको भन्दै छानविन गर्न निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले थारु बस्तीमा धार्मिक हस्तक्षेप गरेको भन्ने जनगुनासो आएको विषयमा अनुसन्धान गर्न थारु आयोगलाई निर्देशन दिएको छ । सिंहदरबारमा बसेको समिति बैठकले थारु समूदायको धर्म परिवर्तन गर्ने उद्देश्यले धर्मको प्रचार गरेको, धार्मिक रुपमा समूहकृत गर्ने गरेको र थारु भाषा लिपी संहिताकृत गर्ने नाममा थारु वस्तीमा गलत नियमले धार्मिक हस्तक्षेप गरेको भन्ने जनगुनासो आएको भन्दै यस विषयमा संवेदनशील भई कार्य सम्पादन गर्न र तत्काल अनुसन्धान सुरु गर्न थारु आयोगलाई निर्देशन दिएको हो । बैठकले थारु समूदायको… पुरा पढौ

डिशहोमको सम्पूर्ण सेवाहरु अनलाइन

डिशहोमको सम्पूर्ण सेवाहरु अव अनलाइनबाटै गर्न सकिने भएको छ । डिशहोमले प्रदान गर्ने हरेक सेवाहरु फाइबरनेट, डीटीएच र फाइबरनेट+डीटीएच कोम्बो अव नेपालमा उपलव्ध अनलाइन सेवा मार्फत गर्न सकिने भएको हो । अब आईएमई पे, ई–सेवा, खल्ती र प्रभु पे मार्फत माथिउल्लेखित सेवाहरु सजिलै अनलाइनबाटै रिचार्ज गर्न सकिने भएको छ । रिचार्ज गर्ने क्रममा अफूले कुन सेवा लिएको हो त्यसलाई राम्रोसँग बुझेर मात्र रिचार्ज गर्नुपर्ने हुन्छ । जस्तै : डिशहोम डीटीएच मात्र प्रयोग गरेको छ भने, टीभी सेगमेन्टमा गएर डिशहोममा क्लिक गरेर… पुरा पढौ

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जरिवाना बापत ५ करोड संकलन

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले गत आर्थिक वर्षमा झण्डै पाँच करोड रुपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षमा राजस्वस्वरुप चार करोड ९६ लाख ५३ हजार रुपैयाँ संकलन भएको विभागले जनाएको छ । यस्तै गत आर्थिक वर्षमा विभागले जरिवानाबापत ४६ लाख ४८ हजार रुपैयाँ संकलन गरेको छ । मुलुकको उद्योग, प्रतिष्ठान, व्यापार, व्यवसाय र सेवाको क्षेत्रमा श्रमिकहरुको लागि सुरक्षित, मर्यादित र स्वास्थ्य कार्य वातावरण सिर्जना गर्ने काम नगराउँदा जरिवाना तिराउने गरेको छ । उद्योग, प्रतिष्ठान, व्यापार सेवालगायतको क्षेत्रमा श्रम कानुनको बर्खिलाप क्रियाकलाप हुँदा… पुरा पढौ

भगवती पूजाका लागि बाजुरा तर्फ जुम्लाको सरकारी टोली

जुम्लाको सरकारी टोली भगवती पूजाका लागि बाजुरा तर्फ प्रस्थान गरेको छ । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लास्थित बडिमालीका भगवती मन्दिरको पूजाआजाका लागि त्यसतर्फ जुम्लाको एक सरकारी टोली प्रस्थान गरेको हो । जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा एकराज गिरीको नेतृत्व तथा पुजारी विष्णुप्रसाद उपाध्याय सहित दर्जनौँ भक्तजनको टोली बडिमालिका प्रस्थान छ ।  हरेक वर्ष साउन शुक्लपूर्णिमा नाग पञ्चमीका दिन तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रूपमा बडिमालिकाको पूजा गर्ने प्रचलन अनुसार मङ्गलवार जुम्लाको टोली बडिमालिका गएको जुम्लाका संस्कृतबिद रमानन्द आचार्यले बताउनुभयो… पुरा पढौ

४ हजार रोपनी सरकारी जमिनको संरक्षणमा नगरपालिका

वराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ श्रीलङ्का टप्पु स्थित गरैयामा रहेको सरकारी जमिनको संरक्षणमा नगरपालिका लागि परेको छ । खुल्ला रुपमा रहेको करिब ४ हजार रोपनी सरकारी जमिनमा अतिक्रमण हुन थालेपछि जमिन संरक्षणमा नगरपालिका लागि परेको हो । नगर प्रमुख कार्की, उप– प्रमुख नन्दकुमारी राई, वडा नं ६ का वडाध्यक्ष उद्धवप्रसाद पोख्रेल सहितको टोलीले जमिन निरीक्षण समेत गरेको छ । खुल्ला पटेर घारी सरकारी जमिनलाई केही स्थानीयसँगै उदयपुर, सप्तरी, सिरहा लगायतका मानिस आएर अतिक्रमण गरी भोग चलन गर्ने थालेपछि… पुरा पढौ

मानव बेचबिखन मुद्दाका फरार व्यक्ति पक्राउ

मानव बेचबिखन मुद्दामा फरार आरोपी १२ वर्षपछि समातिएका छन् । धनुषाको जनकपुर उपमहानगरपालिका–४ स्थित भैरव चोकबाट उक्त मुद्दामा फरार रहँदै आएका विनोद सहनीलाई प्रहरीले हिजो नियन्त्रणमा लिएको हो । महोत्तरीका सहनीले एउटी युवतीलाई भारत लगेर बेचेका थिए । उनीविरुद्ध परेको मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला प्रहरी कार्यालय धनुषाबाट अनुसन्धान भइरहेको अवस्थामा २०६७ साउन १२ गतेदेखि फरार भएका हुन् । आइतबार पक्राउ परेका सहनीलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पुरा पढौ

प्याराग्लाईडिङ्ग वाला संग घुस लिएका उप-सचिव प्रमोद नेपाल २२ लाख रकम सहित पक्राउ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालय, नागरिक उड्‌डयन महाशाखाका उप-सचिव प्रमोद नेपालले प्याराग्लाईडिङ्ग सञ्चालनको लागि अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग रु.६,००,०००।– घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज उप-सचिव प्रमोद नेपाललाई सेवाग्राहीसँग रु.६,००,०००।– (छ लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त घुस रकमसहित काठमाडौं महानगरपालिका, वडा नं. १ मनकामना मार्ग स्थित Hotel Aranya को कम्पाउण्डबाट नियन्त्रणमा लिई निजले प्रयोग गरेको गाडी खानतलासी गर्ने क्रममा श्रोत नखुलेको थप… पुरा पढौ

नशालु पदार्थ मिसाइ बेहोस बनाइ लुटपाट गर्ने पक्राउ

कञ्चनपुरको भीमदत्त नगरपालिका-३ सुभप्रभात टोलका सन्तोष पाण्डेयको घरका पाँच जनालाई  ‘वर्थ डे केक’मा नशालु पदार्थ मिसाइ बेहोस बनाइ लुटपाट गर्ने कार्यमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा सन्नी भनिने सेरा जाट र साहिल शर्मा छन् ।  विसं २०७८ माघ २१ गते पाण्डेयको घरमा कोठा भाडामा लिएर बस्दै आएका दुवै जनाले आफ्नो ‘वर्थ डे’ भएको जनाउँदै पाण्डेय परिवारलाई केकमा नशालु पदार्थ मिसाइ खान दिएका थिए ।… पुरा पढौ