समाचार

नागरिक हक भर्सेज प्रेस र सूचनाको हक

नेपालमा सञ्चार माध्यमहरुको तीव्र विकास भइरहेको छ । अबको युग छापाखानाका सञ्चार माध्यमहरु क्रमशः खुम्चने र विद्युतीय सञ्चार माध्यमहरु फैलदै जाने युग नै हो । त्यसमा पनि अनलाइनमा उपलब्ध सञ्चार माध्यमहरुको तीव्र विकासले पुराना सञ्चार माध्यमलाई विस्थापित गर्दै जाने स्वभाविक विश्वव्यापी चक्रबाट हामि पनि गुज्रदै छौं । नयाँ योजना, आकांक्षा र चाहाना लिएर जन्मन लागेको यो अनलाइन पत्रिकाको उन्नत भविष्यको कामना गर्दछु । आशा छ यो कुनै भिडमा हराउने छैन र सञ्चार जगतमा अलगधारको नेतृत्व गर्न सफल हुनेछ । विषय… पुरा पढौ

सूचनाको हक कार्यान्वयनमा स्थानीय तहको भूमिका

पृष्ठभूमिः सूचनाको हक लोकतन्त्रको जग हो। सूचनाको हक र लोकतन्त्रबीच माछा र पानीको सम्बन्ध छ भन्ने हामीले सुनेका छौ। राष्ट्रिय सूचना आयोगको पछिल्लो प्रतिवेदन अनुसार विभिन्न निकायहरूले सूचना उपलब्ध नगराएको भनी उक्त आयोगमा जम्मा ११७६ वटा उजुरीहरू परेका छन् भने त्यस मध्ये सबैभन्दा बढी प्रशासन र सञ्चार क्षेत्रमा जम्मा ८४६ वटा उजुरीहरू छन्। हालको दिनमा सूचनाको हक भ्रष्टाचार निवारण र सदाचार कायम गर्ने विषयसङ जोडिएर हेर्ने गरिन्छ। जनमत बमोजिम नेपालको संविधान, २०७२ जारी भएपछि राज्यले कोल्टे फेरेकै हो। साबिकको राजनीतिक,… पुरा पढौ

सूचनाको हक : प्रावधान र नजीरहरू

लोकतन्त्रमा सरकार सधैँ जनताप्रति उत्तरदायी हुनुपर्छ । लोकतान्त्रिक शासन व्यवस्थामा सरकारी निकायहरूका काम कारबाही पारदर्शी र जवाफदेही बनाउन नागरिकलाई सूचनाको हकको पहुँच ग्यारेन्टी गरिएको हुन्छ । नागरिकस्तरबाट सार्वजनिक निकायहरुको निगरानी रहने, निर्णय प्रक्रियामा सहहभागिता वृद्धि हुने र भ्रष्टाचार हुनबाट रोक्न सकिने मान्यताका साथ नागरिकलाई सूचनाको हक प्रदान गरिएको हुन्छ । त्यसैले नागरिकले सार्वजनिक निकायमा रहेका सूचनाहरू माग गर्ने, प्राप्त गर्ने, थाहा पाउने र सुसुचित हुने अधिकारलाई संविधानले मौलिक हकको रुपमा समावेश गरेको छ । नेपालमा संवैधानिक हकको रुपमा ग्यारेन्टी भएको… पुरा पढौ

के डेंगु सर्छ ?

प्रत्येक डेंगु सङ्क्रमितसँग लक्षणको अलावा म एउटा अर्को प्रश्न गर्ने गर्दछु – घरमा अरू सङ्क्रमित भइसके ? अनि बिरामीबाट तत्काल प्रतिक्रिया आउँछ, ‘के डेंगु सर्छ डा‘साब ?’  दुई वर्ष भन्दा बढी हामी कोभिडको समस्यासँग जुध्दै आइपुग्दा ‘कोभिड ह्यङ’ अझै गइसकेको छैन । अझै पनि धेरै नेपाली डेंगु भाइरस कोभिड जस्तै नजिकै बस्दा सर्छ कि भन्ने प्रभाव परेको देखिन्छ । एक महिलाले लेखकलाई आफूलाई एक आफन्तले भेटेको र त्यसको भोलिपल्ट आफूलाई अचानक ज्वरो आएको र पछि बुझ्दा सो आफन्त ज्वरो आएर… पुरा पढौ

तिहार, छठमा प्लास्टिकजन्य फूलगुच्छा र माला बिक्री गरे १ लाखसम्म जरिवाना तिर्नुपर्ने

सरकारले प्लास्टिकबाट बनेका फूलगुच्छा, मालालगायत उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा प्रतिवन्ध लगाएको छ। प्लास्टिकजन्य फूलगुच्छा बिक्री वितरण गरेको पाइएमा १ लाखसम्म जरिवाना लगाइने पनि वन तथा वातावरण मन्त्रालयले चेतावनी दिएको छ। गत साउन १२ गते नेपाल राजपत्रमा सूचना निकालेर सोही मितिदेखि प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण पूर्ण रूपमा रोक लगाउने निर्णय भएको मन्त्रालयले आज जारी गरेको सूचनामा उल्लेख छ। तिहार र छठजस्ता चाडपर्वहरूमा यस्ता प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न र सरकारको निर्णयविपरीत कसैले प्रयोग… पुरा पढौ

स्रोत नखुलेको २० लाखसहित धनुषाबाट पक्राउ परे २ युवा

स्रोत नखुलेको २० लाख रूपैयाँसहित धनुषाबाट २ जना युवालाई प्रहरीले पक्राउ गरेको छ। सुनसरीको इनरूवा नगरपालिका ६ का २२ वर्षीय आशिष कामद र २७ वर्षीय बजरंगप्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार गए राति प्र–०१–०२–०४६ प.५६३१ नम्बरको मोटरसाइकलमा सवार युवामाथि धनुषाको सबैला नगरपालिका १२ रघुनाथपुरस्थित नहरचोकमा चेकजाँच गर्ने क्रममा कालो रंगको झोलाभित्र उक्त रकम बरामद भएको थियो। इलाका प्रहरी कार्यालय सबैलाबाट खटेको प्रहरी टोलीले दुवै जनालाई नगदसहित नियन्त्रणमा लिएको हो। उनीहरूलाई थप अनुसन्धान… पुरा पढौ

नियमबिपरित व्यक्तिलाई जग्गा उपलब्ध गराउनेहरु अख्तियारको फन्दामा

तत्कालीन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानूनी तवरले लिज तथा बिक्री गरी सरकारी सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ को दफा ५ वमोजिम र बोर्ड बैठकको निर्णय वमोजिम उपलब्ध गराउनु पर्नेमा अध्यक्षहरुको एकल तोक आदेशको आधारमा बोर्डको निर्णय नै नभएका तथा निर्णयमा उल्लेख नै नभएका व्यक्तिहरु समेतलाई जग्गा उपलब्ध गराएको देखिएकोले… पुरा पढौ

नवराज सत्याल २८ लाख घुस सहित पक्राउ

खानेपानी तथा सरसफाई डिभिजन नं. ४, वागमती, प्रदेश, मन्थली रामेछापका इन्जिनियर (आठौं तह) नवराज सत्याल र करारमा कार्यरत पलम्बर बखत बहादुर थापाले खानेपानी सम्बन्धी कामको भुक्तानी वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज इन्जिनियर नवराज सत्याल र करार पलम्बर बखत बहादुर थापालाई सेवाग्राहीबाट रु.१६,००,०००।–(सोह्र लाख रुपैयाँ) नगद र १२,००,०००।– (बाह्र लाख रुपैयाँ) को चेक लिइसकेको अवस्थामा उक्त रकम र चेकसहित मन्थली १, स्थित इन्जिनियरको निवासबाट मिति २०७९।०७।०२ गते… पुरा पढौ