समाचार

फ्रान्सेली कम्पनी आइडिइमिया र नेपाली कम्पनी डेल्टा कोरले ‘ठगी’ गरेको पुष्टि

मदन ढुंगाना सरकारले २०७८ मङ्सिर १ गतेबाट सुरु गरेको विद्युतीय राहदानी अर्थात् ई–पासपोर्टको छपाई तथा नाम दर्तामा पटक–पटक समस्या देखिने गरेको छ ।  पछिल्लो समय पुस १७ गतेदेखि विद्युतीय राहदानी तयार पार्ने सफ्टवेयरमा समस्या आएपछि आवेदन लिने कामसमेत बन्द गरिएको छ । सिस्टममा समस्या आएपछि पुस १९ गते राहदानी विभागले सूचना नै निकालेर समयमै पासपोर्ट वितरण गर्न नसकिने बताएको थियो ।  सञ्चारमाध्यममा अनिश्चितकालका लागि राहदानी सेवा अवरुद्ध भन्दै समाचार आएपछि विभागले सोही दिन साँझ डाटा भ्यालिडेसनमा समस्या भएको कारण समयमै… पुरा पढौ

४१ बर्षे दिलिप पेस्तोल सहित पक्राउ

जनकपुरबाट हतियारसहित मिटरब्याजी दिलिप शाह पक्राउ परेका छन् पक्राउ पर्ने शाह जनकपुरधाम उपमहानगरपालिका–१ निबासी हुन् । उनको घरबाट प्रहरीले एकथान कटुवा पेस्तोल, ३०३ राइफलमा लाग्ने गोली ४ थान, म्यागनममा लाग्ने गोली १ थान र म्यागनमको खोका १ थानसहित मिटरब्याज सम्बन्धित कागजात बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले साहको घर तथा पसल खानतलासी गरेको थियो । हतियारका साथै दिलिप र उनकी श्रीमती ममता देवी साहको नाममा रहेको राजीनामा फारम सहितको जग्गा धनीपुर्जा ३९ थान, दिलिपको नाममा… पुरा पढौ

महानगरका सबै वडाबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु

काठमाडौँ महानगरपालिकाले सेवा विस्तार गर्दै  ३२ वटै वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु गरेको छ । यही माघ १५ मा कामपाले नौवटा वडाहरु २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ बाट प्रारम्भ गरेको सेवा अहिले ३२ वटै वडा कार्यालयमा विस्तार गरेको हो ।   यही माघ १० देखि सबै वडाबाट परिचयपत्र वितरण गर्ने  भनिए पनि प्राविधिक काम बाँकी रहेपछि पञ्जिकरण विभागसँग छलफल गरी सोमबार देखि सेवा सुरु गरिएको कामपाको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । नागरिकले आफूलाई पायक पर्ने वडा कार्यालयमा गई… पुरा पढौ

अवैध संरचना हटाउँदै नारायण नगरपालिका

नारायण नगरपालिकाले नगर क्षेत्रभित्र रहेका अवैध संरचना हटाउँदै मुख्य सडक व्यवस्थित बनाउने अभियान सुरु गरेको छ । सार्वजनिक जग्गामा निर्माण गरिएका संरचनाहरू हटाउँदै व्यवस्थित पुनः निर्माण अभियान थालेको हो । नगरभित्रका सडक चौडा गर्ने, नाली व्यवस्थापन गर्ने तथा सडक पेटी भत्काउन सुरु गरिएको नगरपालिका प्रमुख लोमन शर्माले बताए । उनका अनुसार मालपोत कार्यालयदेखि नारायण मन्दिरसम्मको सडक स्तरोन्नतिका लागि पूर्वाधार विकास कार्यालयले एक करोड रकम छुट्टाएको छ । ‘सदरमुकामको बीच सडकलाई स्तरोन्नति गर्न नगरपालिकाले विभिन्न चरणमा दुई करोड ६० लाख छुट्टाएर… पुरा पढौ

कामना सेवा विकास बैंकका सीईओसहित ४ जना थुनामुक्त

चलनचल्तीको मूल्यभन्दा उच्च धितो राखेर बढी ऋण प्रवाह गरेको आरोेपमा पक्राउ परेका कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेतसहित चार जना छुटेका छन् । इलाका प्रहरी कार्यालय, दमकका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलिप गिरीका अनुसार बस्नेतसहित तत्कालीन शाखाका रिस्क प्रमुख वीरेन्द्र सिंह भण्डारी, ऋणि हरेन्द्र दाहाल र चन्द्रबहादुर थापालाई हाजिरी जमानतमा छाडिएको हो । ‘आवश्यक परेका बेला फेरि उपस्थित हुने गरी हाजिरी जमानीमा छाडेका छौं’, गिरीले अनलाइनखबरसँग भने, ‘यसमा जोडिएका अझै ११ जना फरार छन् ।’ कमसल धितोमा… पुरा पढौ

बरहथवामा किन पुगेन मन्त्रीको आँखा

बरहथवा नगरपालिका–११ का करिब पाँच सय परिवार दुई महिनादेखि अन्धकारमा बस्न बाध्य भएका छन् । बरहथवा–११ का बासिन्दा मङ्सिरदेखि अन्धकारमा बस्न बाध्य भएका हुन् । यहाँस्थित विशेश्वरनाथ सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्थामार्फत २०६७ सालदेखि बिजुली बाल्दै आएका आफूहरु गएको मङ्सिर २७ गतेदेखि अन्धकारमा बस्न बाध्य भएको स्थानीयवासीको गुनासो छ । तर यहा कुनै मन्त्रीको ध्यान जान सकेको छैन ल l आखिर मंत्री र नागरिक समस्या बीच किन यत्रो खाडल भैरहेको छ ? सहकारी संस्थाले बिजुलीको बक्यौता रकम चुक्ता नगरेको भन्दै… पुरा पढौ

मृत्यु भइसकेका १ सय ९९ जनालाई पुनः जिवित पार्न लिक्विङ नाइट्रोजनको सहारा

अमेरिकाको एरिजोनास्थित स्कट्सडेलमा केही मानिसका लागि समय र मृत्यु रोकिएको छ किनभने उनीहरुको शरीर र दिमागलाई तरल नाइट्रोजनमा राखिएको छ । भविष्यमा पुनः जिउँदो बनाउने उद्देश्य राखिएको छ । यो प्रोजेक्ट अलकोर लाइफ एक्सटेन्सन फाउन्डेसनले ल्याएको हो । अलकोर फाउन्डेशनका मुख्य कार्यकारी अधिकारी म्याक्स मोरले यो प्रोजेक्टको उद्देश्य अरु नै केही भएको बताएका छन् । उनले भने, ‘यो पुनः जिउँदो हुनका लागि मात्रै होइन । अहिले जुन रोगको उपचार छैन, त्यो रोगको उपचार गराउनका लागि आफूलाई भविष्यमा फिर्ता ल्याउनेछन् ।… पुरा पढौ

विमानस्थलमा नौ किलो सुनसहित क्यानेडियन नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम काँचो सुनसहित एक यात्रुलाई विमानस्थल भन्सारले नियन्त्रणमा लिएको छ।  दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा गएरति १२:१० बजे काठमाडौं यात्रुलाई विमानस्थल भन्सारले सुनसहित नियन्त्रणमा लिएको हो।  पक्राउ पर्नेमा क्यानडाको पासपोर्ट बोकेका ३५ वर्षिय मोहमद कमल महगौब छन्।  महगौब पहिलो पटक नेपाल आएका व्यक्ति हुन्।   उनीबारे थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ।  पुरा पढौ